राष्ट्रिय समाचार

एनआरएनए(एनसीसी)हरूको अन्तर्राष्ट्रिय भेला अक्टोबर २४ मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो परिस्थितिबारे छलफल गरी एउटा साझा धारणा निर्माण गर्ने उद्देश्यले संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तर्राष्ट्रिय भेला आउदो आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पठाएका पत्रहरु, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा भेलामा छलफल गरिने आयोजकहरुले जनाएका छन्। १८ वर्ष पहिले स्थापित संघका एनसीसीहरुले आफ्नै पहलमा विश्व भेला बोलाउन लागेको यो पहिलो पटक हो ।… पुरा पढौ

देशभर बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु, ३३ बेपत्ता

काठमाडौँ – मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक र डडेलधुरामा एक जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ । प्रहरी प्रधान कार्यालयले… पुरा पढौ

जापानको माउन्ट आसोमा ज्वालामुखी विस्फोट भयो, सचेतताको लागि सतर्कता स्तर बढ़ाइयो

दक्षिण पश्चिम जापानको कुमामोतो प्रान्तमा रहेको माउन्ट आसोमा नाकादाके नम्बर १ माउन्ट आसोमा बुधबार बिहान ११:४३ बजेको आसपास ज्वालामुखी विस्फोट भएको मौसम विज्ञान एजेन्सीले जनाएको छ।विस्फोटपछि करिब ३५०० मिटरमाथिसम्म धुवाँको मुस्लो जानुका साथै ज्वालामुखीको केन्द्र भागबाट निस्केको लाभाको प्रवाह १ किलोमिटर टाढा धान खेतसम्ममा पुगेको थियो ।जापान मौसम विज्ञान एजेन्सीले माउन्ट आसोमा ज्वालामुखीको मुख्य केन्द्र वरपर सचेतताका लागि सुरक्षित रहन ३ लेबलको चेतावनी जारी गरिएको छ । विस्फोटपछि निस्केका लाभा र ढुङगाहरु बाट खतरा हुन सक्ने भएकोले २ किलोमिटरसम्म सावधानी… पुरा पढौ

अमेरिकाको मासाचुसेट्सको एक सुलभ पसलमा भएको गोलीकाण्डमा पसलका संचालक नेपालीको मृत्यु

अमेरिकाको मासाचुसेट्स राज्यको एक सुलभ पसलमा भएको गोलीकाण्डमा पसलका संचालक/मालिक नेपालीको मृत्यु भएको छ । उक्त घटनाको समाचार स्थानीय पत्रपत्रिकाको साथै नेपाली संघ/सँस्था मधेसी एसोसिएसन अफ अमेरिकाले समेत समवेदना सार्वजनिक गरेको छ । एनबिसी बोस्टन डटकमका अनुसार मासाचुसेट्सको फल रिभर भन्ने शहरमा गत सोमबार राती उक्त घटनामा गोली प्रहार हुँदा नेपाली मारिएका हुन् । पीडित ५४ बर्षित लाल किशोर महासेठ भएको पुष्टि भएको छ । उनि मासाचुसेट्स राज्यको फल रिभरमा परिवार साथ बसोबास गरेको इनेप्लिज डट कमले आफ्नो समाचारमा लेखेको… पुरा पढौ

जापानमा नेपालीको संख्या ९७ हजार २६ मात्र, गत वर्षभन्दा २ हजार ६ सय २ जना कमि

विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संख्या ९७ हजार २६ रहेको जापान सरकारको हालैको प्रतिवेदनमा उल्लेख गरेको छ ।२०२१ फेब्रुबरी २ तारिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ रहेकोमा हाल २ हजार ६ सय २ जना कमि रहेको तथ्यांक सार्वजनिक भएको जापानका बारेमा जानकार जिज्ञानकुमार थापाले सामाजिक संजालमार्फ़त सार्वजनिक गरेका छन ।गत वर्षको सार्वजनिक तथ्यांक अनुसार जापानमा विदेशीहरुको संख्याको पाचौं स्थान रहेकोमा अहिलेको स्थानका बारेमा थापाले केही उल्लेख… पुरा पढौ

शिक्षा मन्त्रीलाई अवसरै अवसरको चाङ

विकासको पूर्वाधार शिक्षा हो । शिक्षा व्यावहारिक, रोजगारीमूलक, प्रविधियुक्त र जीवन उपयोगी हुनुपर्छ भन्ने विषयमा कसैको विमति छैन । शिक्षा समृद्धिको आधार हो भनिरहन पर्दैन । व्यक्तिको व्यक्तित्वको विकास, समाजको रुपान्तरण र राष्ट्रको समग्र विकासमा शिक्षाको भूमिकाका विषयमा पनि कुनै भूमिका बाँधिरहन परेन । शिक्षा बुझेको व्यक्तिलाई शिक्षा आफैमा अवसरै अवसरको चाङ हो ।नेपालको राजनीतिक इतिहासमा प्रधान मन्त्री, मन्त्री र शिक्षा मन्त्री बन्ने अवसर त धेरैले पाए । राष्ट्रलाई उपलब्धि के भयो भन्नका लागि जनताको जीवन स्तर अथवा अन्तर्राष्ट्रिय स्तरमा… पुरा पढौ

श्रीमतिलाई जिताउन मत किनेको भन्दै जापानका पूर्व न्याय मन्त्रीलाई जेल सजाय

सन २०१९ मा भएको जापानको माथिल्लो सदनको निर्वाचनमा आफ़नी श्रीमतिलाई जिताउन मत किनेको आरोपमा पूर्व न्याय मन्त्री कात्सुयुकी कावाइलाई ३ वर्षे जेल सजाय सुनाईएको छ ।टोकियो ज़िल्ला अदालतले पूर्व मन्त्री कवाईले श्रीमतीलाई जिताउने गरि मत किन्नको लागि २.७ मिलियन येन खर्च गरेको ठहर गर्दै क्याविनेट स्तरको मन्त्री पदमा आसिन पदाधिकारीले पदको दुरुपयोग गरेकोले ३ वर्षे जेल सजायसहित १.३ मिलियन येन जफत गर्न आदेश गरेको क्योदो न्यूजले जनाएको छ । अदालतले कवाईले यो रकम पश्चिमी जापानको हिरोशिमा प्रान्तमा आफ्नी श्रीमती अनरी… पुरा पढौ

एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने( पुरा विधानसहित)

काठमाडौं : नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य  भएको हुनुपर्ने मापदण्ड बनाएको छ। गत भदौ १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तिमा १० वर्ष पार्टी सदस्यता भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो । महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिले भने पार्टी सदस्य भएको सात वर्ष पुगे महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था विधानमा गरिएको छ। संशोधित विधानको… पुरा पढौ

माओवादीद्वारा तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी  बैठकले प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन गरेको हो । बैठकले टोल सम्मेलन अगामी कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३… पुरा पढौ

बाढ़ीले पुल बग़ाउदा ६० जनाको उद्दारमा समस्या, हेलिकप्टरबाट उद्दारको प्रयास हुदै

अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् । वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए । ‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ वडाध्यक्ष धामीले भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे… पुरा पढौ