राष्ट्रिय समाचार

गीतकार अर्याल जसले जनजिब्रोमा स्थापित गरिदिए औषधीय गुणको मरौटीलाई

भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । नेत्र अर्यालले शब्दमा गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै ५०… पुरा पढौ

नेपाली मूलका बालबालिकालाई नेपालमा अध्ययन गर्न भिषा प्रक्रिया सहज बनाउन शिक्षामन्त्रीले सहयोग गर्ने

थाइल्याण्ड म्यानमार लगायत विदेशीमुलुकमा रहेका नेपाली मूलका नेपाली भाषी बालवालिकाहरुलाई नेपालमा अध्ययनको लागि भिषा प्रक्रियामा सहज गराउन आफूले सहयोग गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन ।गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शिक्षामन्त्री पौडेलसँगको भेटमा मन्त्री पौडेलले आफु थाइनिवासी नेपाली मुलका बाल बालिकाको नेपालमा अध्ययन अध्यापनको लागि समस्या समाधानप्रति सरकारले गर्न सक्ने सबैखाले सहयोगको लागि तयार रहेको बताएका छन ।थाइल्याण्ड र म्यनमार लगायतका मुलुकमा लाखौं नेपाली मूलका नेपाली समुदाय रहेकोले हरेक बर्ष… पुरा पढौ

माटोको सुगन्धले लोभ्यायो, त्यसैले जापानको सुखसयल छोडेर घरदेश फर्केको हु- डा. सुन्दर पौडेल

कपाल हिउँ परेजस्तै सेताम्य, मुहार सौम्य, मधुर बोलीबचन तर मितव्ययी शब्द चयनका प्राज्ञिक व्यक्तित्व । उनी हुन् सुन्दर नगरी पोखराको फेवाताल छेउका डा.सुन्दर पौडेल । सेतो कपालले प्रौढताको सङ्केत गर्दैछ, उमेरको ग्राफमा ४५ कटे पनि जाँगर युवाको जस्तो छ । गम्भीर सवालजवाफमा उनी उम्दा छन् । उनका भावना र विचारहरू समाजका लागि हितकारी छ । आफ्नो समाज, समुदाय र देशलाई केही गरौं भन्ने हुट्हुटी उनमा छ । आफ्ना परिकल्पनाहरूलाई उनी डायरीमा स्केच गरिरहन्छन् । माछापुच्छ«े हिमाल र फेवाताल हेरेर बैदाममा… पुरा पढौ

अक्टोबर २३ र २४ मा जापानको व्यस्त रेल सेवाको यामानोते लाईन बन्द हुने

जापानको टोकियोमा चल्ने अलि व्यस्त रेल मध्यको जेआर यामानोते लाइन अक्टोबर २३ र २४ आंशिक रूपमा दिनभर बन्द हुने भएको छ ।टोकियोको केन्द्र वरिपरी चल्ने जेआर यामानोते लाइनको सिबुया स्टेशनमा ट्र्याकमा स्विचिंग काम गरिनुपर्ने भएकोले दुइ दिनको लागि दिन भर बन्द रहने बताईएको छ।रेल सेवा बन्दका कारण प्रभावित हुनेमुख्य क्षेत्रहरूमा शिबुया स्टेशन सहित, यामानोटे लाइनको इकेबुकुरो स्टेशनदेखि ओसाकी स्टेशनको भित्री भागको पास रहने छन भने अन्य भागहरूमा र त्यस बाहिरी क्षेत्रमा चल्ने रेलहरुको सेवा पनि घटाइनेछ ।भिडभाडबाट बच्नको लागि पूर्वी… पुरा पढौ

म्याग्दी प्रवासी नेपाली मंच (मोना) को अन्तराष्ट्रिय कार्यसमितिमा जापानबाट वरिष्ठ उपाध्यक्षमा खड्का सहित चार जना निर्वाचित

म्याग्दी प्रवासी नेपाली मंच (मोना) को अन्तराष्ट्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जापानमा रहेर लामो समयदेखि ब्यावसाय र समाज सेवामा क्रियाशील गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सदस्य ददिवल खड्का निर्वाचित भएका छन ।बिहिबार म्याग्दीको बेनीमा सम्पन्न मोनाको चौथो अधिवेशनबाट आगामी कार्यकाल २०२१-२०२३ को लागि म्याग्दीको घार हालको अन्नपूर्ण गाउपालिकामा जन्मिएर तीन दशकदेखि जापानमा कार्यरत खड्का सो पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।वरिष्ठ उपाध्यक्षमा निर्वाचित खड्काले सामाजिक सेवाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो पदमा निर्वाचित हुन पाएकोमा… पुरा पढौ

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित गलकोटका युवक पक्राउ

प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन रहेको आदर्शसंचारले आफ्नो समाचारमा लेखकों छ । बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो । त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीसँग घरमा ५० लाख… पुरा पढौ

जापानमा हुने क्रिकेटको एम्बेसी कप प्रतियोगितामा नेपाली टिमको सशक्त उपस्थिति रहने

जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाली क्रिकेट टिमले आफ्नो टिम घोषणा गरिएको छ । अक्टोबर ३० र  ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट १६ जना खेलाडी सहभागी हुन लागेको टोकियो राइनो क्रिकेट क्लबका अध्यक्ष विनम्र खत्रीले जानकारी दिए । एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट आवश्यक तयारी सँगै अजय ठाकुरको कप्तानीमा प्रतियोगितामा सहभगिता जनाउन लागेको टिम म्यानेजर नेत्र रोकाले बताए ।   सो प्रतियोगितामा नेपाल… पुरा पढौ

टोकियो र ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने

जापानको टोकियो र ओसाका क्षेत्र वरपरका छ प्रान्तहरु कोरोना संक्रमितको संख्यामा लगातार गिरावट आएकोले अर्को हप्तादेखि रेष्टुरेण्ट तथा भोजनालयमा कोभिड-१९ कोरोना संक्रमणको रोकथामका लागि लगाईदै आएको स्वास्थ्य सतर्कता प्रतिबन्ध हटाइने भएको छ ।कानागावा, चिबा,साइतामा, पश्चिमी जापानका ओसाका, क्योटो र ह्योगो छ प्रान्तहरुले अहिले रेष्टुरेन्टहरुलाई रक्सीको बिक्री वितरणमा क़ुनै प्रकारको समयसीमा राख्न र व्यापारिक समय घटाउन गरेको अनुरोधलाई २५ तारिख सोमबारबाट पूर्ण रुपमा हटाउने निर्णय गरेका छन्।चिबा र साइतामा प्रान्तहरुमा रेस्टुरेन्टहरुको उपयोग गर्ने मानिसहरुको संख्याको सम्बन्ध कुनै सिमा नराखिने तर कानागावा… पुरा पढौ

बाढी पहिरो प्रभावितको उद्दार र बसोबासको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावितको उद्दार र राहतमा खटिन आह्वान गरेका छन् । बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले प्रभावितको उद्दार, उपचार र राहत वितरणमा जुट्न पार्टीका नेता कार्यकर्ता तथा आम समुदायलाई आग्रह गरेका हुन् । उनले बाढीपहिरोमा फसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग विशेष अनुरोध गरेका छन् । उनले बाढी पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र… पुरा पढौ

आफ्नो घरमा पालेको बिरालोलाई पौडन बाध्य पारेको आरोपमा एक जापानी नागरिक पक्राउ

मध्य जापानको आइची प्रान्तको प्रहरीले बुधबार एक जना ५९ वर्षीय व्यक्तिलाई आफ्नो घरमा पालेको बिरालोलाई बाथटबमा पौडन बाध्य पारेको आरोपमा पक्राउ गरेको जनाएको छ।बेरोजगार रहेका मासातोसि होसोनोले बिरालोको छाउरालाई पानीमा तैरन बाध्य पारिएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आधारमा उनलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । १ मिनेट २९ सेकेण्डको सो भिडियोमा बिरालोको बच्चालाई बाथटपमा पौडिन बाध्य पारेको प्रश्ट रूपमा देखाइएको छ । बिरालाहरुलाई सामान्यतया पानी मन पर्दैन ।मासाटोशीले गत बर्ष जुन महिनामा गरेको सो कार्य जनावर संरक्षण… पुरा पढौ