सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)ले आफ्नो प्रतिष्ठानको नाम मेटामा परिवर्तन गरेको छ । अब देखि फेसबुक हैन -मेटा भन्नु पर्नेछ ।
फेसबुकले आफ्नो प्रतिष्ठान(कम्पनी)को नाम परिवर्तन गर्दैछ किनकि यसले आफ्नो केन्द्रबिन्दु “मेटाभर्स” मा सार्दैछ । संस्थापक मार्क जुकरबर्गले बिहीबार फेसबुकले आफ्नो कर्पोरेट(सँस्था)को नाम मेटामा परिवर्तन गर्ने बताए ।
पहिले फेसबुक भनेर चिनिने कम्पनी(प्रतिष्ठान)ले पनि एक छापा विज्ञप्तिमा मार्फत् भन्यो की अब यसले स्टक टिकर “एमभिआरसी ” अन्तर्गत डिसेम्बर १ मा व्यापार सुरु गर्ने योजना बनाएको छ ।
“यो अर्को अध्याय सुरु गर्दा मैले हाम्रो पहिचानको बारेमा धेरै सोचेको छु। फेसबुक संसारको इतिहासमा सबैभन्दा धेरै प्रयोग हुने उत्पादनहरू मध्ये एक हो,” जुकरबर्गले बिहीबार भने। “यो एक प्रतिष्ठित सामाजिक संजाल (सोशल मिडिया)मार्का( ब्रान्ड )हो, तर बढ्दो रूपमा यसले हामीले गर्ने सबै कुरालाई समेट्दैन।
“आज हामी सामाजिक सञ्जाल कम्पनीको रूपमा देखिएका छौं,” उनले थपे, “तर हाम्रो डिएनएमा, हामी मानिसहरूलाई जोड्ने प्रविधि निर्माण गर्ने प्रतिष्ठान हौं। र सामाजिक सञ्जालको सुरुवात गर्दा जस्तै मेटाभर्स अर्को सीमाना हो। ”
पाठशालामा क्लासिक्स (प्राचीन साहित्य/कला )पढ्न मन पराउने जुकरबर्गले यो नाम ग्रीक शब्द मेटाबाट प्रेरित भएको हो, जसको अर्थ “बाहिर” हो ,”मेरो लागि यो प्रतीक हो र त्यहाँ सधैं निर्माण गर्न धेरै हुनेछ ।” उनले भने ।
क्यालिफोर्निया स्थित मुख्यालयमा फेसबुकले आफ्नो प्रतिक चिन्ह (कर्पोरेट लोगो)लाई पनि प्रतिस्थापन गरेको छ । फेसबुकले बिहीबार कुनै कार्यकारी परिवर्तनको घोषणा गरेन। तर जुकरबर्गको व्यक्तिगत आफ्नो सामाजिक संजाल पन्ना (फेसबुक पेज)बाट जानकारी दिएका थिए ।
जुकरबर्गले प्रतिष्ठानको नाम परिवर्तन भर्चुअल(परोक्ष) बैठकको समयमा घोषणा गरेका थिए भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।