
खेतभरि झुलेको लहलह धान आँगनमा ढकमक्क फुलेको सयपत्री र मखमली फूल, खेत र बारीका डिलडिलमा भएका अम्बा पाकेर सुनजस्तै झल्कने आहा वारी पारी , तल माथि जता हेरे पनि झिलीमिली, साना देखि ठुला भैली अझै ती भैलीले दिने आशिर्वाद र मीठा टुक्का, कतै चामल पिस्नको चटारो, कतै झिनुवा रोटी बनाउनको चटारो,कतै टपरीका पात टिप्न नसक्दाको पिर, कतै टपरी खुट्न नजान्नुको पिडा ,कतै ओखरबाट घाजी बनाउनुको हतारो ,कोहि उपहार किन्न जानको हतारो यसैले गर्दा त होला तिहार पर्वलाई झिलीमिली बत्तीको पर्व पनि भनिन्छ।
तिहार, विशेष गरि ५ दिन। पहिलो दिन काग तिहार यस दिनमा विशेष गरि स्वर्गबास भएका परिवारको सम्झना स्वरुप कागलाई पूजा गर्दै विभिन्न परिकार खुवाउने गरिन्छ। दोस्रो दिन कुकुर तिहार, कुकुरलाई जनावर भरि कै इमान्दार जनावर र घर परिवारको रेखदेख इमान्दारीपूर्वक गर्ने हुदा कुकुरलाई टिका माला लगाईदिएर विभिन्न परिकार खानाका लागि दिईन्छ। तेस्रो दिन लक्ष्मीपूजा यस दिनलाई विशेष रुपमा पनि लिने गरिन्छ। दिनमा गाईलाई पूजा गरेर साझ परे पछि घर सबै मैन बत्तिले झिलीमिली पार्दै लक्ष्मी प्रवेश गराउनका लागि झ्यालढोका खुल्ला राखिन्छ।
जब चाडपर्व सकिएर घरमा पुग्ने गर्छु मेरो र भाइको तस्विरहरुमा बहिनीहरुले सप्तरङ्गी टिका लगाईदिएको हेर्छु कति माया गर्छौ है बहिनी भन्दै भावुक पनि हुन्छु। यस्तै यस्तै छ कहानी परदेशीको।
लक्ष्मीपूजा गर्दा धन सम्पत्ति प्राप्ति हुन्छ भन्ने प्रचलन छ। चोथौ दिन गोरु तिहार यस दिनमा गोरुलाई पूजा गरिन्छ। हाम्रो देश कृषि प्रधान देश भएर पनि होला गोरु बिना खेती गर्न असम्भव नै छ वर्षभरि गोरुले गरेको योगदानको सम्मान गर्दै गोरुलाई पुजा गरिन्छ। पाचौ दिन अन्तिम दिन भाईटिका । भाइटीकाको दिन घर सबै सजिएका हुन्छन्। ज्योतिषले दिएको समय अनुसार घरको ढोकामा सप्तरंगी बसुधारा राखेर आफ्ना दाजुभाइको उज्जल भविष्यको कामना गर्दै ग्रह फालेर कपालमा दुबोले तोरीको तेल लगाएर दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई मखमली सयपत्रीको माला र ढाका टोपी लगाएर मिठा मिठा परिकार खादै रमाउने चलन छ। यमराजले पनि आफ्नी बहिनी यमुनासग टीका लगाएको कथा पनि सुन्न पाईन्छ। दिदीबहिनी र दाजुभाइका लागि यो पर्व विशेष रहन्छ।
खाली खल्ति र भोको पेटको चपेटामा परेर रोजगारीकै लागि आफ्नो देश,घर परिवार छोडेर हातमा हरियो पासपोर्ट समाएर आकाशको बाटो हुदै लाखौ युवाहरु विदेशमा छौ र जबजब यस्ता महान पर्वको आगमन हुन्छ अझै भन्नुपर्दा जब मखमली फूलले कोपिला राख्न सुरु गर्छ त्यही मखमली हेर्दै हाम्रा हरेक चेली मुस्कुराउदै आफ्ना परदेशी दाजुभाइ आउने बाटो हेर्दै गर्नुहुन्छ होला। कोहि दाजुभाइ दिदीबहिनी भाग्यमानी हुनुहुन्छ त्यो मखमली फक्रने बेलासम्म परदेशबाट घरदेशमा पुग्नुहुन्छ भने कोही अभागी यो वर्ष पनि यतिकै भन्दै चित्त बुझाउन बाध्य हुनुपर्छ। कसलाइ रहर हुदैन होला र यस्तो उज्यालो र उमंगको पर्वमा परिवारसगै बसेर रमाउनका लागि। कति त यति अभागी छौ कि दिपावली जस्तो खुसीको पर्वको दिन दिदीबहिनीलाई उपहार दिने त्यो दिन एक कल फ़ोन गर्नलाई समेत समय हुदैन।
तर साझ परेर काम सकाएर जब बस्ने डेरामा आईन्छ दिदीबहिनी सम्झिएर फ़ोन गर्ने समय सकि सकेको हुन्छ अर्थात सुत्ने समय भईसकेको हुन्छ। यतिकै मा युटुब खोल्दा देउसी र भैलोका श्रृजनाहरु थुप्रै देखिन पाईन्छ र फेरि मन फुरुङ्ग हुन्छ।ती श्रृजना हेर्दा घरदेशमा हुदा आफु सरिक भएका देउसीहरुको याद ताजा हुन्छ। चिसो मौसम , चिप्लो बाटो यसपटक त यस्तै भयो अर्को पटक त जसरी जानुपर्छ भन्ने सोच पक्कै सबैमा आउछ होला।
यस्तै छ कहानी परदेशीको’ प्रकाश सपुतको गीतको याद आयो यहि बेला अनि नारायण रायमाझी र बिष्णु खत्रीका चाडबाड सम्बन्धी गीत सुन्दै हुर्किएको म आज ती मखमलि फुल्दा मार्शी धान झुल्दा गीत बज्यो कि मन उथुलपुथुल भएर आउछ ।
म पनि अर्को वर्ष भन्दा भन्दै १४ वर्ष पुगिसकेछ, ती मेरा प्यारा बहिनीहरुको हातबाट टिका नलगाएको पक्कै मेरा बहिनीहरुलाई पनि कति नरमाईलो लाग्दो हो ।सबैतिर सबैका दाजुभाइहरु आउदै गर्दा बाचा त गर्छु तर के गर्नु गरेका बाचा पुरा गर्न नपाउदा सार्है दुख लाग्छ।
हरेक वर्ष दाजु र बहिनीको विशेष पर्व तिहार आउदा जुन बेला कहिल्लै नओईलाउने मखमली फूलको माला लिएर दाजुहरु परदेशबाट फर्कने बाटो हेरेर यम/यमुनाको पूजा गरि हातमा सप्तरंगी टिका लिएर जुन तयारीमा हरेक वर्ष बहिनी बस्ने गर्छन र हामी पुग्न नसक्दा गहभरि आशु र मधुरो स्वरमा त्यो पिडा हामीमा बाड्छौ । त्यसले पनि म सजिलै महशुष गर्न सक्छु कि दाजु बहिनीको महत्व। जब चाडपर्व सकिएर घरमा पुग्ने गर्छु मेरो र भाइको तस्विरहरुमा बहिनीहरुले सप्तरङ्गी टिका लगाईदिएको हेर्छु कति माया गर्छौ है बहिनी भन्दै भावुक पनि हुन्छु। यस्तै यस्तै छ काहानी परदेशीको।
यसपटक यस्तै भयो अर्को पटक दिदीबहिनीद्वारा कहिल्यै नसुक्ने तेल साथै दुबो नओइलाउने मखमली सयपत्री फूलको माला , सप्तरंगी टीका लगाएर मीठा–मीठा परिकार खादै देउसीमा रमाउने रहर छ। बहिनी त्यो दिन अब छिट्टै आउने छ मैले त कामना गरेको छु तिमीले पनि गर ल ।
यस्तै छ कहानी परदेशीको’ प्रकाश सपुतको गीतको याद आयो यहि बेला अनि नारायण रायमाझी र बिष्णु खत्री र बसन्त थापाका चाडपाड सम्बन्धि गीत सुन्दै हुर्किएको म आज ती मखमली फूलदा लहलह धान झुल्दा देउसी र भैलो सुन्दा मन उथल-पुथल भएर आउछ। त्यसैमाथि यसपटक आदरणीय दाजुहरु बिष्णु खत्रीको शंकर धोनी र बसन्त थापा आशीष अविरल लगायतको हाई मुरली हाईले मलाई त्यहि आँगन र चौतारीहरुमा पुगेको महशुष गराएको छु। यस्ता श्रृजना अमर रहनेछन्। लोकसंस्कृतिमा एउटा दस्तावेज बन्ने छ। चाडबाड सम्बन्धी गीत सुन्दै हुर्किएको म आज ती मखमलि फुल्दा मार्शी धान झुल्दा गीत बज्यो कि मन उथुलपुथुल भएर आउछ । दुबै सृजनाकार लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना। सबैमा शुभ दीपावलीको हार्दिक शुभकामना ।