राष्ट्रिय समाचार

एनआरएनए आइसिसी अब कामचलाउ मात्र, दुरगामी असर गर्ने कुनै निर्णय गर्न सक्दैन: अधिवक्ता पोखरेल

नेपालका एकजना वरिष्ठ कानूनविद, सुनिल पोखरेल, ले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति ( एनआरएनए आइसीसी) अब कामचलाउ बनेको र संस्था भित्रको विवाद समाधान गर्न संरक्षक परिषद सक्रिय हुनु पर्ने बताएका छन्। जीएनएनसंग कुरा गर्दै अधिवक्ता पोखरेलले आइसीसीको निर्वाचन २–२ वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था रहेको बताए। विधानको व्यवस्था हेर्नुभयो भने त्यसले महाधिवेशनको तिथिमिति पछाडि सार्ने कुरा गर्छ। त्यसले आइसीसी कार्यसमितिको म्याद बढाउने वा घटाउने कुरो गर्दैन। तर स्वाभाविकरुपमा महाधिवेशनको मिति सर्नेबित्तिकै त्यो कार्यसमितिको २ वर्षको पदावधि पूरा भइसकेको हुनाले त्यो कार्यसमिति… पुरा पढौ

रेड पाण्डाको छाला सहित काठमाण्डौबाट पाँच जना पक्राउ

दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित पाँच जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाको बिशेष अनुसन्धान टोलीले पक्राउ गरेको छ । काठमाण्डौ चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको भन्ने बिशेष सूचनाको आधारमा आइतबार ती पाँच जनालाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । पक्राऊ पर्नेमा काभ्रे ज़िल्ला रोशी गाउपालिका वडा नम्बर घर भई हाल काठमाण्डौ बस्ने २६ वर्षिय युवक लामा, नुवाकोट ज़िल्ला पन्चकन्या गाऊँपालिका वडा नम्बर ४ घर भै हाल… पुरा पढौ

नेपाली साझा समाज जापान मार्फत गुन्माकेनमा नेपालीको दुःखको सारथी बन्दै बुद्दी शेरचन

विभिन्न कारणले जापानमा रहदा वैधानिक रूपमा भिषा लगायतको समस्यामा नेपालीहरुको संख्या बढ्दै जान थाल्यो, परदेशको ठाउ काम नगरी हातमुख जोड़न त गारो हुने छदै छ त्यसमाथि पारिवारिक दायित्व समेत रहेपनि सोचे जस्तो नहुनु र अझै बिरामी हुदा भाषा लगायतका समस्यालाई उनले नजिकबाट देखिरहेका थिए । यस्ता समस्यामा परेकाहरुलाई आफूले सक्दो सहयोग समेत गर्दै आइरहेका थिए उनले । तर सोचेजस्तो साथ र सहयोग पुर्याऊन नसकेको आफूलाई लागिरहेको थियो र सोचिरहेका थिए कि नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ । यस्तै सोच र… पुरा पढौ

गुल्मेली समाज जापानको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा महेन्द्रकुमार अधिकारी निर्वाचित

गुल्मी ज़िल्लामा जन्म भै जापानमा विभिन्न पेशा व्यावसाय, अध्ययन र रोजगारीको शिलाशिलामा जापानमा रहेका गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरुलाई संगठित गर्दै एक आपसमा पारस्परिक सम्बन्ध, सद्भाव, सहयोग प्रदान गर्ने उदेश्यले गठित गुल्मेली समाज जापानको चौंथो अधिवेशन आईतबार टोकियोमा सम्पन्न भएको छ ।समाजको चौंथो अधिवेशनबाट अध्यक्षमा महेन्द्रकुमार अधिकारीलाई सर्वसहमत निर्वाचित गरेको छ । गुल्मेली समाज जापानको चौंथो अधिवेशनले २५ सदस्यीय समिति चयन गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा दयाराम खराल, उपाध्यक्षहरुमा रामु ढकाल, बावुराम खरेल, टीकाराम खरेल, पर्शुराम… पुरा पढौ

एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु,विधि पद्धति अनुसार संघलाई संचालन गर्नुपर्नेमा वक्ताहरुको जोड

दुई तिहाइ बढी अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु भएको छ । झन्डै ८० प्रतिशत अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु भएको हो ।आइतबार भर्चुएल माध्यमबाट आयोजना गरिएको गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मंत्री महतले एनआरएनएले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात गर्न आग्रह गरे । “विधि र पद्धति अनुसार एनआरएनए चलोस भन्ने हाम्रो मूल उद्देश्य हो,” उनले भने ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तराष्ट्रिय भेला सुरु भएको… पुरा पढौ

जापान र जापानीहरूको व्यवहार र जीवनशैलीलाई नियाल्दा….

संसारका सम्पन्न देशहरूको सूचीमा जापान पनि एक हो ।क्षेत्रफलका हिसाबले यो नेपाल भन्दा तीन गुणा ठूलो छ । जनसंख्याका हिसाबले यो चार गुणाभन्दा ठूलो छ ।ऋतुका हिसावले हेर्दा यसको मौलिकता ६ ऋतुमा विभक्त छ भने नेपाल पनि ६ ऋतुमा विभक्त छ ।तर अहिले सर्वब्यापी चार ऋतुमा दुवै देशले त्यसको प्रयोग गर्छन् ।जापानमा जाडो लामो समयसम्म रहन्छ भने नेपालमा गर्मी लामो समयसम्म रहन्छ । नेपालको अग्लो पर्वत सगरमाथा हो भने जापानको फुजी पर्वत हो ।दुबैमा बाह्रै महिना हिउँ पर्दछ ।दुबै आआफ्ना… पुरा पढौ

समिक्षा भन्छिन्- मेरो चरित्र हत्या भयो

यतिबेला अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी चर्चाको केन्द्रमा छन् । एक-अर्काको प्रेमको चर्चाबाट सुरु भएको उनीरूको सम्बन्ध बिस्तारै गसिपको केन्द्र बन्न पुगेको छ । पल र समिक्षाले केही म्युजिक भिडियोमा सँगै काम गरे । समिक्षाले गाएका थुप्रै गीतमा पलले अभिनय गरे । पलले गरिरहेको सामाजिक कार्यमा समिक्षाले हैसे गरिन् । पलसँगै सामाजिक अभियानका थुप्रै स्थानमा समिक्षा साथमै देखिइन् । थुप्रै टिकटक भिडियोमा युगल जोडीका रूपमा प्रस्तुत भए । आफ्नो निकटता प्रस्तुत गरे । मिडियाकर्मीले समिक्षालाई प्रश्न गरे, ‘पलसँगको… पुरा पढौ

जापानमा राष्ट्रिय स्वास्थ्य बीमाको प्रिमियम रकम ३० हजार येनले बढ्यो, वार्षिक आय ११.४ मिलियन येन आम्दानी हुनेहरुमा यो प्रावधान लागू हुने

जापानमा राष्ट्रिय स्वास्थ्य बीमा( होकेन) को प्रिमियम आगामी वार्षिक वर्षदेखि संयुक्त परिवार हुनेको ११.४ मिलियन वा सोभन्दा बढी र एकल परिवार हुनेको ११ मिलियन वार्षिक आम्दानी हुनेहरुको लागि थप ३० हजार येनले बढ़ने भएको छ ।स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले चिकित्सा क्षेत्रको खर्चमा भएको वृद्धिलाई सम्बोधन गर्न राष्ट्रिय स्वास्थ्य बीमा (होकेन) को प्रिमियम वार्षिक अधिकतम सीमालाई आगामी वर्षदेखि ३० हजार येनले बढ़ाएर वार्षिक १० लाख २० हजार येनसम्म पु¥याउने नीति घोषणा गरेको छ । यस नीतिले उच्च आम्दानी गर्नेहरू माथि… पुरा पढौ

गीतकार अर्याल जसले जनजिब्रोमा स्थापित गरिदिए औषधीय गुणको मरौटीलाई

भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । नेत्र अर्यालले शब्दमा गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै ५०… पुरा पढौ

नेपाली मूलका बालबालिकालाई नेपालमा अध्ययन गर्न भिषा प्रक्रिया सहज बनाउन शिक्षामन्त्रीले सहयोग गर्ने

थाइल्याण्ड म्यानमार लगायत विदेशीमुलुकमा रहेका नेपाली मूलका नेपाली भाषी बालवालिकाहरुलाई नेपालमा अध्ययनको लागि भिषा प्रक्रियामा सहज गराउन आफूले सहयोग गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन ।गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शिक्षामन्त्री पौडेलसँगको भेटमा मन्त्री पौडेलले आफु थाइनिवासी नेपाली मुलका बाल बालिकाको नेपालमा अध्ययन अध्यापनको लागि समस्या समाधानप्रति सरकारले गर्न सक्ने सबैखाले सहयोगको लागि तयार रहेको बताएका छन ।थाइल्याण्ड र म्यनमार लगायतका मुलुकमा लाखौं नेपाली मूलका नेपाली समुदाय रहेकोले हरेक बर्ष… पुरा पढौ