जापानको शिन ओकुबोमा रहेको भेटघाट रेष्टुरेण्टमा ५५० मै पेट भरि खाना खान पाइने

- नेपाली खानालाई जापानी बजारमा व्यापकता दिन लागि परेका छौ - ददिवल खड्का

-


     जनहित न्युज    
     असाेज २ गते २०७९


महँगीले आकाश छुन लागिरहेको पछिल्लो अवस्थामा जापानको राजधानीको व्यस्त शहर शिन ओकुबोमा ५५० येनमा मज्जाले नेपाली स्वादमा पेटभरि खाना खान पाइन्छ भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ । नेपालमा लामो समय कुक पेशामा काम गरेका दक्ष कुकहरूद्वारा तयार पारिएको शुद्द नेपाली स्वादको खाना खानाको लागि शिन ओकुबोमा रहेको नेपाली रेष्टुरेण्ट भेटघाटमा सो व्यवस्था रहेको छ ।

मौलिक नेपाली खाना सस्तों र सुलभ मूल्यमा प्रदान गरि नेपाली खानालाई जापानी बजारमा व्यापकता दिने उद्देश्यले नेपाली रेष्टुरेण्ट भेटघाट संचालनमा ल्याइएको संचालक तथा नेपाली व्यावसायी संघ जापानका उपाध्यक्ष ददिवल खड्का बताउछन ।
‘अहिलेको महँगीको चरम अवस्थामा पनि सेवामूलक ढंगले विशुद्ध नेपाली स्वादका खानेकुरा जापानी बजारमा प्रचारका लागि सस्तों दररेटमा उपलब्ध गराउदै आएका छौ ।’ संचालक समेत रहेका खड्काले भने- नेपालबाट जापान आएका नेपालीलाई नेपालमै रहेको झल्को दिनेगरि र जापानी ग्राहकलाई नेपाली परिकारमा बानी पार्ने हेतुले काम गरिरहेका छौ ।

मासुसहित नेपाली दालभात तरकारीसहितको सेटलाई जम्मा ५५० येनमा पेट भरि हुने गरि उपलब्ध गराइरहेकोले जापानी र नेपाली ग्राहक उत्तिकै आउने गरेको नेपाली रेष्टुरेण्ट भेटघाटका व्यवस्थापक बिबेक खड्काले बताए । पारिवारिक वातावरणमा नेपाली स्वादका सुकुटी, ह्यकुला, विभिन्न थरिका मः म: , चटपट , समोसा चाट ,पानीपुरी , चाउमिन , सेकुवा , छोयला , भुटन, थकाली सेट, लगाएत धेरै नेपाली परिकारहरु एकै ठाउँमा पाउदा ग्राहकहरू खुशी हुने गरेको उनको भनाई छ ।


नेपालीहरुको संख्या अधिक भएकोले यस क्षेत्रमा रेष्टुरेन्टसहित ग्राहकहरूको चाहना बमोजिम दैनिक घरायसी सामान चामल, दाल, मसला, मासुका लगायतका सामानहरू पनि कान्तिपुर मार्टको नामबाट उपलब्ध गराइरहेको व्यवस्थापक खड्काले बताए । रेष्टुरेण्टमा विशुद्ध नेपाली स्वादको मम रहेकोले ग्राहकहरूको पहिलो रोज़ाइमा पर्ने गरेको उनको भनाइ छ ।

रेष्टुरेण्टमा पारिवारिक र आत्मीय वातावरण पाइनुका साथै खानापनि नेपाली स्वादको स्वादिलो रहेकैले शिन ओकुबोमा आफ़्नो पहिलो रोज़ाइमा भेटघाट रेष्टुरेण्ट पर्ने गरेको बागलुङका अर्जुन खत्रीले बताए ।
५० सिट क्षमता रहेको रेष्टुरेण्टमा नेपाली चाडबाड, जन्मदिन लगायतका शुभकार्यका पार्टी मनाउन र विभिन्न कार्यक्रमको लागि हलसमेत रहेकोले पनि भेटघाट रेष्टुरेण्ट नेपालीको पहिलो रोज़ाइमा पर्ने गरेको उनको भनाई छ ।

एक लाख भन्दा बढि नेपालीहरु रहेको जापानमा धेरै नेपालीहरु टोकियो क्षेत्रमा बस्ने गर्दछन । नेपाली लागि
सुपथ मुल्यमा बुकिङ्ग समेत गर्न सकिने बताईएको छ । ४ जना भन्दा माथी विभिन्न पार्टी कोर्स र हरेक दिन ५ बजेदेखि ७ बजेसम्म १५०० येनमा हेप्पी आवर पनि रहेकोले ग्राहकले मौकाको फाइदा लिन समेत सक्नेछन ।


रेष्टुरेन्टमा नेपाली खाना संगै आफुलाई ईच्छा भएको परिकार टेकआउट गरेर लैजान सकिने समेत व्यवस्था रहेको बताइएको छ ।
विगत ७ वर्षदेखि संचालनमा रहेको मौलिक नेपाली स्वादका परिकार पाइने भेटघाट रेष्टुरेण्ट नेपालीहरूको हवको रूपमा मानिने टोकियो स्थित शिन ओकुबो स्टेशनदेखि पैदल १ मिनेटको दुरीमा 169-0073 Tokyo-to Shinjuku ku hyakunin-cho 1-11-31 shin Okubo Bld.1 Tel 03-5338-4066 मा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?