दुई तिहाइ बढी अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु भएको छ । झन्डै ८० प्रतिशत अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु भएको हो ।
आइतबार भर्चुएल माध्यमबाट आयोजना गरिएको गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मंत्री महतले एनआरएनएले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात गर्न आग्रह गरे । “विधि र पद्धति अनुसार एनआरएनए चलोस भन्ने हाम्रो मूल उद्देश्य हो,” उनले भने ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तराष्ट्रिय भेला सुरु भएको छ । एनआरएनए भित्रका डेलिगेट्सलगायतका विवाद समाधान गरि तत्काल निर्वाचन गर्न दवाव दिने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनसीसीहरु) अन्तरराष्ट्रिय भेला गरिएको हो ।
अन्तरराष्ट्रिय भेलालाई शुभकामना दिदै पुर्व परराष्ट्र मन्त्री डा. महतले एनआरएनएको अन्योलता चिरेर अन्तरराष्ट्रिय समन्वय समिति (आइसीसी) निर्वाचन हुने आसा गरेका छन ।
पुर्वमन्त्री महतले एनआरएनएको सम्मेलन दशैंमा नभएर सुनसान भएको जनाउदै अधिवेशन समयै सम्पन्न गर्न परराष्ट्र मन्त्रालय सहयोग गर्न तयार रहेको जनाए । उनले आइसीसीले चाडै पुर्णता पाएर एनआरएनएको संभावनालाई पुर्णरुपमा प्रस्फुटन गर्ने अपेक्षा गरे । ‘परराष्ट्रले छानविन र पत्र पठाएको छ । कसरी अघि बढने भन्ने अन्योल कायम रहेको महशुस गरेको छु । समयमै अधिवेशन सुनिश्चित गर्ने र अप्ठ्याराहरु प्रजातान्त्रिक प्रक्रियाका आधारमा टुग्याउने आसा छ’, उनले भने । पुर्वमन्त्री महतले एनआरएनएले बाढी पीडित, कोभिडका बेलामा सहयोग गरिरहेको उच्च कदर गर्दै प्रसंसा गरे ।
उक्त भेलामा कार्यसमितिका उपाध्यक्षहरु मन केसी र सोनाम लामा तथा नेपाली काग्रेस, माओवादी केन्द्रका ओम शर्मा र एकीकृत समाजवादीका प्रवास प्रमुख श्रीप्रसाद शाहलगायतले एनआरएनएको निर्वाचनबाट चाडै नेतृत्व चयन गर्न जोड दिए ।
ठुला एनसीसी मध्येका अमेरिका, युके, अष्ट्रेलियाले मुख्य भुमिका खेलेका छन । भेलामा फ्रान्स, जर्मन, इटाली, माल्टा, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चगल, स्वीडेन, स्वीजरल्याण्ड, टर्कि, युके, कुवेत, कतार, ओमान, अष्ट्रेलिया, अस्ट्रियालगायतका एनसीसी अध्यक्षहरु सहभागी भएको कार्यक्रम संचालक तथा अष्ट्रेलियाका पुर्व अध्यक्ष केशव कंडेलले जानकारी दिएका छन ।
संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुख लागेको बताए। उनले अन्तरराष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधान मै नरहेको स्पष्ट पारे । उनले संघमा आफैले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको पनि बताए। ‘संरक्षक परिषदले हामीलाई जिम्मा दिए १ महिना भित्र समाधान गर्न सक्छौं भनेका थियौ तर गरेको निर्णय पनि लागू भएन,’ उनले भने ।
भेलालाई संघका केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, महिला संयोजक भोमा लिम्बू लगायतका वक्ताले एनसीसीहरु संस्थाका पिलर हुन् भन्दै एनसीसीहरुको भेला बाट कोहि पनि डराउन नहुने बताएका थिए।
भेलालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्री प्रसाद साह लगायतका वक्ताले शुभकामना दिंदै गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशन र चुनाव निस्पक्ष र पारदर्शी ढंगबाट जति सक्दो चांडो गर्न सुझाव दिएका थिए। संघका चुनाव भएका ६० बढी राष्ट्रिय समन्वय परिषद्हरु मध्ये ४३ जना अध्यक्षहरु भेलामा सहभागी छन्। केहि समूहबाहेक एनआरएनएको मूल प्रवाहको सहभागितामा भेला जारी छ ।