जापानको टोकियोमा चल्ने अलि व्यस्त रेल मध्यको जेआर यामानोते लाइन अक्टोबर २३ र २४ आंशिक रूपमा दिनभर बन्द हुने भएको छ ।
टोकियोको केन्द्र वरिपरी चल्ने जेआर यामानोते लाइनको सिबुया स्टेशनमा ट्र्याकमा स्विचिंग काम गरिनुपर्ने भएकोले दुइ दिनको लागि दिन भर बन्द रहने बताईएको छ।
रेल सेवा बन्दका कारण प्रभावित हुनेमुख्य क्षेत्रहरूमा शिबुया स्टेशन सहित, यामानोटे लाइनको इकेबुकुरो स्टेशनदेखि ओसाकी स्टेशनको भित्री भागको पास रहने छन भने अन्य भागहरूमा र त्यस बाहिरी क्षेत्रमा चल्ने रेलहरुको सेवा पनि घटाइनेछ ।
भिडभाडबाट बच्नको लागि पूर्वी जापान रेलवे कम्पनी (जेआर ईस्ट) ले यात्रुहरूलाई वैकल्पिक यातायात वा डाइभर्ट गरिएको मार्गहरू प्रयोग गर्न आह्वान गरिरहेको छ। जेआर ईस्टका अनुसार, ओसाकी र इकेबुकुरोको बिच भित्री भागमा लगभग ६० प्रतिशत र अन्य बाहिरी क्षेत्रमा ३० प्रतिशत रेलहरूको संख्या घटाइनेछ। रेल सेवाको बन्दका कारण लगभग पाँच लाख ४० हजार मानिसहरूको काममा प्रभावित हुने बताईएको छ ।
कम्पनीले शिनागावा र शिन्जुकु बीचको क्षेत्रमा अस्थायी सेवा चलाउनको लागि यामानोते लाइनको माल ढुवानी ट्र्याकहरू प्रयोग गर्ने र शिन-किबा र आकाबाने स्टेशनहरू बीचको जेआर साइक्यो लाइन र रिनकाई लाइनमा थप ट्रेनहरू चलाईने जानकारी गराएको छ ।
शिबुया स्टेशनमा काम लगभग ५२ घन्टा जारी रहनेछ, जुन अक्टुबर २२ को अन्तिम ट्रेनपछि शुरू भई अक्टोबर २५ मा पहिलो रेल सेवा सुरू हुनु पहिले सम्म काम जारी रहने छ । शिबुया स्टेशनको यामानोते लाइन भित्री पासको प्लेटफर्मलाई अधिकतम ५ मिटरले ठूलो बनाउने र ट्र्याकहरू सार्ने काम गरिने भएको हो ।
ट्र्याकहरू र ओभरहेड लाइनहरू जस्ता उपकरणहरू सार्न समय लाग्ने भएकोले कम्पनीले कामको लागि भीडको समयबाट बच्न सप्ताहन्तको दिनहरु रोजेको बताएको छ । १९८७ मा जेआर ईस्टको सेवा संचालन भएयता ट्र्याक स्विचिंग कार्यको लागि यामानोते लाइन बन्द गरिएको सबैभन्दा लामो समय हो।
यो कार्य सन् २०१५ मा सुरु भएको जेआर शिबुया स्टेसन सुधारको एक भाग हो। आगामी दिनमा भित्री पास र बाहिरी पासका छुट्टिएर लेटफर्महरू एउटै बनाइने छ । २०२७ मा यो सुधारको कार्यको सम्पूर्ण परियोजना सकिने अपेक्षा गरिएको छ।
गत मे २०२० मा शिबुया स्टेसन सुधार कार्यको गर्दा साइक्यो लाइनका प्लेटफर्म सार्न र ट्र्याकहरू स्विच गर्न करिब ५४ घण्टा लगाइएको थियो। त्यसबेलाको सम्पन्न गर्दा साइक्यो लाइनका केही भाग र अन्य ठाउँमा रेल सेवा दुई दिनसम्म सेवा बन्द भएका थिए।