विभिन्न कारणले जापानमा रहदा वैधानिक रूपमा भिषा लगायतको समस्यामा नेपालीहरुको संख्या बढ्दै जान थाल्यो, परदेशको ठाउ काम नगरी हातमुख जोड़न त गारो हुने छदै छ त्यसमाथि पारिवारिक दायित्व समेत रहेपनि सोचे जस्तो नहुनु र अझै बिरामी हुदा भाषा लगायतका समस्यालाई उनले नजिकबाट देखिरहेका थिए । यस्ता समस्यामा परेकाहरुलाई आफूले सक्दो सहयोग समेत गर्दै आइरहेका थिए उनले । तर सोचेजस्तो साथ र सहयोग पुर्याऊन नसकेको आफूलाई लागिरहेको थियो र सोचिरहेका थिए कि नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ ।
यस्तै सोच र योजनालाई आफ़्नो साथी सर्कलमा राखे लामो समयदेखि जापानको गुन्माकेनमा रहेर कार्यरत पर्वत कुश्माका बुद्धि शेरचनले । सन २०१३ अगस्ट ४ मा संगठित रूपमा नेपालीलाई लक्षित गरि भाषा अनुवादक, काममा सहयोग लगायतको आफूले सक्ने सहयोग पुर्याउने उद्देश्य राखी नेपाली साझा समाज जापानको गठनमा भएको समाजमा उनी सन २०१५ यता सो समाजको नेतृत्व गर्दै सहयोगका लागि अहोरात्र खटिरहे शेरचन ।
सबैको कुरालाई सुनदै र नेपाली लगायत विदेशी नागरिकको उपस्थिति बढ्न थालेपछि रोजगारी क़ानूनी, अध्यागमन स्वास्थ्य तथा अकस्मात हुने दैवी तथा प्राकृतिक विपत्तिमा सहयोग गर्ने गरि एकले थुकी सुकी सयले थुकी नदी भन्ने मान्यतालाई आत्मसात गर्दै संस्थामार्फ़त आफ़ना सहयोगात्मक गतिविधि संचालन गर्न थाल्यो शेरचनसहितको संस्था नेपाली साझा समाज जापानले ।
नेपालमा भएको महाभूकम्पको समयमा आर्थिक संकलन गरि सहयोग होस कि बाढ़ी पहिरोका कारण पिडामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई चहराइ रहेको घाउमा मलम बन्ने प्रयास सधै नेपाली साझा समाज जापान र त्यसका अध्यक्ष शेरचनले गरि रहे ।
२०१६ मा जापानको कुमामोतोमा गएको भूकम्पका कारण छटपटाई रहेका त्यहाका नागरिकलाई ओइजुमि नगरपालिकासँगको सहकार्यमा दैनिक आवश्यकीय सामग्रीको व्यवस्थापनमा सक्रियतापूर्वक लागेको यो समाजले इबाराकीको जोसोसिटिमा सामुद्रिक आँधीका कारण घरबार विहीन भएका ३५५ परिवार जापानी नागरिकलाई नेपाली मौलिक खाना खुवाएर वाहवाही त कमाएकै थियो हिरोशिमामा गएको बाढ़ीपहिरो पिडित परिवारलाई आर्थिक संकलन गरेर प्रदान गरेको आर्थिक सहयोगबाट जापानी माझमा नेपाली मन कति सहयोगी हुन्छन भन्ने देखाउन सकारात्मक प्रभाव रह्यो ।
३ हजार ३ सय माथि नेपाली नागरिकको बसाई रहेको गुन्माकेनलाई मुख्य कार्य थलो बनाई आफ़्ना गतिविधि संचालन गरेको समाजले ताइफुको बेला विभिन्न सामाजिक संजाल र निजी संचार माध्यममार्फ़त जापानी भाषाका जानकारी र सूचनालाई नेपाली भाषामा अनुवाद गरि सहयोग पुयाऊदै आइरहेको छ । साथै ताइफुले पारेको असरको सहयोगका लागि स्वयमसेवकको रूपमा भौतिक सहयोग समेत यस समाजका सदस्यले प्रदान गर्ने गरेका छन ।
विशेषतः ओइजुमि नगरपालिका र प्रहरी मुख्यालयसँगको सहकार्यमा त्यस क्षेत्रका आवश्यक सूचना जानकारी र भाषा अनुवादकको लागि महत्वपूर्ण योगदान पुर्याए बापत नेपाली साझा समाजलाई सेप्टेम्बरको दोस्रो हप्ता प्रान्तीय गभर्नरबाट ईन्टरनेशनल एक्स्चेन्ज अवार्डद्वारा प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।
नेपाली समुदायलाई उपयोगी सूचना प्रवाह गरेको, नेपालीहरुलाई भैपरि आउने प्राकृतिक, आकस्मिक र दैविक समस्या समाधानमा उल्लेखनीय भूमिका निर्वाह गरेको , स्वयमसेवी काम गरेको , नेपाली कला संस्कृति झल्किने गतिविधिमार्फ़त नेपाल र जापान बिचको कला संस्कृति आदानप्रदानमा महत्वपूर्ण कार्य गरेको र कोरोना महामारीको सम्बन्धी सहि सूचनाहरु नेपाली समुदायबिच पुर्याएर कोरोना रोकथाममा गुन्माकेनसँग सहकार्य गरेकोलाई उच्च सम्मान गर्दै समाजलाई सम्मानित गरेको केनले बताएको छ ।
भाषा, काम पाउने लगायतका नेपालीहरुका समस्यामा एकाकार हुदै सकेको सहयोग समाजका अध्यक्षले पुर्याइरहेको बारेमा सर्वसाधारण प्रेम थापाले शेरचनलाई माया र सम्मान गर्दै एकजना पागल मान्छे को संज्ञा दिएका छन । आफ्नो ५८ महिनाको बसाईमा जब कुनै नेपालीलाई समस्या हुदापनि रातीको कुनै प्रहर नभनी फ़ोन गरेर जानकारी गराएमा बुद्दि बहादुर शेरचन दाइभाई दिदी बहिनीलाई सहयोग गर्न १० मिनेटमा उपस्थिति हुने गरेको थापाले बताउछन । थापा भन्छन “कोही अस्पतालमा बिरामी छ,काम न भएर भौतारिएको छ त्यसको औषधि हो शेरचन, आफ्नो निजीकाम छोडेर जस्तोसुकै अवस्थामा पनि नेपालीलाई सहयोग गर्न जाने शेरचनले गरेको कामलाई असली समाज सेवा भन्छु म”
नेपाली साझा समाज जापान र गुन्माकेनबिचमा आगामी दिनमा आपसी सहकार्य गर्दै जाने र सकेको सहयोग गर्न आफू र आफ्नो संस्था दिनरात लागिरहने अध्यक्ष शेरचनले बताए । उनले नेपालीहरु लगायत विदेशी नागरिकका लागि परेका अप्ठ्यारो आफ्नो जस्तै लाग्ने भएकोले आगामी दिनमा अझ व्यवस्थित र रचनात्मक कार्य गर्दै सहयोगका लागि तत्पर रहने बताए ।