
भ्याक्सिनको दुबै मात्रा ८० प्रतिशत पुरा हुना साथ नोभेम्बर महिनादेखि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुला गरिने बताईएको छ ।
शुक्रवार बसेको त्यहाको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले नोभेम्बरदेखि भ्याक्सिनको दुबै मात्रा ८० प्रतिशत पुरा हुनासाथ अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर खोलिने र आगमनमा सहज बनाउन लागेको जानकारी गराएका हुन्।
पहिलो चरणमा अस्ट्रेलियाका नागरिक र पीआरलाई प्राथमिकता दिइने छ प्रधानमन्त्री मोरिसनले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, ‘त्यसपछि भ्याक्सीन लगाएका अस्ट्रेलियनको लागि बिदेश भ्रमणको पनि बाटो खुल्नेछ।’ आस्ट्रेलिया प्रवेश गर्ने आगन्तुक एक हप्ता होम क्वारेन्टाइटीनमा बस्नुपर्ने बताईएको छ ।
करिब ४५ हजार अस्ट्रेलियनसमेत विदेशमा रहेको अनुमान गरिएकोले प्रवेशको पहिलो प्राथमिकता आफ़ना नागरिकलाई दिइएको छ ।
अस्ट्रेलियाले हालसम्म फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका र मोड्रेर्ना खोपलाई मान्यता दिदै आएकोमा अब चिनियाँ भ्याक्सिन सिनोभ्याक्स र भारतीय खोप कोभिसिल्डलाई पनि मान्यता दिने बताएको छ ।
अस्ट्रेलियन राज्यमा सबैभन्दा बढी दोहोरो खोप लगाउने राज्यका रुपमा एनएसडब्लु छ। हालसम्म यस राज्यका ६६ प्रतिशत जनताले भ्याक्सीनको डलब डोज लगाइसकेका छन् भने त्यसपछि राजधानी क्यानबेरा दोस्रो नम्बरमा रहेको छ। जसमा एसीटीका ६४ प्रतिशत जनताले दोहोरो खोप लगाइसकेका छन्।
प्रधानमन्त्रीको शुक्रबारको भनाइपछि लाखौ संख्यामा अड्किएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा सहज हुने अपेक्षा गरिएको छ।