राजिनामा माग गर्दै बारले दियो प्रधानन्यायाधीशलाई ५ दिने अल्टिमेटम

-


     जनहित न्युज    
     कार्तिक १२ गते २०७८


नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारको शुक्रबार बसेको बार कार्यसमितिको बैठकलेयही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदशन गर्ने निर्णय गरेको छ ।

उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

उपाध्यक्ष बस्यालले भनिन्, ‘यो आन्दोलनको अवधिभरमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्नेछौं ।’

बारले यति हुँदा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?