नेपाली मूलका बालबालिकालाई नेपालमा अध्ययन गर्न भिषा प्रक्रिया सहज बनाउन शिक्षामन्त्रीले सहयोग गर्ने

-


     जनहित न्युज    
     कार्तिक ६ गते २०७८


थाइल्याण्ड म्यानमार लगायत विदेशीमुलुकमा रहेका नेपाली मूलका नेपाली भाषी बालवालिकाहरुलाई नेपालमा अध्ययनको लागि भिषा प्रक्रियामा सहज गराउन आफूले सहयोग गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन ।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शिक्षामन्त्री पौडेलसँगको भेटमा मन्त्री पौडेलले आफु थाइनिवासी नेपाली मुलका बाल बालिकाको नेपालमा अध्ययन अध्यापनको लागि समस्या समाधानप्रति सरकारले गर्न सक्ने सबैखाले सहयोगको लागि तयार रहेको बताएका छन ।
थाइल्याण्ड र म्यनमार लगायतका मुलुकमा लाखौं नेपाली मूलका नेपाली समुदाय रहेकोले हरेक बर्ष उनीहरूको छोराछोरीहरूलाई नेपालमा अध्ययन अध्यापन गराउन भिसा सम्बन्धी विभिन्न कठिनाई रहेकाे उक्त विषयमा नेपाल सरकारबाट शिक्षा सम्बन्धी नीति नियम आवश्यक परिवर्तन गरिदिनका लागि एनआरएनए थाइल्याण्डका अध्यक्ष बस्नेतले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भिषा प्रक्रियामा सहज भएमा अध्ययन अध्यापनका लागि नेपालीमुलका बालबालिका नेपाल आउदा हरेक वर्ष लाखौं लगानी नेपाल भित्रनुका साथै र नेपाली मूलका नेपालीहरुहरु र नेपालसंगको सम्बन्ध अझ प्रगाढ हुने जानकारी अध्यक्ष बस्नेतले मन्त्रीलाई गराएका थिए ।
सो भेटका क्रममा नेपालमा कोराना महामारी र दैवीप्रकोपका घटना हुदा परेको दुःख तथा विपतमा एनआरएनए थाइल्याण्डले नेपालमा आवश्यक सहयोग गर्दै आइरहेको जानकारी गराउदै अध्यक्ष बस्नेतसहितको टोलीले शिक्षा मन्त्री पौडेलको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?