आखा उपचार केन्द्रले शल्यक्रियासम्मको कार्य गर्न उपकरण खरिदका लागि घुम्टे युवा परिवार शाखा जापानको २७ लाख सहयोग

-


     जनहित न्युज    
     असाेज २४ गते २०७८


परदेशमा रहेकाहरुको मन घरदेश त्यो पनि आफनै जन्मभूमिमा केही गरौ भन्ने भै रहन्छ । विशेषज्ञ स्वास्थ्य सेवाको कमि भैरहेको बागलुङको गलकोट मल्म र त्यस वरपरका बासिन्दालाई सामान्य रूपमा स्वास्थ सेवा प्राप्त भएपनि आखा चेकजाँच र उपचारको अभावमा निकै कष्ट व्यहोरदै आउनु परेको थियो ।
मल्ममा जन्मेर आखा सम्बन्धी विशेषज्ञता हासिल गरेकी डाक्टर सल्मा केसीराई जब आखा शिविर संचालनको लागि गलकोटमा पुगिन तब उनलाई मनमा एकप्रकारको खिन्नता लाग्यो । डा. सल्मा भन्छिन- ‘’आखा शिविर संचालनका क्रममा म गलकोट आउदा त्यहाको आखासम्बन्धी बिरामी देख्दा दुखी भए । म आफू जन्मेको ठाऊमा मेरो क्षमता र विशेषज्ञता प्रयोग गर्न नसक्नु र त्यो वातावरण नबन्नु दुखद पक्ष हो ।’’
लामो समय नेत्रज्योति संघसँग आवद्द रहेर भैरहवामा कार्यरत रहि हाल निजी क्षेत्रबाट सेवा पुर्याउदै आएकी डा. सल्मालाई आफ़नो जन्म ठाऊमा आफ्नो सेवा विस्तार गरौ भन्ने हुटहुटीले लखेटि रहयो र गत वर्षदेखि मल्ममा श्री कृष्ण भैरव नेत्रालय आखा उपचार केन्द्रको संचालन गरेरै छाडिन ।

“हाम्रो जन्मभुमि गल्कोट र वरपरका क्षेत्रमा उपचार अभावका कारण कसैले पनि नेत्रको ज्योति गुमाउनु नपरोस् भन्ने अभिप्रायले मैले केन्द्र संचालनमा ल्याएकी हु’’ डा सल्माले भनिंन ।
सिमित साधन र स्रोतका बिचबाट सुरूवात गरिएको सो आखा उपचार केन्द्रका लागि स्थानीय समुदायले होस्टेमा हैसे गर्दा डा. सल्मालाइ झन बढि ऊर्जा प्रदान हुन पुग्यो । स्थानीय समुदायले केन्द्र संचालनका लागि रेडक्रसको भवन प्रदान गरे, आवश्यक फ़र्निचर उपलब्ध गराए र आवश्यक समन्वय र सहकार्यको लागि वार्ड सदस्य लोकबहादुर थापाको नेतृत्वमा समिति गठन गर्दै सहयोग पुर्याइ रहे भने कर्मचारी वासस्थानको लागि जंगबहादुर केसीले निशुल्क आवास व्यवस्था गरे ।
नियमित २ जना प्राविधिक जनशक्तिको साथमा केन्द्र संचालनमा आएपछि आखाको चेकजाँचको लागि बिरामीको संख्या दैनिक रूपमा वृद्धि हुदै जाने थाल्यो ।स्थानीय विद्यालयहरूबाट शिविरको व्यवस्थापन गर्दै माग बढ़ने क्रम जारी रहयो । कोरोनाको महामारीका बिचमा शिविरले सोचेजस्तो गति नलिएपनि केन्द्रमा भने बिरामीको चाप बढ्दै गयो र आखा परीक्षणका क्रममा मोतियाबिन्दु भएका बिरामी धेरै फेला पारे जुन बिरामीको सामान्य शल्यक्रियामार्फत गुम्न लागेको ज्योति फरकाउन सकिन्थ्यो ।
डा सल्मालाई लाग्यो अब सामान्य शल्यक्रिया गर्ने उपकरणको जोहो गर्नुपर्छ र आवश्यक थप सेवा प्रदान गरिनुपर्छ । त्यसैमेसोमा गलकोटबाट जापानमा कार्यरत दाजुभाइ दिदीवाहिनीसँग समन्वय र सहकार्य गरिनुपर्छ र उपकरणको व्यवस्थापनमा लाग्नुपर्छ ।
जापानमा रहेर विभिन्न सामाजिक सेवामा क्रियाशील रहेको घुम्टे युवा परिवार शाखा जापानसँग समन्वय गरि आर्थिक व्यवस्थापनका लागि पहल गरिदिन केन्द्रीय कार्यालय मल्ममा अध्यक्ष थम्मन थापालाई आग्रह गरेपछि जापान शाखा सक्रिय भै आखा उपचार केन्द्र उपकरण व्यवस्थापन सहयोग अभियान संचालन गरि २७ लाख बढ़ी रकम जम्मा पारि आखा उपचार केन्द्रको खातामा रकम जम्मा गरिएको शाखा जापानका सचिव दिनेश थापाले जानकारी दिए ।

जापानमा कार्यरत ९३ जना सहयोगी नेपाली मनबाट सो रकम जम्मा गरि मल्ममा संचालित आखा उपचार केन्द्रको लागि शल्यक्रिया गर्न सकिने उपकरण ख़रीदका लागि सो रकम पठाईएको सचिव थापाले बताए ।
‘’नेपालको विभिन्न ठाऊमा विशेषज्ञ चिकित्सक र उपचारको अभावमा धेरै मानिसहरुले आखाको ज्योति गुमाईरहेको अवस्थामा अब भने गल्कोटमा आर्थिक अभावमा कसैले पनि नेत्रज्योति गुमाऊनु पर्ने छैन भन्ने विश्वासजा साथ आर्थिक सहयोग गरिएको छ’’ सचिब थापाले भने ।
डा सल्मासंग पटक पटकको छलफल र स्थानीय समुदायको सम्पत्तिको रुपमा आखा उपचार केन्द्र व्यवस्थापन समितिको परामर्श र सहकार्य त्यहाका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न सकियोस भन्ने उद्देश्यले रकम संकलन गरि प्रदान गरिएको जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले बताए ।
जुन उद्देश्य र सोचले आखा उपचार केन्द्र संचालनमा ल्याइएको छ सोही बमोजिम दीर्घकालीन रूपमा संचालनका लागि सरोकारवाल निकायले ध्यान दिन समेत शाखा अध्यक्ष थापाले आग्रह गरे ।
हाम्रो यस विशेष अभियानमा जोडिएर सहयोग गरिदिनुहुने सहयोगी दाताहरुलाई घुम्टे युवा परिवार जापान शाखाको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहान्छौ। अध्यक्ष थापाले भने ।
गलकोट क्षेत्रका आखाका बिरामीलाई सहयोग पुग्ने गरि हालका लागि मल्मबाट सेवा शुरूवात गरिएको र सो सेवालाई स्तरीकरण गर्दै शल्यक्रियासम्मको कार्य गर्नका लागि जापानमा रहेका गलकोटबासी सहित विश्वका अन्यमूलकमा रहेका नेपालीले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोले छिट्टै नै उद्देश्य र लक्ष्यसम्म पुगिनेमा डा सल्माले विश्वास व्यक्त गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?