राष्ट्रिय समाचार

ढोरपाटनको भलिबल गोल्डकपको उपाधी गलकोटलाई

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकपको उपाधि गलकोट नगरपालिकाले प्राप्त गरेको छ ।  बुर्तिबाङ राइजिङ क्लबको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो  ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगितामा भएको फाईनल खेलमा ढोरपाटन नगरपालिका समुह ए लाई पराजित गर्दै गलकोट नगरपालिका समुह बि ले उपाधि उचाल्न सफल भएको हो ।  आज भएको फाईनल खेलमा गलकोट नगरपालिका समुह विले ढोरपाटन नगरपालिका समुह ए लाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो… पुरा पढौ

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेको दाबी

बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले बहुमतसहित दाबी पेश गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्वान गरेलगत्तै गठबन्धनमा रहेका ५९ प्रदेशसभा सदस्यहरूको हस्ताक्षर लिएर प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको हो । बुधबार माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि पाण्डेले दाबी पेस गरेका हुन् ।माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, नेकपा (एकीकृत समाजवादी)का १३ सांसद र जसपाका १… पुरा पढौ

जापानका मोबाइल सेवा प्रदायक कम्पनीले ग्राहकहरूलाई सम्झौता रद्द गर्दा असुल्ने शुल्क लिन बन्द गर्ने

जापान सरकारले मोबाइल सेवालाई सस्तों र प्रतिस्पर्धी बनाउने योजना अनुरूप प्रमुख तीन मोबाइल सेवा प्रदायक कम्पनीहरुले ग्राहकहरूलाई सम्झौता रद्द गर्दा लाग्ने गरेको शुल्क लिन बन्द गर्ने भएका छन ।सफ्टबैंक, ग्राहकहरूको हिसाबले जापानको तेस्रो ठूलो मोबाइल फोन सेवा संचालन गर्ने कम्पनीले २०१९ को सेप्टेम्बरमा गरेको सम्झौता आगामी फेब्रुअरीमा रद्द गर्न ग्राहकले चाहेमा सो बापत लाग्ने शुल्क भुक्तानी गर्न नपर्ने मंगलवार जानकारी गराएको छ ।जापान कै अग्रणी मोबाइल प्रदायक कम्पनी एनटिटी दोकोमोले यहि महिना देखि सम्झौता रद्द गर्दा लाग्ने रकम नलिने बताएको… पुरा पढौ

जापान सरकारले दशौं लाख ‘आबेनोमास्क’ प्रयोगबिहिन र अनुपयोगी भन्दै अलोचना

कोरोनाभाइरसको महामारी बढ्दै गएपछि तत्कालिन प्रधानमन्त्री शिन्जो आबेले खरिद गरेका करिब ८२ मिलियन कपडाको "आबेनोमास्क" भनेर चिनिएको माक्स प्रयोगबिहीन र अनुपयोगी भै करदाताको पैसाको दुरुपयोग भएको भन्ने आलोचना फैलाएको सरकारी प्रवक्ताले खुलासा गरेका छन । क्याबिनेटका उप सचिव योशिहिको इसोजाकीले बुधवार पत्रकार सम्मेलनमा सरकारले घरपरिवारमा कपडाको मास्क वितरण गरिसकेको तर वृद्ध तथा बालबालिकाको हेरचाह सुविधाहरूको लागि भनेर गत मार्चसम्म भण्डारण गरेका १४० मिलियन मास्कहरू मध्ये आधा भन्दा बढि माक्स वृद्ध र बालबालिकालाई सुविधा आपूर्ति गर्ने उद्देश्य राखेको भएपनि त्यसो हुन… पुरा पढौ

वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् ।  आजको बैठकमा उनले विश्वासको मत लिने तयारी थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।  उनले आपसी द्वन्द्वलाई कम गरौं भन्ने मनसायले नै आफूले मार्ग प्रशस्त गर्ने निर्णय लिएको बताइन् । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा… पुरा पढौ

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको विश्व भेला सम्पन्न, संघको गरिमा र साख जोगाउनका लागि संरक्षक परिषद्लाई आग्रह

काठमाडौं, अक्टुवर २६, २०२१ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाले संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको छ। आइतबार सम्पन्न सम्मेलनले सात बुँदे घोषणापत्र पारित गर्दै संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बनेको भन्दै संस्थाको गरिमा कायम राख्न संरक्षक परिषदले पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो। एनआरएनको विधान अनुसार नै अक्टोबर २३–२५ का लागि तोकिएको दशौं विश्व सम्मेलन तथा महाधिवेशन हुन नसकेपछि एनसीसीहरुको विश्व सम्मेलन गरिएको थियो।एनसीसी अमेरिकाको… पुरा पढौ

पोखराका फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले गलकोटेलाई उपचारमा २० प्रतिशतसम्म छुट दिने

बागलुङ जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो । गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र अस्पताल व्यवस्थापकबीच द्विपक्षीय सम्झौता भई गलकोटवासी सर्वसाधारणले सेवा लिन सुरु गरिसकेको समाजका अध्यक्ष खडकबहादुर थापाले जानकारी दिए । उनका अनुसार छुट सुविधा सधैँका लागि हो ।… पुरा पढौ

जापानको जीवनशैली,व्यवहार र हामीले सिक्नुपर्ने कुराहरु

शिष्टाचार: शिष्टाचार,जापानी संस्कृतिको एक महत्त्वपूर्ण अंश हो, भेटघाट गर्दा , बिदा  लिँदा,छुट्टिदा , अनि  केहि कुरा सोध्न पर्दा जापानीहरु  नम्र भएर  एक आपसमा शिष्टाचार आदानप्रदान गर्ने गर्छन। जापानीहरूले हातमिलाउने वा हल्लाउने प्रकृतिको शिष्टाचार बिरलै गर्न गरेको पाइन्छ । जापानीज समाज आपसी शिष्टाचारको बिषयमा अति संबेदनशील हुने गर्छन् । उनीहरु एकअर्काप्रति  शिष्टाचार पूर्ण ब्यबहारको अपेक्षा गर्ने गर्दछन् । जापानीज समाजमा शिर झुकाएर एक आपसमा अभिबादन गर्नु जापानिज समाजको सम्मानको परम्परा हो । जब उनीहरु कसैलाई  शिष्टाचारपूर्ण अभिवादन गर्दै  माफी  माग्छन् भने … पुरा पढौ

शाही हैसियत परित्याग गर्दै जापानी राजकुमारीले सर्वसाधारण कुमुरोसँग विवाह गरिन र भनिन “ कोमुरो तिमी मेरो अपरिवर्तनीय अस्तित्व हौ म तिमीलाई माया गर्छु”

जापान राजपरिवारको अकिशिनोकी दम्पतीको जेठी छोरी राजकुमारी माकोले आफूसंगै कलेजमा अध्ययन गर्ने सर्वसाधारण नागरिक प्रेमी केइ कुमुरोसँग मंगलबार विवाह गर्दा राजपरिवारबाट बिदा हुदा महिलाले पाउने नगद र शाही हैसियत परित्याग गर्ने जापानी राजपरिवारकी प्रथम महिला बनेकी छन । कानुनअनुसार "जनता"सँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन।राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन्। अनि राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरिन्।राजकुमारी माको मङ्गलवार स्थानीय… पुरा पढौ

किशोरकिशोरीलाई फाइजर खोप कति प्रभावकारी ? के–के हुन सक्छ साइड इफेक्ट ?

सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ। अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा  युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप १६ वर्षमाथिका व्यक्तिहरुलाई लगाउनका लागि अनुमति दिएको थियो । एफडीएले १२ वर्षदेखि १५ वर्षसम्मका किशोरकिशोरीमा  यो खोप लगाउन अनुमति नदिए पनि अमेरिकामा यो समूहलाई खोप लगाइँदै आएको छ। अमेरिकामा १२ वर्षमाथिका किशोरकिशोरीमा लगाउँदा प्रभावकारी देखिएको… पुरा पढौ