राष्ट्रिय समाचार

एनआरएनएको निर्वाचनमा अनुहारको पहिचान गर्ने वा ‘फेसियल रिकग्निशन’ प्रविधि लागू नगर्न माग

लन्डन गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा अनुहारको पहिचान गर्ने वा 'फेसियल रिकग्निशन' प्रविधि लागू नगर्न एनआरएन अभियन्ता तथा विज्ञहरुले माग गरेका छन्। जीएनएनसंग कुरा गर्दै संघका एक पदाधिकारीले गत १७ जुलाई २०२१ को आइइएसको बैठकमा सचिव गौरी जोशीले ‘फेसियल रिकग्निशन' अनिवार्य गर्न प्रस्ताव राखेको तर त्यस बारे कुनै निर्णय नभएको बताए।अमेरिकामा आइटी व्यवसायमा संलग्न जोशीले त्यस्तो प्रस्ताव राख्नु नै 'स्वार्थको द्वन्द्व' ( conflict of interest) भएको जानकारहरु बताउंछन्।गत जुलाई महिनामा भएको निर्वाचनमा साउदी अरेबियामा 'सेल्फी' अनिवार्य गरिंदा सैयौं मतदाताहरु मतदान… पुरा पढौ

एनआरएनए जर्मनीको विवाद म्युनिख अदालतमा पुग्यो

जर्मनीको म्युनिखस्थित जिल्ला अदालतले एनआरएनए जर्मनीका नाममा कारण देखाउ आदेश जारी गरेको छ  । गैरआवासीय नेपाली संघ (एनआरएनए)जर्मनीको गत जुलाईमा भएको निर्वाचनमा गैर कानूनी रुपमा आफ्नो उम्मेद्वारी खारेज गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेद्वार राजकुमार खड्काले मुद्दा दायर गरेपछि म्युनिख अदालतले त्यस्तो आदेश दिएको हो। फ्र्यांकफर्ट निवासी  खड्काले आफ्नो उम्मेद्वार हुन पाउने अधिकारको हनन भएको र निर्वाचन समितिले त्यसको चित्त बुझ्दो कारण उपलब्ध नगराएको भनेर रिट हालेका थिए । तत्कालिन अवस्थामा निर्वाचन समिति, एनसिसी जर्मनी र केन्द्रीय अध्यक्ष कुमार पन्त लगायतलाई… पुरा पढौ

सर्वोच्चको समस्या १/२ दिनमा हल नभए राजनीतिक निकास खोज्छौँ– प्रचण्ड

जनकपुरधाम– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले अदालतको विवाद अदालती प्रक्रियाबाटै हल हुने बताए । उनले भने, ‘सर्वोच्चको समस्या एक/दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।’ महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन जानेक्रममा अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए । उनले भने, ‘आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र… पुरा पढौ

ई-पासपोर्ट आजदेखि सुरु, जिल्लाबाट कहिलेदेखि पाइन्छ ई-पासपोर्ट ?

काठमाडौं :  राहदानी विभागले ई-पासपोर्ट  विद्युतीय राहदानी वितरण सुरु गरेको छ। बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो पासपोर्ट  प्रदान गरी इ–पासपोर्ट वितरणको शुभारम्भ गरिएको हो। जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका थिए।  विभागले बुधबारदेखि लागु गरेको ई-पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी नेपालले प्रचलनमा ल्याएको हो। विश्वका एक सय २० भन्दा बढी मुलुकले ई–पासपोर्ट प्रचलनमा ल्याइसकेका छन्।  ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही काठमाडौं धाउन… पुरा पढौ

प्रदेश १ का मुख्यमन्त्रीलाई विश्वासको मत : पक्षमा ५०, विपक्षमा २९

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएका छन्। प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए।  राईले पेस गरेको प्रस्तावको पक्षमा ५० विपक्षमा २९ मत र मत दिने भन्ने पक्षमा ० मत परेको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे। प्रदेश सभामा उपस्थित सङ्ख्या ७९ रहेकोमा पक्षमा ५० र विपक्षमा २९ मत परेको हो।  राई कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री हुन्। प्रदेश १ को पहिलो मुख्यमन्त्री शेरधन… पुरा पढौ

धाँधली आरोपमा नेतृ सू चीलाई जेल पठाइने

म्यान्माको सेनाले वरिष्ठ नेतृ आङ साङ सू चीलाई जेल पठाउने तयारी गरेको छ। म्यान्माको सेनाले सू चीले सन् २०२० को चुनावका वेला सत्ताको दुरुपयोग गरी धाँधली गरेको आरोपमा अभियोग दर्ता गरेको छ। उनलाई कैयौँ वर्ष कारावासको सजाय सुनाइने अनुमान गरिएको छ। गत साता सू चीकै दलका नेतालाई ९० र ७५ वर्ष जेल सजाय सुनाइएको थियो।सू चीलाई चुनावमा धाँधली र अनधिकृत कारबाही गरेको आरोप लगाइएको छ। म्यान्माको सरकारी अखबार ग्लोबल न्यू लाइट अफ म्यान्माले उक्त जानकारी दिएको छ। पूर्वराष्ट्रपति विन मिन्त… पुरा पढौ

सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, व्यक्तिगततर्फ सिद्धार्थ राणा, नबिल बैंक पनि सम्मानित यी हुन् उत्कृष्ट करदाता (सूची)

काठमाडौं। सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) छ। निर्यात उद्योगतर्फ शशिरञ्जन मिश्र, डाबर नेपालले सर्वाधिक कर बुझाएको छ।  विशेष उद्योगतर्फ गोपाल श्रेष्ठ सम्मानित भएका छन्। उनी एसियन पेन्टसका प्रमुख हुन्। कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाएको भन्दै सम्मानित भएको छ। सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएएको छ। छिमेकबाट गणेश घिमिरे र नबिल बैंकबाट अनिल शाहले सम्मान… पुरा पढौ

अध्यक्ष उठ्ने रावलको दाबी : ओलीलाई चुनौती कि घुर्की !

काठमाडौँ : तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबिचको सम्बन्ध बोलचालै बन्द हुने गरी बिग्रिएको थिएन। उनी असन्तुष्ट त थिए। तर बोल्दा संयम नै थिए। तर पार्टीका नेता भीम रावल उग्र विरोधी भइसकेका थिए ओलीको। सामाजिक सञ्जालमा दैनिक जस्तै कटु शब्दले घोचिरहन्थे ओलीलाई। पुष्पकमल दाहाल प्रचण्डसँगै नेपालसँगको ओलीको सम्बन्धमा सुधार हुन सकेन। विवाद बढ्दै जाँदा एकले अर्कालाई पार्टीबाट निकाल्ने चरण पार गरेर अहिले यी तीन नेता तीन दलको नेतृत्वमा छन्। ओली एमाले अध्यक्षमै कायम रहे। प्रचण्ड माओवादी… पुरा पढौ

सुन र चाँदीको मूल्य घट्यो‚ आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रूपैयाँ घटेकोछ। नेपाल सुनचौँदी व्यवसायी महासंघले बुधबारका लागिग छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको छ। यसको मूल्य मंगलबार प्रतितोला ९४ हजार ३०० रूपैयाँ थियो। त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँ घटेको छ। बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। चाँदी… पुरा पढौ

कैलालीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भीम रावल पक्षको ‘विद्रोह’, बोलाइयो छुट्टै भेला

कैलाली क्षेत्र नम्बर २ मा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा दुई पक्षबीच विवाद भएको छ। अध्यक्ष केपी शर्मा ओलीको पक्ष र भीम रावल पक्षबीच झगडा परेकाे हाे।  ओली अर्थात् संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि चयन भइसकेको भनेर भ्रम छरेको भन्दै रावल पक्षले आजका लागि छुट्टै भेला  आह्वान गरेको हो।   निर्वाचन क्षेत्र नम्बर २ मा ‘अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रूपमा प्रतिनिधि छनोट’ गरेको भन्दै रावल पक्ष असन्तुष्ट बनेको हो। यसैकारण रावल पक्षले उक्त क्षेत्रमा समानान्तर प्रतिनिधि छान्ने तयारी गरेको छ। त्यसका लागि… पुरा पढौ