जापान सरकारले दशौं लाख ‘आबेनोमास्क’ प्रयोगबिहिन र अनुपयोगी भन्दै अलोचना

-


     जनहित न्युज    
     कार्तिक १० गते २०७८


कोरोनाभाइरसको महामारी बढ्दै गएपछि तत्कालिन प्रधानमन्त्री शिन्जो आबेले खरिद गरेका करिब ८२ मिलियन कपडाको “आबेनोमास्क” भनेर चिनिएको माक्स प्रयोगबिहीन र अनुपयोगी भै करदाताको पैसाको दुरुपयोग भएको भन्ने आलोचना फैलाएको सरकारी प्रवक्ताले खुलासा गरेका छन ।

क्याबिनेटका उप सचिव योशिहिको इसोजाकीले बुधवार पत्रकार सम्मेलनमा सरकारले घरपरिवारमा कपडाको मास्क वितरण गरिसकेको तर वृद्ध तथा बालबालिकाको हेरचाह सुविधाहरूको लागि भनेर गत मार्चसम्म भण्डारण गरेका १४० मिलियन मास्कहरू मध्ये आधा भन्दा बढि माक्स वृद्ध र बालबालिकालाई सुविधा आपूर्ति गर्ने उद्देश्य राखेको भएपनि त्यसो हुन नसकेको भनेर समेत आलोचना भैरहेको बताए ।

तत्कालिन प्रधानमन्त्री आबेले गत वर्ष जापानमा प्रत्येक घरमा दुईवटा कपडाको मास्क वितरण गर्ने योजनामा प्रदान गरिएको “आबेनोमास्कहरू” धेरै सानो भएको, धेरै ढिलो आइपुगेको र कतिपय ठाउमा पटक्कै नआएको भन्दै जनताले व्यापक आलोचना समेत गरेका थिए ।
लेखापरीक्षण बोर्डले यो विषयलाई हेरेको र नोभेम्बरमा हुने वार्षिक वित्तीय समीक्षामा यसलाई समावेश गर्ने सञ्चारमाध्यममा आएका समाचारहरूपछि यो विषय खुलासा भएको हो।

प्रतिवेदनका अनुसार अनुसार, ८२ मिलियन मास्क करदाताहरूबाट असुल गरिएको करबाट करिब ११.५ बिलियन येन र अर्को ६०० मिलियन येन २०२० को अगस्ट देखि मार्चसम्म भण्डारणमा राख्न खर्च भएको बताईएको छ।

इसोजाकीले लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको सरकारले मागको बढि अनुमान गरेर यो योजना संचालन गरिएको बताउदै गत वर्ष मास्कको आपूर्ति अभावको बीचमा संक्रमण रोक्नको लागि प्रभावकारी तरिका अपनाईएको बताए । त्यतिबेलाको अवस्थाका आधारमा मलाई यो योजना उपयुक्त लाग्यो इसोजाकीले भने ‘बचत कसरी उपयोग गर्ने भनेर

सरकारले आवश्यकताका आधारमा विचार गरिने छ”।
आगामी आइतवार हुन लागेको संसदको तल्लो सदन आमनिर्वाचनमा “आबेनोमास्क” का बारेमा बुधबार ट्विटरमा विपक्षी दलहरूले आम चुनाव अघि करदाताको पैसा दुरुपयोग भएको बारेमा कडा आक्रोश व्यक्त गरेका छन।

“हामीले धेरै पटक योजना परिवर्तन गर्न आह्वान गर्यौं, तर प्रधानमन्त्री आबेले यसलाई अनावश्यक भएको ठाने,” जापानको संवैधानिक लोकतान्त्रिक पार्टीका वरिष्ठ सदस्य रेन्होले ट्वीट गरे।अहिले तत्कालिन प्रधानमन्त्री आबे लगायत कसैले पनि अबेनोमास्क लगाएका छैनन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?