फेरि बढ़्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

-


     जनहित न्युज    
     कार्तिक १२ गते २०७८


नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो।

पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँ वृद्धि गरी एक हजार ५०० रुपैयाँ कायम गरिने भएको छ ।

एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमका सहप्रवक्ता कार्कीले जानकारी दिए ।

निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा ईण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य वृद्धि भई आउँदा निगमले मूल्य समायोजन गरेको थिएन ।पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव रू. २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको निगमले जानकारी दिएको छ ।

‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. १२.५५, डिजेलमा प्रतिलिटर रू. ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर रू. ४६१.२२ घाटा हुने निगमको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?