जापानमा विजया दशमीको टिकाको शुभ साइत बिहान ११:०५ बजे उत्तम (विज्ञप्ति सहित)

-


     जनहित न्युज    
     असाेज २८ गते २०७८


यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको हो ।
विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुबाट टीकाको साइत बारे माग गरेपछि समितिको बैठकले विभिन्न देशमा स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गर्ने निर्णय गरेको थियो । 
सार्वजनिक गरिएको बड़ादशैंको शुभ साइत नेपालमा साइत खोजेर टीका लगाउनेका लागि समितिले नेपालमा अक्टोबर १५ अर्थात असोज २९ गते बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ।
त्यसै गरि जापानमा विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि अक्टोबर १५ तारिक बिहान ११:०५ बजेको साइत शुभ रहेको अन्तराष्ट्रिय पंचांग निर्णाय समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठद्वारा जारी प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
अष्ट्रेलियाको सिड्नीमा बिहान १०:२५ मा, मेलबर्नमा बिहान १०:३१ मा, अमेरिकाको न्यूयोर्कमा बिहान ९:१५ मा, टेक्सासमा ८:१५ मा टिकाको उत्तम साइत रहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
साइत टिकाको निमित्त सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको भएपनि सो दिन आफ्नो अनुकूल समयमा टिका लगाउन सकिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?