एफडिएद्वारा फाइजरको कोभिड विरुद्ध खोप ५ वर्ष देखि ११ वर्षका बच्चालाई अनुमति

-


     जनहित न्युज    
     कार्तिक १३ गते २०७८


एफडिएद्वाले फाइजरको कोभिड बिरुद्ध खोपलाई ५ वर्ष देखि ११ बर्षका बच्चालाई अनुमति दिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले अधिकार दिए पछि २ करोड ८० लाख भन्दा बढी बालबालिकाकाले यो खोप लगाउन योग्य हुनेछन् ।

मान्यताप्राप्त खुराक (डोज )अन्य उमेर समूहहरूको लागि खुराकको आकार भन्दा एक तिहाइ छ अर्थात् सानो छ ।

क्लिनिकल (रोग-विषयक)परीक्षणमा लक्षणात्मक रोग विरुद्ध लगभग ९१ प्रतिसत प्रभावकारी पाइयो भनि सिबिएसले जनाएको छ ।

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका लागि सल्लाहकारहरूले आगामी मङ्गलबार नोभेम्बर २ का दिन तथ्याँक समीक्षा गर्न र उनीहरूको आफ्नै सिफारिस गर्न मतदान गर्न भेट्नेछन् । यदि सिडीसी निर्देशकहरु सहमत भएमा खोप अर्को दिन उपलब्ध हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

एक विज्ञप्तिमा एफडिएका कार्यवाहक आयुक्त डा.जेनेट वुडककले साना बालबालिकाहरूलाई खोप लगाउनाले “हामीलाई सामान्यताको भावनामा फर्कन नजिक ल्याउनेछ।” बताईन ।

“खोपको सुरक्षा र प्रभावकारितासँग सम्बन्धित तथ्यांकको हाम्रो व्यापक र कठोर मूल्याङ्कनले आमाबाबु र अभिभावकहरूलाई यो खोपले हाम्रो उच्च मापदण्डहरू पूरा गर्दछ भनेर आश्वस्त पार्न मद्दत गर्नुपर्छ,” उनले भनिन्।

खोप र सम्बन्धित जैविक उत्पादन सल्लाहकार समितिका अधिकांश सदस्यहरू अन्ततः खोपलाई समर्थन गर्न एकजुट भएका थिए ।

केहीले सम्भावित प्रतिकुल असर विशेष गरी हृदय सम्बन्धि (मायोकार्डाइटिस र पेरीकार्डाइटिस)को जोखिम, हृदयका विभिन्न भागहरूको सुनिनुमा थप तथ्यांकको आवश्यकताको बारेमा चिन्ता व्यक्त गरे।

समितिको बैठकमा डा एरिक रुबिनले भने, “हामीले यसमा आउने अपेक्षा गरेको भन्दा यो धेरै गाह्रो छ। “तथ्यांकले देखाउँदछ कि खोपले काम गर्छ र यो धेरै सुरक्षित छ ,उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?