राष्ट्रिय समाचार

फेरि बढ़्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ। आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ… पुरा पढौ

बागलुङमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र !

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ । सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्र समेत थियो । तर उनलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन् । यातायात व्यवस्था कार्यालय आगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो । ‘मैले डाक्टरलाई भेटेन, आगाडिकै पसलबाट किनेर ल्याएको हुँ’, उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो,… पुरा पढौ

जापानले कोभिड-१९ विरुद्दको दोस्रो डोज लगाएका सबैलाई डिसेम्बरदेखि बुस्टर (तेस्रो डोज) खोप लगाउदै

विश्वका अन्य मुलुकले वृद्दवृद्धा र निश्चित व्यक्तिहरूलाई मात्र कोभिड-१९ कोरोना भाईरस विरुद्दको बुस्टर तेस्रो डोजको खोप लगाउन लागेको भएपनि जापानले दोस्ती डोजको खोप लिएका सम्पूर्णलाई बुस्टर तेस्रो डोजको खोप दिन अनुमति दिने भएको छ ।कोभिड-१९ कोरोना भाईरस बिरुद्दको खोपको प्रभावकारिता केही महिनापछि करिव ५० प्रतिशतले घट्ने अनुसन्धानबाट देखिएकोले दोस्रो डोजको खोप लगाएका सम्पूर्ण बुस्टर तेस्रो डोज खोप लगाउन योग्य हुने र उनीहरुलाई आगामी डिसेम्बरदेखि खोप प्रदान गर्ने योजना रहेको सरकारी अधिकारीहरुले जनाएका छन । जापान सरकारले सुरूमा फ्रन्ट-लाइन स्वास्थ्यकर्मी र… पुरा पढौ

राजिनामा माग गर्दै बारले दियो प्रधानन्यायाधीशलाई ५ दिने अल्टिमेटम

नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारको शुक्रबार बसेको बार कार्यसमितिको बैठकलेयही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदशन गर्ने निर्णय गरेको छ । उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन… पुरा पढौ

प्रचण्डले भने: नेपाली राजनीतिमा महाभारतको लडाइँ हुँदैछ, कौरव कि पाण्डवलाई जिताउने फैसला जनताको

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले नेपाली जनताले फेरि माओवादीलाई नै जिताएर पठाउने दाबी गरेका छन् । शुक्रवार बिहान भरतपुरमा आयोजित चार्डपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले नेपाली राजनीतिमा अब महाभारतको लडाइँ हुने भन्दै जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्ने बताए । प्रचण्डले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् । शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन् । उनले ओली प्रवृत्ति नेपाल… पुरा पढौ

नेपाल बार एसोसिएसन परिसरमा वकिलले वकिल कुटे

काठमाडौँ– नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दु:ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,’ चुडालले भने । पुरा पढौ

फेसबुकले नाम फेर्यो, अब फेसबुक हैन मेटा भन्नुपर्ने

सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)ले आफ्नो प्रतिष्ठानको नाम मेटामा परिवर्तन गरेको छ । अब देखि फेसबुक हैन -मेटा भन्नु पर्नेछ । फेसबुकले आफ्नो प्रतिष्ठान(कम्पनी)को नाम परिवर्तन गर्दैछ किनकि यसले आफ्नो केन्द्रबिन्दु “मेटाभर्स” मा सार्दैछ । संस्थापक मार्क जुकरबर्गले बिहीबार फेसबुकले आफ्नो कर्पोरेट(सँस्था)को नाम मेटामा परिवर्तन गर्ने बताए । पहिले फेसबुक भनेर चिनिने कम्पनी(प्रतिष्ठान)ले पनि एक छापा विज्ञप्तिमा मार्फत् भन्यो की अब यसले स्टक टिकर “एमभिआरसी ” अन्तर्गत डिसेम्बर १ मा व्यापार सुरु गर्ने योजना बनाएको छ । “यो अर्को अध्याय सुरु… पुरा पढौ

कोरोना महामारीका कारण जापानमा बेरोज़गार महिलाको संख्या बढ्यो, बालबालिकाको शिक्षामा असर पर्नुका साथै गरिबीको मार निम्तिने चेतावनी

कोरोना महामारीका कारण अर्थतन्त्र र रोजगारीको क्षेत्रमा परेको नकारात्मक त्यसका असर र प्रभावबाट जापानका अधिकांश महिलाहरु लामो समयसम्म बेरोज़गार भै गरिबीको मार निम्त्याइरहेको तथ्य बाहिरिन थालेका छन।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको श्रम सर्वेक्षणअनुसार यस वर्षको अप्रिलदेखि जुनसम्म ६ महिनाभन्दा बढी समयसम्म जागिरबाट बाहिरिने महिलाको औसत संख्या ३ लाख ४० हजार पुगेको छ । जुन संख्या सन २०२० को यहि अवधिको अवस्थालाई हेर्दा २ लाख ८० हजारभन्दा धेरै भएको बताईएको छ । लामो समयसम्म कोरोना महामारीको कारण महिलाको बेरोजगारीले गर्दा… पुरा पढौ

जापानको नागानो प्रान्तले ताइफुको मारमा परेका नागरिकलाई खाना खुवाएर सहयोग गरेकोमा एनआरएनए जापान क्षेत्रीय समिति कान्साइलाई सम्मान पत्रद्वारा सम्मानित

जापानमा नेपालीलाई पछिल्ला केही दिनमा केही ऊर्जा भर्ने र नेपाल र नेपालीको पहिचानमा विशेषण थाप्न मिल्ने गरि शुभ समाचारहरु आइरहेका छन र नेपाली कति उदार र सहयोगी मनका छन भन्ने प्राप्त अवार्डबाट देख्न सकिन्छ ।जापानीको दुःख र बिपत्तिमा नेपालीहरुले उनीहरूको चहराइ रहेको घाउमा मलमपट्टी लगाउने र दुःख र विपत्तिको समयमा सँगसंगै छौ भन्नका लागि जस्तो परिस्थितिमा पनि आधारभूत सहयोगका सामग्री सहितको उपस्थितिले जापानीहरूको मन जित्दै ग़ैरहेको छ ।संगठित रूपमा रहेको नेपालीहरुको अभिभावकीय संस्था एनआरएनए क्षेत्रीय समिति कान्साईले २०१९ अक्टोबरको २१… पुरा पढौ

तीन सातापछि ई–पासपोर्ट जारी हुँदै, एमआरपी विस्थापित हुने

के तपाईं मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने सोचमा हुनुहुन्छ? यदि विदेश उडिहाल्नुपर्ने हतारो छैन भने अब तीन साता कुर्नुहोस्। किनकि, तीन सातापछि हाल प्रयोगमा रहेको पासपोर्टभन्दा विदेश यात्राका लागि अझ भरपर्दो, सुरक्षित र विश्वासिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) तपाईंले पाउनुहुनेछ।  परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले कात्तिक २९ देखि विद्युतीय राहदानी जारी गर्न लागेको हो। काठमाडौँस्थित केन्द्रीय राहदानी विभागका निर्देशक शरद आरणका अनुसार विभागले कात्तिक २९ देखि ई–पासपोर्ट जारी गर्नेछ।  उनले कात्तिक अन्तिम साताबाट विद्युतीय राहदानी जारी हुन लागेकाले हतारिएर अहिल्यै राहदानी… पुरा पढौ