
संसारका सम्पन्न देशहरूको सूचीमा जापान पनि एक हो ।क्षेत्रफलका हिसाबले यो नेपाल भन्दा तीन गुणा ठूलो छ । जनसंख्याका हिसाबले यो चार गुणाभन्दा ठूलो छ ।ऋतुका हिसावले हेर्दा यसको मौलिकता ६ ऋतुमा विभक्त छ भने नेपाल पनि ६ ऋतुमा विभक्त छ ।तर अहिले सर्वब्यापी चार ऋतुमा दुवै देशले त्यसको प्रयोग गर्छन् ।
जापानमा जाडो लामो समयसम्म रहन्छ भने नेपालमा गर्मी लामो समयसम्म रहन्छ । नेपालको अग्लो पर्वत सगरमाथा हो भने जापानको फुजी पर्वत हो ।दुबैमा बाह्रै महिना हिउँ पर्दछ ।दुबै आआफ्ना देशका प्राकृतिक पहिचान हुन् ।सगरमाथा फुजीसान भन्दा झण्डै २.४ गुणाले अग्लो छ । केहि विषमता र केहि समता रहेका यी देशहरू बिचको दौत्य सम्बन्ध स्थापना भएको ६५ (सन १९५६)बर्ष भन्दा बढि भैसक्यो । नेपालको बिकाशमा जापानको पनि महत्वपूर्ण सहयोग रहदै आएको छ । हाल जापानमा ९७ हजार २६ नेपालीहरू बस्छन् ।
दोस्रो विश्वयुद्धसम्म जापानले युद्धलाई पनि त्यति नै प्राथमिकता दिएको देखिन्छ भने १९४५ को हिरोसिमा र नागासाकीमा अमेरिकाले आणबिक बम प्रहार गरेर लाखौंलाख जनतालाई खरानी बनाएपछि जापानले कुनैपनि युद्धसँग आत्मसमर्पण गर्यो । त्यसको सट्टामा बिकाश निर्माण गरेर संसारलाई उछिन्ने कसम खाएर लाग्यो ।
यो ७५,७६ बर्षको यसको बिकाश हेर्ने हो भने कल्पना नै गर्न नसकिने प्रकारको चमत्कार गरेको छ । टोकियोमा सडकका हिसाबले हेर्ने हो भने जमिन माथि र जमिन मुनि गरेर १२ तलामा रेल गुड्छन् । संसारकै तिब्र गतिमा चल्ने रेल(अहिले चाईनाको रेललाई छाडेर) सिनकान सेन आकाशे लिकमा गुड्छ ।
देशको प्रमुख राजमार्ग स्काईबेश र ल्याण्ड बेशमा छ जहाँ घटिमा ५० किलोमिटर प्रतिघण्टा र बढिमा १२० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्छन ।पैदलयात्री ,साईकल यात्रीलाई निषेध गरिएको त्यो राजमार्गमा जेब्रा क्रसिंग पनि छैन । जापानमा नन स्टप उच्च गतिमा गाडी गुड्नेबाटोको संरचना एकातिर छ भने सामान्य रोड सिस्टम अर्को तिर छ , जो सामान्य र साधारण प्रयोगका लागि गरिन्छ ।यस्तो हेर्दा त नेपालले बिकाशको गति कहिले लेला भनेर अनुमान गर्न गाह्रो छ ।
यो ७५,७६ बर्षको यसको बिकाश हेर्ने हो भने कल्पना नै गर्न नसकिने प्रकारको चमत्कार गरेको छ । टोकियोमा सडकका हिसाबले हेर्ने हो भने जमिन माथि र जमिन मुनि गरेर १२ तलामा रेल गुड्छन् । संसारकै तिब्र गतिमा चल्ने रेल(अहिले चाईनाको रेललाई छाडेर) सिनकान सेन आकाशे लिकमा गुड्छ ।
यो ७५,७६ बर्षको यसको बिकाश हेर्ने हो भने कल्पना नै गर्न नसकिने प्रकारको चमत्कार गरेको छ । टोकियोमा सडकका हिसाबले हेर्ने हो भने जमिन माथि र जमिन मुनि गरेर १२ तलामा रेल गुड्छन् । संसारकै तिब्र गतिमा चल्ने रेल(अहिले चाईनाको रेललाई छाडेर) सिनकान सेन आकाशे लिकमा गुड्छ ।
अब विषयवस्तुमा प्रवेश गरौं :

जापानीहरू रक्सी चुरोट अत्यधिक प्रयोग गर्छन् तर २० बर्ष भन्दा माथिकाले मात्रै ।२० बर्ष भन्दा तलकाले छुन र किन्न पनि नमिल्ने नियम रहेको छ । ठाउँ ठाउँमा अटोमेटिक भेन्डरहरू छन् जहाँ पैसा राखेर सामान किन्न पाईन्छ ।त्यहाँ कुनै सेल्समेनको आबश्यकता पर्दैन । त्यस्तो ठाउँमा पनि रक्सि चुरोट देखि नन अल्कोहलिक जुस र खाना समेत किन्न पाईन्छ । त्यस्तो ठाउँमा पनि २० बर्ष मुनिकाले रक्सी चुरोट किन्न सक्दैनन् ।
जापानमा सडकहरू विभिन्न प्रयोजनका लागि बनाईएको छ ।जुन सडक जुन प्रयोजनको लागि बनाईएको हो त्यसैका लागि मात्रै प्रयोग गरिन्छ । साईकल यात्री ,पैदलयात्रीका लागि सडकको दायाँ बाँया पेटी बनाईएको छ । त्यसकै बिचमा नेत्रहिन नागरिकका लागि बिशेष ब्यबस्था गरि सडक निर्माण गरिएको छ । सबै संरचनाहरूमा सबै नागरिकको पहुँच पुग्ने पुगोस भन्ने ध्येयले सबै क्षेत्र अपांग मैत्री रहेका छन ।
हरेक ठाउँमा शारिरिक बिषमता या अपांगता भएका मान्छेहरूका लागि पनि रोजगारी श्रृजना गरिएको छ । काम गर्ने उमेर समूहमा पुगेका हरेक नागरिकलाई कामको सुनिश्चितता गरिएको छ ।छिटफुट घटना जसको पनि उचित नियमन छ । त्यसबाहेक चोरी ,डकैटी , हत्या ,हिंसा ,ब्यभिचार ,बलात्कार जस्ता घटनाहरू कम हुने गर्दछन ।यदि कसैले त्यस्तो गर्यो भने उसले जीवनको धेरै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ।
राजनीति र ब्युरोक्रेसी अलग अलग र स्वतन्त्र छन् । राजनीतिले ब्युरोक्रेसी र ब्युरोक्रेसीले राजनीति चलाउन सक्दैनन् ।सबै काम प्राय: बिद्युतिय पद्धतिमा हुन्छन् ।सबै सिस्टमेटिक छ ,सिस्टम भन्दा बाहिरबाट कसैले केहि गर्न सक्दैन ।
आफ्ना ग्राहक या पाहुना र सेवाग्राहीलाई असुबिधा नहोस् भनेर बिभिन्न ब्यबस्था मिलाइएको हुन्छ र कुनै कारणले उसको समय मिचियो भने माफी मागिन्छ ।
चोरी ,डकैटी , हत्या ,हिंसा ,ब्यभिचार ,बलात्कार जस्ता घटनाहरू कम हुने गर्दछन ।यदि कसैले त्यस्तो गर्यो भने उसले जीवनको धेरै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ।
सेकेन्डको महत्व राख्ने देशमा समयमा तलमाथि हुने कुरै हुँदैन ।जे काम गर्दा पनि पूर्व योजना मुताबिक हुन्छ । जसमा शुरू गर्ने र अन्त गर्ने समय तोकिएको हुन्छ ।त्यो समयमा त्यो काम अनिबार्य रूपमा सकाएर त्यसको प्रमाण पेश गर्नुपर्छ ।
जापानमा कुनै पनि सामान या बस्तु या सेवा प्रयोग गर्दा सोधेर गरिन्छ । शौचालयको प्रयोग गर्दा समेत सोधेर गरिन्छ ।
बोल्दा या कुरा गर्दा अर्कोलाई असर पर्ने गरि गरिदैन । सार्वजनिक ठाउँमा फोन गर्न या रिंगटोन सुनिने गरि राख्न पाईदैन । बस ,रेल आदिमा यात्रा गर्दा स्वीच अफ या म्यानर मोडमा राख्नुपर्छ । कतै छेउको मान्छेलाई समस्या पर्यो कि भनेर सोध्ने र क्षमा याचना गर्नै पर्छ ।
आवासमा बस्दा छिमेकीलाई असर पर्नेगरी काम कारवाहि गर्नु हुँदैन ।कतै आफ्नो कामले समस्या पार्ने जस्तो छ भने ब्यक्तिगत या पारिवारिक रूपमा पूर्व जानकारी गराउनु पर्छ । छिमेकीको ख्याल नराखी आफ्ना गतिबिधि गरेमा पुलिसमा रिपोर्ट जान्छ र जे गर्छ पुलिसले गर्छ ।
दमकल ,एम्बुलेन्स जस्ता सुबिधाहरू हरेक ठाउँमा उपलब्ध छ । आफ्नो सामानको सुरक्षा आफै गर्नुपर्छ अरू कसैले गरिदिंदैन । सामान किन्दा १ येन पनि कम भयो भने त्यो सामान किन्न सकिदैन ।
हिडडुल गर्न र काम गर्न २४ सै घण्टा स्वतन्त्र छ तर त्यसका सिमा र मर्यादाहरू भने छन् र पालना गर्नै पर्छ ।
यहाँ बिभिन्न प्रकारका बिमाहरू हुन्छन् र प्राय सबै नागरिकले कुन प्रकृतिको बिमा गर्नुपर्ने हो त्यो गर्न आबश्यक हुन्छ र गर्छन् ।
स्वास्थ्य बिमा अनिबार्य शर्त हो ,जसको अभावमा अस्पतालमा उपचार गर्न कठिन छ ।हरेक नागरिकको ७०% खर्च सरकारले ब्यहोर्छ भने ३०% प्रतिशत उपयोग कर्ताले व्यहोर्नुपर्ने हुन्छ । हरेक ब्यक्तिको कमाईका आधारमा उसको स्वास्थ्य बिमाको रकम , करको रकम र पेन्सनको रकम निर्धारण गरिन्छ ।अहिले पछिल्लो चरणमा पेन्सन सबै २० बर्ष माथिका नागरिकलाई अनिवार्य जस्तै बनाएको छ । ६५ बर्ष पछि राज्यले पेन्सन दिन थाल्दछ ।
बोल्दा या कुरा गर्दा अर्कोलाई असर पर्ने गरि गरिदैन । सार्वजनिक ठाउँमा फोन गर्न या रिंगटोन सुनिने गरि राख्न पाईदैन । बस ,रेल आदिमा यात्रा गर्दा स्वीच अफ या म्यानर मोडमा राख्नुपर्छ । कतै छेउको मान्छेलाई समस्या पर्यो कि भनेर सोध्ने र क्षमा याचना गर्नै पर्छ ।
जापानीहरू हरेक कुरा एकआपसमा शेयर गर्छन् । बोल्दा पालैपालो बोल्ने एउटा बोलेको बेलामा अरूले सुन्ने र आफ्नो पालोमा मात्रै बोल्ने गर्दछन् । कुनै सामानको प्रयोग गर्दा पूर्णरूपमा जानाकारी राखेर मात्रै गर्छन् ।प्रयोग गर्न नजानेमा कुनै लाज नमानी सोध्छन् । सोधेर सानो भईन्छ भन्ने सोच यिनीहरूमा हुँदैन ।
कुनै सामानको प्रयोग गर्दा कसैलाई केहि हानी नेक्सानी या कुनै समस्या भयो भने क्षमा माग्छन् र झुक्छन् जति नै सानो मान्छेसँग पनि । मालिक कामदारसँग , बाबुआमा र शिक्षक छोरा छोरी र बिद्यार्थी सँग , हाकिम कर्मचारी सँग ,सिंगो देश जनतासँग गल्तीमा झुक्छ र कसैलाई पनि गल्ती नगर्न नैतिक बल प्रदान गर्छ । यस्तै यस्तै क्रमश …….यो आलेखको बाँकी भाग अर्को शृंखलामा राख्ने छौ ।