
शिष्टाचार:
शिष्टाचार,जापानी संस्कृतिको एक महत्त्वपूर्ण अंश हो, भेटघाट गर्दा , बिदा लिँदा,छुट्टिदा , अनि केहि कुरा सोध्न पर्दा जापानीहरु नम्र भएर एक आपसमा शिष्टाचार आदानप्रदान गर्ने गर्छन। जापानीहरूले हातमिलाउने वा हल्लाउने प्रकृतिको शिष्टाचार बिरलै गर्न गरेको पाइन्छ । जापानीज समाज आपसी शिष्टाचारको बिषयमा अति संबेदनशील हुने गर्छन् । उनीहरु एकअर्काप्रति शिष्टाचार पूर्ण ब्यबहारको अपेक्षा गर्ने गर्दछन् ।
जापानीज समाजमा शिर झुकाएर एक आपसमा अभिबादन गर्नु जापानिज समाजको सम्मानको परम्परा हो । जब उनीहरु कसैलाई शिष्टाचारपूर्ण अभिवादन गर्दै माफी माग्छन् भने विभिन्न कोणमा शरीर झुकाएर अभिबादन गर्ने गर्दछन् ।
जापानमा व्यापार व्यावसायको क्षेत्रमा, विशेष गरी वरिष्ठताको भूमिकाबारे सचेत हुनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ , जुन उमेर अनुसार मापन गरिएको हुन्छ जसमा आफू भन्दा पाको व्यक्तिलाई सम्मानपूर्वक व्यावहार गर्ने गरिन्छ,गरिनु पर्ने हुन्छ ।
मुख्यतः जापानमा तीन प्रकारका ढोग अभिबादनहरू छन्:
एशाकु अभिबादन : (१५-डिग्रीकोणमा शिर झुकाएर गरिने अभिबादन ) यो अभिबादन सब भन्दा अनौपचारिक हो समान्यतया जहिले पनि वा जब पनि चिनजान वा अन्जान सँग भेटघाट हुँदा एकले अर्को लाई धन्यवाद भनेर गरिने अभिबादन एशाकु अभिबादन हो ।
केरीई अभिबादन: (३०-डिग्री कोणमा शिर झुकाएर गरिने अभिबादन) यो अभिबादन प्राय: ब्यापार ब्यबसायको भेटघाटको बेला गरिन्छ, उदाहरणका लागि जब स्वागत कक्ष वा बैठक कोठामा प्रवेश गर्दा वा छोड्दा वा ग्राहकहरूलाई अभिवादन गर्दा शरीरलाई ३० डिग्री मा ढल्काएर अभिबादन गरिन्छ।
सायकेरी अभिबादन :(४५-डिग्रीकोणमा शरीरलाई निहुराएर गरिने अभिबादन) यो शिष्टाचार सबै भन्दा बढी राजनीतिक काम गर्दा गरिने अभिबादन हो, यो अरु प्रति गहिरो कृतज्ञता भाव ब्यक्त गर्न गरिन्छ वा माफी माग्दाको बेलामा यसरी अभिबादन ढोग गर्ने गरिन्छ।
अफिसमा काम गर्ने कर्मचारीहरुले औपचारिक पोशाकको रुपमा कालो रंगको सुट, सेतो कमिज कालो टाई तथा पोलिश लगाएको कालो जुत्ता लगाउने गर्दछन् । व्यक्तिगत स्वरूप अनुसार सबैले आफ्नो कपाल पातलो, छोटो चट्ट छाँटेर मिल्ने गरि काट्ने गर्दछन्।
जापानीहरु आफ्नो कुरा राख्दा वा बोल्दा एक अर्कामा सामान्यतया नम्र रुपमा हेरेर आँखा नझुकाएर बोल्ने गर्दछन्। बोल्दा वा अरुलाई सुन्दा शरीर यता उता अनावश्यक रुपमा चलाएको राम्रो मानिंदैन । आफू भन्दा वरिष्ठसँग बोल्दा भने अदब साथ सानो स्वरमा बोल्ने बानीलाई उनीहरु प्रति आदरको रुपमा लिईन्छ । कनिष्ठहरुले वरिष्ठहरु प्रति सदैव कृतज्ञ भाव राक्नु तथा वरिष्ठहरु प्रति आदर भाव राख्नु नै जापानको सस्कार मानिन्छ। त्यस्तै वरिष्ठहरुले आफ्ना कनिष्ठहरु प्रति माया पूर्वक काम सिकाउने परम्परा रहेको छ ।
व्यवसाय कार्डहरू आदान प्रदान गर्ने बेलामा एकअर्काप्रति गरिने अभिवादन :
व्यवसाय कार्डहरू आदान प्रदान गर्ने बेलामा एकअर्का प्रति गरिने अभिबादन महत्वपूर्ण मानिन्छ ब्याबसायिक बैठकहरुमा जाँदा वा जो कसैलाई भेटघाट गर्दा व्यवसाय कार्डहरू जति सकिन्छ बढी बोक्नु पर्ने हुन्छ किन कि विजिटिंग कार्ड एकअर्का, सबैमा आदान प्रदान उच्चतम रुपमा गर्ने चलन जापानको हरेक भेटघाटको सुन्दर पक्ष हो ।
आफूलाई अर्को पक्षले दिएको कार्डलाई दुबै हातले सम्मानित ढंगले समातेर ‘धन्यवाद’ भन्दै लिने र आफूले पनि अर्को पक्षलाई तेसरी नै आफ्नो कार्ड दुबै हातको प्रयोग गरेर सम्मान पूर्वक दिने गरिन्छ ।
पोशाक:
जापानमा व्यवसायिक पोशाकलाई अति महत्वपूर्ण मानिन्छ । आफ्नो व्यवसाय तथा काम अनुसार मानिसहरुले तथा कम्पनिहरुले फरक फरक सफा पोशाक लगाउने चलन रहेको छ।
सामान्यतया अफिसमा काम गर्ने कर्मचारीहरुले औपचारिक पोशाकको रुपमा कालो रंगको सुट, सेतो कमिज कालो टाई तथा पोलिश लगाएको कालो जुत्ता लगाउने गर्दछन् । व्यक्तिगत स्वरूप अनुसार सबैले आफ्नो कपाल पातलो, छोटो चट्ट छाँटेर मिल्ने गरि काट्ने गर्दछन्।
अधिकांश जापानी कम्पनीहरूले पुरूष कर्मचारीहरूलाई दाह्री राख्न वा कपाल लामो राख्न अनुमति दिँदैनन्।त्यस्तै, महिला कर्मचारीहरुको हकमा पनि कपाल त्यतिकै छोडेको नभएर छोटो वा पछाडी पट्टि बाँधिएको हुनु पर्ने हुन्छ । आफ्नो शरीर अनुसार चट्ट परेको मिलेको औपचारिक ड्रेस लगाउनु पर्ने हुन्छ । धेरै जापानी कम्पनीहरूले महिला कर्मचारीहरूलाई गहना लगाउन अनुमति दिदैनन्, घुँडा भन्दा माथि आउने स्कर्ट वा अग्लो हिल पनि लगाएको त्यति अनुमति दिईदैन ।
जापानमा कामको समय वा घण्टाहरु :
२०१५ को सर्वेक्षणले जापानमा काम गर्ने समयको सम्बन्धमा यो पत्ता लगायो कि ९४ प्रतिशत अमेरिकीहरु भन्दा जापनिजहरु सारै काम गर्नेमा पर्दछन् तथापी यो अरु देशको नागरिकको नजरमा पनि एकदमै प्रसंसनिय देखिन्छ । तथापी शरीरले थाम्ने भन्दा बढी काम गर्ने प्रवृतिलाई जापानमा–“खारोसी ”भन्ने गरिन्छ । यदपि जापान सरकारले“खारोसी ”रोकथाम गर्न समय- समयमा बिभिन्न उपाय अनुसार विभिन्न सुबिधा एबम नियमहरु प्याकेजहरुमा ल्याउने गरिएको छ ।
जापानीहरु आफ्नो कुरा राख्दा वा बोल्दा एक अर्कामा सामान्यतया नम्र रुपमा हेरेर आँखा नझुकाएर बोल्ने गर्दछन्। बोल्दा वा अरुलाई सुन्दा शरीर यता उता अनावश्यक रुपमा चलाएको राम्रो मानिंदैन ।
जापानमा बार्षिक बिदाको ब्यबस्था :
जापानमा न्यूनतम वार्षिक बिदा १० दिन हुन्छ , कर्मचारीहरूलाई अधिकतम २० दिनसम्म यो बिदा दिन सकिने ब्यबस्था रहेको छ। कामदारहरूले कम्पनिको अरु कामदारलाई असुविधा पर्ने गरी वा उनीहरूका सहकर्मी वा कर्मचारीहरूको पनि स्वीकृति भए पछि वा यसरी कम्पनिको दैनिक काममा असर नपर्ने गरी आपसमा मिलेर मात्र बिदा स्वीकृत हुने गरेको देखिन्छ ।
बोली भाषाशैली र व्यवहार
जापानिज भाषाबाट सामान्य कुराकानी गर्नु सक्नु एउटा पक्ष हो भने यदि राम्रो सँग जापानी भाषा सिक्ने सवालमा यो सबैको लागि धेरै चुनौतीपूर्ण हुन सक्छ। किन कि जापानी समाजको अन्य क्षेत्रहरूमा जस्तै, जापानी भाषामा पनि भाषाको रुपमा यहा गार्हो संकेतहरू छन् जसले भाषा र यसको प्रयोगलाई महत्व दिईएको हुन्छ ।
तथापी मूल जापानी भाषीहरूलाई पनि यो भाषाको रुपमा रहेका संकेतहरू बुझ्न जटिल र गाह्रो लाग्ने गर्दछ । भाषा चित्रमा आधारित हुने भएको हुनाले यी संकेतहरू विशेषत: ब्यापारको क्षेत्रमा यो झन् जटिलता हुने देखिन्छ । जापानीहरु बोल्दा बिभिन्न हाउभाउ सहित बोल्ने गर्छन् । जस्तै बोल्दा कुराकानी तथा शब्द अनुसार अनुहारको हावभाव, आवाजमा फरक –फरक हुने गर्दछ । बोल्ने तरिका तथा बोल्दा प्रयोग गर्ने हाउभाउहरु अन्य देशहरूमा भन्दा फरक हुने गर्छन् ।
कुरा गर्दा आँखा- आँखाको सम्पर्क महत्वपूर्ण हुने गर्छ,तर धेरै हेरिरहने गर्नाले उमेर वा स्थितिको आधारमा आफू भन्दा वरिष्ठ प्रति अनादरको भावको रुपमा जाने गर्छ । तर कहिलेकाँहि कुरा गर्दा वा सुन्दा जापानीहरू टाढा हेर्छन् वा आँखा बन्द गरेर श्रोतालाई चुपचाप सुन्ने पनि गर्छन् ।
जापानी समाजमा नकारात्मक भावनाहरू सानो तथा ठुलो भए पनि सूक्ष्म रूपमा व्यक्त गरिन्छ, कुरा गर्दा उनीहरु बिभिन्न शाररिक हाउभाउहरु सँग ब्यक्त गर्ने गर्दछन् जस्तै टाउको ढल्काएर वा आँखीभौं खुम्च्याएर आदि । जापानमा बोलिदा र लेखिदा नकारात्मक र फोहोरी शब्दहरु त्यति धेरै नभएको कारणले पनि धेरै जस्तो जापानिजहरु अरुलाई गालि गर्न सक्दैन रिस उठे पनि गालि गरेको त्यति पाईदैन ।
जापानी समाजमा आफ्नो व्यक्तिगत ईज्जतलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ। उनीहरु समाजमा आफ्नो व्यक्तिगत ईज्जतलाई धुमिल हुन नदिन सधै प्रयासरत रहन्छन्। उनीहरु कसैको निम्तो तथा निमन्त्रणालाई बेवास्ता नगरी सम्मान गर्ने गर्दछन्।
आधुनिक जापानी समाज विशेष गरि पश्चिमी (यूरोप ) कला,सस्कृति , गीत -संगीत तथा जीवन शैली सँग बढी प्रभावित भएको देखिन्छ।
जस्तै यहाँ केहि लोकप्रिय जापानी शौकहरु उल्लेख गरिन्छ छन्:
• मान्गा: जापानमा कमिक्सलाई मान्गा भनिन्छ।सबै उमेरका जापानीहरु माङ्खा पढेर मनोरञ्जन लिने गर्छन् र साथै एनिमेसन गरी बनाईएका चलचित्रहरू भने प्राय जापानी यूवा माझ लोकप्रिय रहेको देखिन्छ ।
• खाराओके: जापानमा आजकल खाराओके चलन सबै उमेरका तप्काहरु माझ निकै नै रुचाईएको एउटा मनोरन्जनात्मक सांगेतिक ब्यबस्था हो। खाराओके भन्नाले यो एउटा विशेषत: कोठामा टि भी स्क्रिनमा आफूलाई मन पर्ने गीत –संगीत आफैले छनोट गरेर उक्त गीत –संगीतको लय संगै संगै आफूले पनि माइकमा गाएकले जस्तै गीत गाएर मनोरन्जन लिने मनोरन्जनात्मक सांगेतिक व्यवस्था हो ।
*भिडियो गेम: यदपि यो सामान्यतया भिडियो गेम मात्र नभएर यो खेल बाट एयर हकीदेखि नृत्य खेलहरूमा शारीरिक र रणनीति खेलहरूको सम्पूर्ण रुपमा मनोरन्जन लिन सकिने हुनाले यो भिडियो खेल प्रति पनि सबैको झुकाव रहेको देखिन्छ ।
• खेलकुद: खेलकुदको क्षेत्रमा जापानमा सुमो, बेसबल र फुटबल खेलहरू लोकप्रिय रहेका छन् । यो संग संगै जापानमा परम्परागत खेलहरू क्यायुडो (तारो हान्ने) र मार्शल आर्ट, कराटे आदि खेलहरु पनि लोकप्रिय रहेका छन् । त्यस्तै जापानीहरुका अन्य शौकहरूमा परम्परागत फूलको सजावट (इकेबाना), सुलेख (शोडो), र बोन्साई आदि पर्छन्।
जापानी समाजमा आफ्नो व्यक्तिगत ईज्जतलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ। उनीहरु समाजमा आफ्नो व्यक्तिगत ईज्जतलाई धुमिल हुन नदिन सधै प्रयासरत रहन्छन्। उनीहरु कसैको निम्तो तथा निमन्त्रणालाई बेवास्ता नगरी सम्मान गर्ने गर्दछन्।
जापानको शिक्षा ब्यबस्था :
साक्षरता तथा सीपको क्षेत्रमा जापानको विद्यार्थीहरुले विश्वको नेतृत्व गर्ने गरेका छन् भन्दा अतियुक्ति नहोला । जापानको स्कूल तथा शिक्षा प्रणालीलाई विश्व आर्थिक फोरमले संयुक्त रूपमा नवौं स्थान दिएको बाट पनि यो प्रष्ट हुन आउछ ।
जापानमा शैक्षिक ब्यबस्था अनुसार विद्यालयहरुलाई बिशेषत: चार ब्यबस्था अनुसार बर्गिकरण गरिएको छ
- एलिमेन्टरी स्कूलमा (छ वर्ष)
- जुनियर हाई स्कूलमा (तीन वर्ष )
- उच्च माध्यमिक विद्यालय ((तीन वर्ष)
- विश्वविद्यालय (सामान्यतया चार वर्ष)
केहि विद्यालयहरु जुन बिदेशी बाल बच्चाहरू प्रति लक्षित भएर ( बिभिन्न देश अनुसारका ) आ –आफ्ना देशको शैक्षिक ब्यबस्था अनुसार पनि जापानमा संचालनमा रहेका छन् ति शैक्षिक संस्थाहरु प्रति जापानको शैक्षिक ब्यबस्था अनुसार नै शिक्षा प्रणाली हुनु पर्ने अनिवार्यता भने छैन ।
यसको अतिरिक्त जापानमा बिशेषत : शाररिक असक्तता, अपांगता भएका बालबालिकाको लागि पनि छुटै विद्यालयहरुको ब्यबस्थापन रहेका छन् ।
बिदेशी होस् वा अरु कोहि जापानको सामान्य भन्दा सामान्य स्थलमा पनि एकदमै सुरक्षित र स्वतन्त्र भएर घुमफिर गर्न सकिन्छ र बाटो बिर्सेमा नजिको प्रहरी बक्समा सोधेमा प्रहरीले सक्दो सहयोग र घर फर्कन खर्च नभए १,००० येन सम्म प्रहरीले सापट दिने र घर पुग्न सहयोग गर्ने सहयोगी नियम पनि छ ।
जापानको शिक्षा प्रणाली अन्तर्गत एलिमेन्टरी स्कूलमा, व्यावहारिक प्रशिक्षण र प्रयोगशालाको अभ्यास बाहेक सबै पाठ्यक्रमहरूको शिक्षण प्राय जसो एकै शिक्षकले गर्ने गर्दछ र एउटा कक्षामा विद्यार्थीको संख्या सामान्यतया ४० भन्दा कम हुने हुन्छ ।
जापानको शिक्षा प्रणालीमा सबै भन्दा आधारभूत कुरा आफ्नो काम आफै गर्नु पर्छ,आफ्नो कारणले अरुलाई दुख हुन् हुदैन,आफुले परिश्रम गरि कमाएको कमाई बाहेक अरु मा लोभ गर्नु अपराध हो,परिश्रम बिनाको रकम लिन हुदैन आफु संग राक्नु हुदैन,झुटो बोल्नु र ढाट्नु भनेको अपराधको सुरुवात गर्नु हो, समुहमा मिलेर काम गर्नु एउटा महत्वपूर्ण काम हो, जिम्मा लिएको काम अन्तिम सम्म गरेर पुरा गर्नुपर्छ,आफुले गर्न सकिने काम मात्र गर्छु भन्नु पर्छ, गल्ति गरेमा वा भएमा तुरुन्तै माफी मागी आत्म आलोचना गर्नु पर्छ, आफुलाई अरु संग दाजेर समय खर्च गर्नु हुदैन, भन्ने जस्तो ब्यबहारिक शिक्षा दिइन्छ। त्येसैले जापानमा व्यक्तिगत जिम्मेवारी र सस्थागत जिम्मेवारी गर्ने समाज को बिकाश उच्च स्तरमा बिकाश देखिन्छ ।
आर्थिक सहयोग र विकास संगठन the Organisation for Economic Cooperation and Development ((OECD) ले सन २०१२ मा जापानका बिद्यार्थीहरु माझ गरेको अनुसन्धान अनुसार प्रकाशित नतिजा यस प्रकार रहेको छ ।
- बिद्यार्थीहरुले कक्षा छोड्ने गर्दैन्
- बिद्यार्थीहरु स्कूल जान ढिला गर्दैन्
- बिद्यार्थीहरु माझ स्कूलको सम्बन्धमा बलियो तथा सकारात्मक भावना रहेको छ ।
यसको अतिरिक्त :
- जापानका ८५% विद्यार्थीहरू मात्र स्कूलमा खुशी छन्।
- ९१ % बिद्यार्थीहरु शिक्षक प्रति आज्ञाकारि हुने गर्छन् केहिले मात्रै शिक्षकले भनेको कुरालाई वेवास्ता गर्ने गर्छन्।
- ७० % बिद्यार्थीहरुले स्कुल पछि पनि विद्यालयमा रहेर थप कक्षाहरु लिने गर्दछन्
जापानमा धर्म:
शिन्टो र बौद्ध धर्म जापानका दुई प्रमुख धर्महरू हुन् र धेरै मानिसहरूले दुबै अनुसरण गर्दछन्। छैठौं शताब्दी देखि जापानको समाजमा बौद्ध धर्म मुख्य भूमिबाट आएको देखिन्छ । धर्मको सम्बन्धमा जापानी समाज निकै नै उदार रहेको देखिन्छ तथापी धर्मले तथा यसका बिभिन्न मान्यताहरुले जस्तै धार्मिक गतिविधिहरू र रीतिथितिहरूले आजका जापानी समाजको दैनिक जीवनको ठुलो हिस्सामा त्यस्तो खासै महत्वपूर्ण प्रभाब तथा भूमिका, खेल्ने गरेको देखिदैन । अझ सुष्म रुपमा हेर्ने हो भने यो प्रभाव शहरी क्षेत्रमा झनै छैन भन्दा पनि हुन्छ ।
आजकाल केहि धेरै मानिसहरूले मात्रै जन्म, विवाह र अन्त्येष्टि जस्ता समारोहहरू तथा धार्मिक समारोहहरू जसको लामो धार्मिक पृष्ठभूमि रहेको हुन्छ,जस्तै नयाँ वर्षमा कुनै मन्दिरको भ्रमण, स्थानीय उत्सव, महोत्सवहरु आदिमा मात्रै भाग लिने गर्छन् ।
जापानको शिक्षा प्रणालीमा सबै भन्दा आधारभूत कुरा आफ्नो काम आफै गर्नु पर्छ,आफ्नो कारणले अरुलाई दुख हुन् हुदैन,आफुले परिश्रम गरि कमाएको कमाई बाहेक अरु मा लोभ गर्नु अपराध हो,परिश्रम बिनाको रकम लिन हुदैन आफु संग राक्नु हुदैन,झुटो बोल्नु र ढाट्नु भनेको अपराधको सुरुवात गर्नु हो, समुहमा मिलेर काम गर्नु एउटा महत्वपूर्ण काम हो, जिम्मा लिएको काम अन्तिम सम्म गरेर पुरा गर्नुपर्छ,आफुले गर्न सकिने काम मात्र गर्छु भन्नु पर्छ, गल्ति गरेमा वा भएमा तुरुन्तै माफी मागी आत्म आलोचना गर्नु पर्छ, आफुलाई अरु संग दाजेर समय खर्च गर्नु हुदैन, भन्ने जस्तो ब्यबहारिक शिक्षा दिइन्छ।
शौचालय:
जापानमा प्राय सर्बत्र ठाउँमा सुबिधा सम्पन्न इलेक्ट्रोनिक शौचालयहरू भेट्टाउन सकिन्छ , यो अत्याधुनिक शौचालयहरूमा बटनहरू थिचे पछि आफै सोचालित भएर शरीरको फोहोर भाग पानीको स्प्रेबाट सफा हुने,तातो हावाको प्रवाहबाट भिजेको ति भागलाई सुक्खा गर्ने आदि सुबिधाहरु हुने गर्छन् । यो पूर्ण रुपमा रोबोटिक हुने गर्छ ।
जापानको बारेमा बाह्य दृष्टिकोणमा तथा धारणा :
बार्षिक रुपमा ४ करोडको हाराहारीमा जापान भ्रमण गर्ने बिदेशी पर्यटकको संख्यालाई हेर्दा जापानमा पर्यटकहरु उलेख्य रुपमा रहेको देखिन्छ ।
जापान भ्रमण गरेका पर्यटकहरुको जापान अनुभव सकारात्मक रहेको देखिन्छ उनीहरुका अनुसार अधिकाश जापानीहरुमा मैत्रीभाव , इमान्दारिता ,नम्र ,नैतिकबान ,सहयोगीभाव रहेको भन्ने गरेका छन् । हरेक सामान्य दुरीमा सफा र सुबिधा युक्त ट्वाइलेटको व्यवस्था छ भने कम्बिनी वा मार्केट वा डिपार्टमेन्टमा सुबिधसम्पन ट्वाइलेट को प्रयोग गर्न सकिन्छ । बिदेशी होस् वा अरु कोहि जापानको सामान्य भन्दा सामान्य स्थलमा पनि एकदमै सुरक्षित र स्वतन्त्र भएर घुमफिर गर्न सकिन्छ र बाटो बिर्सेमा नजिको प्रहरी बक्समा सोधेमा प्रहरीले सक्दो सहयोग र घर फर्कन खर्च नभए १,००० येन सम्म प्रहरीले सापट दिने र घर पुग्न सहयोग गर्ने सहयोगी नियम पनि छ ।
कोरोनामा जापानमा देखिएको नागरिक र सरकार बिचको समझदारी र अनुसशान को कारण आर्थिक एबम सामाजिक सम्बन्ध अझै प्रगाढ र मजबुत हुदै विश्वमै उदाहरणनी रुपमा कोरोना महामारी लाई ब्यबस्थापन गर्दै दोस्रो ओलम्पिक गेम २०२१ सफल गरिएको छ । विश्वमै आएको कोरोना महामारी लाई अति उच्चस्तरीय ढंगले कोरोना को ब्यबस्थापन गरेर जापान मा बस्ने आफ्ना नागरिक तथा बिदेशी नगरिक लाई एउटा असल राज्य ले दिन सक्ने र हुन् सक्ने आर्थिक सहयोग ,स्वास्थ उपचार, ब्यापार ऋण, बेरोगारी भत्ता भत्ता ,घर भाडा निशुल्क खाना आदि सबै राज्य कोष को समान पहुच र समान वितरण गरेर विश्वमा नै साच्चिकै लोक कल्याणकारी रास्ट्र को रुपमा उदाहरण प्रस्तुत गरेको छ जसले आउदा दिन हरुमा जापान बाट अन्य रास्ट्र हरुले धेरै कुरा सिक्नु सकिने छ ।
लेखक -अन्तर्राष्ट्रिय कानुनको ज्ञाता तथा जापानबाट अर्थशास्त्रमा बिधाबारिधि हासिल गर्नु भएको छ ।