राष्ट्रिय समाचार

सरकारले बुधबारदेखि इ-पासपोर्ट जारी गर्ने, एमआरपी विस्थापन गर्ने तयारी

काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार अपराह्न औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने उद्देश्यले ई पासपोर्ट जारी गर्न लागिएको जानकारी दिए। त्रिपुरेश्वरमा दिउँसो हुने एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम छ। शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने राहदानी विभागले जनाएको छ । महानिर्देशक… पुरा पढौ

‘कप २६’ अल्प विकसित मुलुकहरुका लागि ‘निराशाजनक’

लन्डन - अल्प विकसित मुलुकहरुको समूहले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कप २६) अल्प विकसित मुलुकहरु (एलडीसी) का लागि निराशाजनक रहेको जनाएको छ। ‘कप २६’ सकिए पछि प्रकाशित एक विज्ञप्तिमा अल्प विकसित मुलुकहरुको समूह (एलडीसी ग्रुप) का वर्तमान अध्यक्ष भुटानका सोनाम फुन्सो वाङ्गदीले भने, " ग्लास्गोमा सन् २०२५ सम्म अनुकूलनका लागि उपलब्ध गराउने रकम दोब्बर पार्ने विकसित मुलुकहरुको प्रतिबद्धताबाट हामी उत्साहित छौं। हाम्रा मुलुक र समुदायहरुका लागि अवश्यक भन्दा यो रकम कम हो, तर केहि प्रगति चाहिं हो।" यद्यपि… पुरा पढौ

नेकपा माओवादी केन्द्र बागलुङको पार्टी संगठनको अधिवेशन मंसिर ४ गतेदेखि

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङको बैठक सम्पन्न भएको छ । मंगलबार बसेको बैठकमा पार्टी केन्द्रले तय गरेको संगठन सुदृढीकरण,वडा,गाउँपालिका र नगरपालिकाको पार्टी संगठनको अधिवेशन गर्ने विषयमा महत्वपूर्ण निर्णय भएको छ । पार्टीको कार्तिक २७ गतेसम्म संगठन विस्तार अभियान अन्तर्गत पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरणको कार्य सम्पन्न भएको नेकपा माओवादी केन्द्र संयोजक ज्ञामनाथ गैरेले नयाँ विश्वलाई जानकारी दिए । नेकपा माओवादी केन्द्र बागलुङको पार्टी सदस्य संस्या ८ हजार ५ सय पुगेको छ । बैठकले मंसिर ४ गते वडा… पुरा पढौ

जनगणना गर्नेलाई तिंकर र छाङरु जान भारतीय पक्षले दिएन

भारतीय पक्षको अवरोधले दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा जनगणना सुरु हुन सकेको छैन।  २५ कात्तिकदेखि देशभर जनगणना गर्न थालिएको थियो। मुलुकभर जनगणना भइरहँदा भारतीय अतिक्रमित ‘कालापानी क्षेत्र’ अन्तर्गत पर्ने दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकर र छाङरुमा भने अझैसम्म जनगणनाका लागि गणक पुग्न सकेका छैनन्।  भारतीय प्रशासनले तिंकर र छाङरुमा गणक जानका लागि अनुमति नदिँदा त्यहाँ जनगणना सुरु हुन नसकेको जनगणना कार्यालय (दार्चुला)का प्रमुख पदमराज पाण्डेले बताए। ‘नेपाली भूमिबाट छाङरु र तिंकर पुग्ने बाटो छैन। त्यहाँ भारतको बाटो प्रयोग गरेर… पुरा पढौ

५ दलीय समन्वय समितिले भन्यो : न्यायालय गतिरोधको शीघ्र निकास हुनुपर्छ

सत्तारुढ पाँच दलीय गठबन्धनले केही दिनयता सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको गठबन्धन अन्तर्गतको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको छ । बैठकले न्यायालयभित्र छिटै निष्कर्ष निस्कने विश्वास समेत व्यक्ति गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र… पुरा पढौ

ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला सम्पन्न, भलिबलको उपाधी मल्मलाई

गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको परम्परगत एवं ऐतिहाँसिक हरिबोधनी एकादशी मेलालाई सम्वोधन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन । जिल्लाको दुर्गम गाउँमा रहेर पनि क्लवले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंशा मन्त्री बुढाले गाउँमा भएका प्राकृतिक स्रोत, कृषि, वन पैदावार सञ्चालमा ल्याएर उत्पादनमा जोडिन आम नागरिकलाई आग्रह समेत गरे । उनले गण्डकी प्रदेश… पुरा पढौ

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको ‘नेपाल बन्द’बाट जनजीवनमा प्रभाव

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको ‘नेपाल बन्द’का कारण मंगलबार बिहानैदेखि संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानको जनजीवनमा असर परेको छ।  काठमाडौंमा सार्वजनिक सवारी साधनहरू चलेका छैनन् भने शिक्षण संस्था पनि बन्द छन् । छिटफुट रूपमा मात्रै सडकमा सवारीका साधन चलेका देखिन्छन् । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु सार्वजनिक यातायात नचल्दा अपलत्र परेका हुन् । कलंकी, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च, जापान च्यूबु/मिए क्षेत्रीय समितिको आठौ अधिवेशन सम्पन्न, अध्यक्षमा हरिबाबु तामाङ

नेपालको राष्ट्रीयता, स्वाधीनता, समानुपातिकता, समानता र वर्गीय मुक्तिका लागि माओवादीले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले पछिल्ला दिनमा कम्युनिस्टप्रति नेपाली जनताको आकर्षण बढिरहेको वक्ताहरूले बताएका छन ।नेपाली जनप्रगतिशील मञ्च, जापान च्यूबु/मिए क्षेत्रीय समितिको आठौ अधिवेशनको उदघाटन समारोह बोल्ने अधिकांश वक्ताहरूले नेपाली समाजको रूपान्तरण र नया सम्विधानमार्फ़त नया नेपालको निर्माणमा नेकपा माओवादीको मुख्य भूमिका रहेको र जनयुद्द र जनआन्दोलनमार्फ़त प्राप्त उपलब्धिको रक्षाका लागिपनि माओवादी पार्टीको नेतृत्व आवश्यक रहेकोमा बताएका थिए ।श्रमजिवी नागरिकको पक्षमा आफ़नो आन्दोलनलाई केन्द्रित गर्न माओवादी नेतृत्वलाई आग्रह गर्दै… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले गलकोटका १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री बाढ्यो

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले गलकोट क्षेत्रमा रहेका विद्यालयका १०० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र पठनपाठनमा सहयोग पुर्याऊने उद्देश्यले समितिले गलकोट नगरपालिका र ताराखोला गाँउपालिका भित्रका प्रत्येक विद्यालयका १÷१ जना गरि १०० जना विद्यार्थीलाई औषतमा ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको गरिएको समितिका अध्यक्ष रमेशकुमार खत्रीले जानकारी गराए ।“गलकोट क्षेत्रका बालबालिकामा शिक्षाप्रति अभिरुचि जगाई राख्न र समृद्ध गलकोटको अवधारणालाई समेत केहि टेवा पुगोस भन्ने हेतुले समितिले… पुरा पढौ

प्रेस सेन्टर नेपाल गण्डकीको अध्यक्षमा काफ्ले

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा सर्वसम्मत ४१ सदस्यीय नयाँ समिति चुनेको छ । वरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्ष राम थापा, समावेसी उपाध्यक्ष कमला केसी, प्रमुख सचिव सन्तोष गौतम, कोषाध्यक्ष विश्वराज सुवेदी निर्वाचित भएका छन् । त्यसैगरी खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाई र सविन जिसी, जनजाति सचिवमा विनु थापा, महिला सचिव शुशीला क्षेत्री, खुला सचिव अर्जुन अविरल र दलित सचिवमा गुणराज रोका छन् । पाण्डे नेपालदुत डटकमका सञ्चालक एवं सम्पादक हुन् । खुला सदस्यतर्फ राजकुमार… पुरा पढौ