जापान सरकारले मोबाइल सेवालाई सस्तों र प्रतिस्पर्धी बनाउने योजना अनुरूप प्रमुख तीन मोबाइल सेवा प्रदायक कम्पनीहरुले ग्राहकहरूलाई सम्झौता रद्द गर्दा लाग्ने गरेको शुल्क लिन बन्द गर्ने भएका छन ।
सफ्टबैंक, ग्राहकहरूको हिसाबले जापानको तेस्रो ठूलो मोबाइल फोन सेवा संचालन गर्ने कम्पनीले २०१९ को सेप्टेम्बरमा गरेको सम्झौता आगामी फेब्रुअरीमा रद्द गर्न ग्राहकले चाहेमा सो बापत लाग्ने शुल्क भुक्तानी गर्न नपर्ने मंगलवार जानकारी गराएको छ ।
जापान कै अग्रणी मोबाइल प्रदायक कम्पनी एनटिटी दोकोमोले यहि महिना देखि सम्झौता रद्द गर्दा लाग्ने रकम नलिने बताएको छ भने दोस्रो ठूलो मोबाइल कम्पनी एयु केडिडीआइ कर्पोरेसनले आगामी मार्चको अन्त्यतिरबाट सो नियम लागू गर्ने बताईएको क्योदो न्यूजले आफ्नो समाचारमा जनाएको छ ।
तीन कम्पनीहरूको प्रभुत्व रहेको मोबाइल फोन बजारमा प्रत्येकले दुई-वर्षको सम्झौता रद्द गर्न ९ हजार ५ सय येन सम्झौता रद्द गर्नको लागि शुल्क असुल्दै आएक़ा थिए । उपभोक्ताहरूले चाहेको बेला अन्य क्यारियरहरूमा सेवा परिवर्तन गर्न निरुत्साहित गर्दै आफ्नो व्यवसायिक लाभ कायम राखीराख्न यो शुल्क लिदै आएक़ा थिए ।
अक्टोबर, २०१९ मा संशोधित दूरसञ्चार व्यवसाय कानून लागू भएपछि मोबाइल प्रयोगकर्ताले दुई-वर्षको सम्झौताको रद्द गर्दा १ हज़ार येन वा सोभन्दा कम गर्न रकम तिरे हुने प्रावधान राखिएको थियो । तर, मोबाइल सेवा प्रदायक कम्पनीहरूले गत महिना आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले नीति पुनरावलोकन गर्न आह्वान नगरेसम्म नयाँ नियम लागू हुनुअघि लागू गरिएका सम्झौताहरू रद्द गर्ने शुल्क कायम राखेका थिए।