
जापानमा राष्ट्रिय स्वास्थ्य बीमा( होकेन) को प्रिमियम आगामी वार्षिक वर्षदेखि संयुक्त परिवार हुनेको ११.४ मिलियन वा सोभन्दा बढी र एकल परिवार हुनेको ११ मिलियन वार्षिक आम्दानी हुनेहरुको लागि थप ३० हजार येनले बढ़ने भएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले चिकित्सा क्षेत्रको खर्चमा भएको वृद्धिलाई सम्बोधन गर्न राष्ट्रिय स्वास्थ्य बीमा (होकेन) को प्रिमियम वार्षिक अधिकतम सीमालाई आगामी वर्षदेखि ३० हजार येनले बढ़ाएर वार्षिक १० लाख २० हजार येनसम्म पु¥याउने नीति घोषणा गरेको छ । यस नीतिले उच्च आम्दानी गर्नेहरू माथि थप भार बढ्नेछ।
शुक्रवार बसेको सामाजिक सुरक्षा परिषद्को चिकित्सा बीमा उपसमितिमा स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले प्रस्तुत गरेको परिमार्जित योजना अनुसार हालको ९ लाख ९० हजार येनबाट थप ३० हजार येनले अधिकतम सीमा बढ़ाएर १० लाख २० हजार पुर्याइने भएको बताईएको छ ।
लक्ष्य अनुसार करिब ११.४ मिलियन येन वा सोभन्दा बढी वार्षिक आम्दानी भएका परिवारहरू १.५८ प्रतिशत मानिसहरुलाई सो भार थपिने अनुमान गरिएको छ ।
राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियम दुई वर्षमा पहिलो पटक बढ़ाउन लगिएको हो। उच्च आय भएका समूहको लागि प्रिमियम बढ़ाईएपनि मध्यम र तल्लो वर्गमा भार नबढाउने लक्ष्य पनि राखिएको छ । दीर्घकालीन हेरचाह बीमा प्रिमियमलाई भने परिवर्तन गरिने छैन।
वृद्धि गरिएको प्रिमियमबाट प्राप्त रकम चिकित्सा क्षेत्रमा २० हजार र वृद्धहरूको लागि १० हजार खर्चको निम्ति प्रयोग गरिनेछ ।