जापानले कोभिड-१९ विरुद्दको दोस्रो डोज लगाएका सबैलाई डिसेम्बरदेखि बुस्टर (तेस्रो डोज) खोप लगाउदै

- ७८ वर्षीय अमेरिकी राष्ट्रपति जोन बाइडेन सेप्टेम्बरमै बुस्टर खोप लगाईसके

-


     जनहित न्युज    
     कार्तिक १२ गते २०७८


FILE PHOTO: Medical staff prepare Moderna coronavirus (COVID-19) vaccine to be administered at newly-opened mass vaccination centre in Tokyo, Japan, May 24, 2021. Carl Court/Pool via REUTERS/File Photo

विश्वका अन्य मुलुकले वृद्दवृद्धा र निश्चित व्यक्तिहरूलाई मात्र कोभिड-१९ कोरोना भाईरस विरुद्दको बुस्टर तेस्रो डोजको खोप लगाउन लागेको भएपनि जापानले दोस्ती डोजको खोप लिएका सम्पूर्णलाई बुस्टर तेस्रो डोजको खोप दिन अनुमति दिने भएको छ ।
कोभिड-१९ कोरोना भाईरस बिरुद्दको खोपको प्रभावकारिता केही महिनापछि करिव ५० प्रतिशतले घट्ने अनुसन्धानबाट देखिएकोले दोस्रो डोजको खोप लगाएका सम्पूर्ण बुस्टर तेस्रो डोज खोप लगाउन योग्य हुने र उनीहरुलाई आगामी डिसेम्बरदेखि खोप प्रदान गर्ने योजना रहेको सरकारी अधिकारीहरुले जनाएका छन । जापान सरकारले सुरूमा फ्रन्ट-लाइन स्वास्थ्यकर्मी र वृद्ध व्यक्तिहरूलाई मात्र बुस्टर खोप दिने सोच गरेको थियो।
सरकारले डिसेम्बरदेखि फ्रन्टलाइनर कामदारहरूलाई बुस्टर खोप दिन सुरु गर्ने योजना बनाएको छ, र आगामी वर्षको सुरूवातीदेखि नै अन्य मानिसहरूलाई पनि खोप लगाइने बताईएको छ। दोस्रो डोज लगाएक़ो कम्तिमा आठ महिना बिती सकेकाहरू बुस्टर खोपको लागि योग्य हुने पनि जनाईएको छ ।

स्वास्थ्य मन्त्रालयले अक्टोबरको सुरुमा ल्यान्सेटमा प्रकाशित अमेरिकी अनुसन्धानलाई उद्धृत गर्दै सबै उमेर समूहका लागि खोप लगाएको पहिलो महिनामा संक्रमण विरुद्धको खोपको प्रभावकारिता ८८ प्रतिशतबाट घटेर पाँच महिनापछि ४७ प्रतिशतमा झरेको देखिएको छ ।

१६ देखि ४४ वर्ष उमेर समूहका लागि यो संख्या ८९ प्रतिशतबाट ३९ प्रतिशतमा झरेको छ, जबकि ४५ देखि ६४ सम्म उमेरका व्यक्तिहरु ८७ प्रतिशतबाट ५० प्रतिशतमा झरेको छ। ६५ बर्ष भन्दा माथिका लागि यो ८० प्रतिशतबाट ४३ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयको प्यानलले बुस्टर खोपको लागि मिश्रित खोपको अनुमति दिने नदिने बारेमा अझै निष्कर्षमा पुगिनसकेको जनाएको छ । जस्तै पहिलो दुईपटक फाइजर खोप लगाएकाहरुको लागि तेस्रो बुस्टर खोप मोर्डेना दिने अथवा नदिने भन्ने बारेमा छिटै निष्कर्षमा पुगिने अधिकारीहरुले बताएका छन ।

अन्य देशहरूले अहिलेसम्म उमेर समूह अनुसार सीमित बुस्टर खोप दिइरहेका छन्। अमेरिका र फ्रान्सले भनेका स्वास्थ्यकर्मी र अन्तर्निहित अवस्थाका साथसाथै ६५ वर्ष र सो भन्दा माथिका मानिसहरूलाई खोपहरु लगाईने प्रबन्ध मिलाएको बताएका छन । ७८ वर्षीय अमेरिकी राष्ट्रपति जोन बाइडेन सेप्टेम्बरको अन्तमा बुस्टर खोप लगाईसकेका छन । बेलायतले भने ५० वर्ष माथिका सबैलाई बुस्टर खोप प्रदान गर्ने भएको छ । इजराइलले १२ वर्षमाथिका सबैलाई यो खोप दिने बताएको छ ।

सामान्यतया बुस्टर खोपका बारेमा विश्वव्यापी रूपमै विवादास्पद मुद्दा भएको छ । विश्व स्वास्थ्य संगठनले खोप दर कम भएका देशहरूमा प्रारम्भिक चरणको खोप प्रदानलाई प्राथमिकता दिनुपर्ने बताएको छ ।डब्ल्यूएचओले विज्ञप्ति मार्फत बुस्टर खोपको तुलनामा प्राथमिक खोपको शृंखलाको बिस्तारलाई सुधार गर्न प्राथमिकता दिनुपर्छ ।

न्यून आय भएका देशहरूमा केवल ३.१ प्रतिशतले मात्र मात्र खोपको कम्तिमा एक डोज पाएका छन् भने वर्ल्ड इन डाटाका अनुसार जापानमा शुक्रबारसम्म ७१.२% जनसंख्यालाई पूर्ण खोप लगाइएको छ। जापानले कोभिड-१९ विरुद्दको खोप लगाउन सुरुमा ढिलो गरेर गत अप्रिलबाट सुरुवात गरेपनि हाल ७१.२ प्रतिशत भन्दा बढी जनसंख्यालाई कोभिड-१९ विरुद्धको पूर्ण रूपमा खोप प्रदान गर्दै जी सेभेन (G7) राष्ट्रहरूमा शिर्ष तीनमा आफ्नो स्थान बनाएको छ । जापानमा खोपको दर लगभग इटालीको बराबरीमा छ, जुन क्यानाडापछि दोस्रो स्थानमा छ, जहाँ अक्टोबर १६ सम्म कुल जनसंख्याको ७२.६५ प्रतिशत खोप लगाइएको थियो।

मोडेर्ना खोपका प्रमुख कार्यकारी अधिकृत स्टेफेन बान्सेलका अनुसार बुस्टर खोप नियमित आधारमा आवश्यक पर्ने देखिएको छ । बुधबार रोयटर्ससँगको अन्तर्वार्तामा बान्सेलले ५० वर्षभन्दा माथिका मानिसहरूलाई २०२३ देखि वार्षिक कोभिड-१९ बुस्टर खोप आवश्यक पर्ने अपेक्षा गरेका छन् किनभने समयसँगै कोरोनाभाइरस विरुद्धको सुरक्षा घट्दै गएको पाइएको छ । तर अन्य विज्ञहरुले अझै बुस्टर खोपको आवश्यकता नदेखेको बताएका छन । अहिलेको अवस्थालाई अध्ययन गर्दा भ्याक्सिनले नै गम्भीर रोग र मृत्युलाई रोक्नको लागि राम्रोसँग काम गरिरहेकको
तर्क गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?