राष्ट्रिय समाचार

पोर्चुगलको कृषि क्षेत्रमा नेपालीसहित एसियाली श्रमिकहरुको ब्यापक शोषण

पोर्चुगलको कृषि क्षेत्रमा काम गर्ने आप्रवाशीहरु मध्ये नेपाली लगायत दक्षिणपूर्वी एशियाका नागरिकमाथि ब्यापक शोषण हुने गरेको छ । फ्रान्स २४ मेडिया र केहि मानवअधिकारवादी, मजदूरको हकहितकालागि काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले त्यसरि शोषण हुनेगरेको रिपोर्ट सार्वजनिक गरेका छन् । फ्रंस २४ मा साराह मोरिस, लोरा कामबो र आर्मेल सारियरले गरेको रिपोर्ट अनुसार सन् २०१८ देखि पोर्चुगलमा माफियाहरुको सन्जालहरुद्वारा सन्चालित शंयन्त्रका कारण पोर्चुगलमा सस्तो श्रम उपलब्ध भएकाले खेतीमा ब्यापक वृद्धि भैरहेको छ । आप्रवासी परोपकारी संस्थाहरूको अनुमान अनुसार करिब ३० हजार भारतीय,… पुरा पढौ

एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

लन्डन । सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, "आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’… पुरा पढौ

आज भाइटीका, बिहान ११ः०२ बजे उत्तम साइत

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता… पुरा पढौ

हामी, जापान र जापानबारे

विषय प्रबेश :कुनै पनि देशमा जति धेरै मान्छेको बसाई संख्या बढ्दछ त्यति नै धेरै आनीबानीहरू भित्रिन्छन् र विविधता पनि भित्रिन्छ र हुन्छ पनि । आप्रबासमा रहने हरेक देशका नागरिकहरूले आ आफ्नो देश ,समाज र पारिवारिक स्वभावहरू पनि सँगसँगै लिएर आएका हुन्छन् ।उनीहरूका बानी, ब्यबहार ,रहन सहन र परम्पराले पक्कै पनि अहिले बस्ने देश र त्यो समाजमा केहि नौलोपना अवश्य नै दिन्छ ।त्यो नौलोपनामा नै मान्छेको नजर जान्छ । कति उदाहरणीय र अपनाउन लायक हुन्छन् भने कति दिक्क लाग्ने र बहिस्कार… पुरा पढौ

सोमबार अर्थात् नोभेम्वर ८ तारिकदेखि जापानले नया सिइओ जारी भएकाको लागि प्रवेश अनुमति दिने

जापान सरकारले आगामी सोमबार अर्थात् नोभेम्बर ८ तारिकदेखि बिजिनेश र विद्यार्थी भिषाका लागि हालसम्म लगाइदै आगमनमा प्रतिबन्धलाई हटाउदै जापान प्रवेशलाई खुल्ला गरेपनि विदेशी पर्यटक आगमनमा भने प्रतिबन्धलाई कायमै राख्ने भएको छ। जापानले व्यावसायी, विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरूका लागि प्रवेश प्रतिबन्ध हटाउदै पूर्ण खोप लगाइएका व्यवसायीहरूका लागि अनिवार्य सेल्फ-आइसोलेसन अवधिलाई पनि तीन दिनमा घटाईने भएको जापानी समाचार माध्यमहरूले जनाएका छन। १ लाख ५० हजार विद्यार्थी र १ लाख १० हजार प्राविधिक प्रशिक्षार्थी र अन्य गरि तीन लाख ७० हजार मानिसहरु जापान… पुरा पढौ

कडा क्वारेनटिनको सामना गर्दै विदेशी अनुसन्धानकर्ताहरू, जापानको होटेलमा ‘जेल’ सरह रहनु परेको प्रतिक्रिया

जापान फाउन्डेसनको एक कार्यक्रममा आएका ५० भन्दा बढि अनुसन्धानकर्ताहरूले कोभिड-१९ को क्वारेन्टाइन नियमहरू पालना गराउदा आफूहरूलाई जेलमा परेको जस्तो कडा निगरानीमा राखिएको बताएका छन । जापान आएदेखि १५ दिनसम्म होटेलको कोठाबाट बाहिर निस्कन नदिने र नियम तोड्नेहरूलाई समात्न सुरक्षा गार्डहरूको विशेष निगरानीमा राखिएको ती अनुसन्धानकर्ताहरूले बताएका छन । अनुसन्धानकर्ताहरू अक्टोबर २८ मा जापान पुगेका थिए र क्वारेन्टाइनका लागि टोकियो नजिकैको नारिता एयरपोर्ट होटलमा राखी त्यसखालको निगरानीमा राखेको उनीहरूले बताएका हुन ।जापानले क़ोरोना महामारीको कारणले यात्रा प्रतिबन्धहरू कायम राखेकोले अनुसन्धानकर्ताको प्रवेश… पुरा पढौ

बागलुङको घुस्मेलीमा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी तिव्र

त्रिशुली युवा क्लव ताराखोला गाउँपालिका–३ घुस्मेलीले संचालन गर्ने हरिबोधनी एकादशी मेला २०७८ को तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ। मेलालाई भव्यताका साथ सम्पन्न गर्नको लागि तयारी वैठक बसि जिम्मेवारी बांडफांड गरिएको छ। घुम्टे हाम्रो सान, पर्यटन विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ विगतका वर्षहरुमा झै यस वर्ष पनि त्रिशुली युवा क्लव ताराखोला गाउँपालिका वडा नम्वर ३ हिल घुम्मेलीले हरिवोधनी एकादशी मेला भव्यताका साथ सञ्चालन गर्न लागिरहेको छ ।तयारी वैठकले मेघ थापाको संयोजकत्वमा १३ सदस्यीय खेलकुद उपसमिति, रविन्द्र चोखालको संयोजकत्वमा… पुरा पढौ

बागलुङमा १/१ लाख राशीका २ स्मृति पत्रकारिता पुरस्कार स्थापना

प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । प्रेस सेन्टर नेपाल बागलुङको पाचौं जिल्ला सम्मेलनका अवसरमा नगद रु १/१ लाखको पुरस्कार स्थापना गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । गलकोट नगरपालिका वडा नं ७ मल्म अहिले जापानमा कर्म गरिरहेका दुई युवाहरु हर्क थापा र विकास खडका 'सुन्दर'ले आफ्ना दिवंगत माता पिताको सम्मान र सम्झनामा एक /एक लाखको स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना भएको अध्यक्ष थापाले बताए । नेपाल कम्युनिष्ट पार्टी… पुरा पढौ

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम गलकोट नगर परिषद सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश सदस्य तथा बागलुङ जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले नेपालको राजनीतिकसामाजिक र शैक्षिक परिवर्तनमा नेपाली शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।आज हटियामा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम गलकोट नगर परिषदलाई सम्बोधन गर्दै अनिलले उक्त भनाई राख्नु भएको हो । उहाँले शैक्षिक क्षेत्रमा रहेको विकृति र विसंगति हटाउन तथा संघियताको मर्म र भावना अनुसारको संघीय शिक्षा ऐनको आवश्यक भएको बताउनु भयो उहाँले शिक्षकहरु शैक्षिक जिम्मेवारी, पेशागत हक, हितका साथै सामाजिक… पुरा पढौ

मोबाइल बैंकिङ एप प्रयोग गरी एटीएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने

एन आई सी एशिया बैंकले एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ एप प्रयोग गरी एटीएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने सुविधाको शुरु गरेको छ । सो बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले बैंकका देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने छन् । बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको प्रयोगकर्ताहरूले एप भित्र रहेको ‘कार्डलेस विथड्राल’ आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्सेक्सन… पुरा पढौ