नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ अधिवेशन जनवरी ३० मा हुने

- संगठन सुदृढिकरणमा मुख्य जोड

-


     जनहित न्युज    
     असाेज १४ गते २०७८


नेपाली जनप्रगतिशील मञ्च जापान राष्ट्रिय समितिको आठौ अधिवेशन २०२२ जनवरी ३० तारिकका दिन जापानको टोकियोमा हुने भएको छ ।
प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन भन्ने मूल नाराका साथ अधिवेशन सम्पन्न गर्नका लागि हवलचन्द्र लामा संयोजक र सालिकराम भण्डारी सह संयोजक रहेको १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको मंचले जनाएको छ ।
माओबादी केन्द्रका प्रवास समन्वय कमिटिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यता, पूर्वी एसिया प्यासिफिकका संयोजक हर्क थापाको विशेष आतिथ्यता, सल्लाहकार डा. भुपालमान श्रेष्ठ, सदस्य रामहरि पुडासैनी, भवानी पन्त सल्लाहकार अरुण श्रेष्ठ, युपी प्याकुरेल,गोविन्द श्रेष्ठ, टंक गैरे, ओम गुरुङसहितको उपस्थितिमा हालै सम्पन्न राष्ट्रिय समितिको बैठकले डिसेम्बरको अन्त्यसम्ममा क्षेत्रीय समितिका अधिवेशन सम्पन्न गरिसक्नको लागि सम्बन्धित क्षेत्रलाई निर्देशन समेत दिएको छ ।
यसका लागि फुकुओका क्षेत्रमा इन्चार्ज टंक गैरे र संयोजक नवराज गौतम, नागोया क्षेत्रमा इन्चार्ज आर एच गौतम र संयोजक हरिदोङ तामाङ, गुन्मा तोचिगी क्षेत्रमा इन्चार्ज भुवन हुमागाई संयोजक र राकेश विमली खान्साई क्षेत्रमा श्रवण सत्याल संंयोजक प्रकाश गैरे
र टोकियो क्षेत्रमा इन्चार्ज दावा शेर्पा, संयोजक मदन थापा ज़िम्मेवारी तोकिएको मंचका सचिव सालिकराम भण्डारीले जानकारी गराए ।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उप समिति गठन समेत गरेको छ ।
अधिवेशनलाई व्यवस्थित गर्नका लागि संयोजक मोहन पौडेल र सदस्य पेमा लामा, राजु केसी, महेन्द्र पिसी, लोकनाथ अधिकारी, प्रताप गुरुङ, लेखनाथ शर्मा, रामकृष्ण भण्डारी, श्रीराम रिजाल रहेको व्यवस्थापन(हल, यातायात) उप समिति, बाबुराम पौडेल संयोजक र सदस्य छत्र दाहाल, अर्जुन अंगाई, शिशिर न्यौपाने, गोकर्ण बर्तौला, दावा शेर्पा, बलराम थिङ तामाङ रहेको सदस्यता नवीकरण तथा वितरण उप समिति, हवलचन्द्र लामा संयोजक सदस्य सालिकराम भण्डारी, खगराज गौतम रहेको विधान मस्यौदा उप समिति गठन गरिएको छ ।
त्यसैगरि श्यामहरी पाण्डे संयोजक र सदस्य जिपी लामिछाने, खगराज गौतम, सजिना मोक्तान, ध्रुव अधिकारी, ज्ञानम रुम्बा, लक्ष्मण घर्ती मगर प्रचार प्रसार उप समिति, कालिका थापा र अरुण श्रेष्ठ, गोविन्द श्रेष्ठ, टंक गैरे, नरबहादुर थापा, श्रवण सत्याल, जीवन केसी आर्थिक संयोजन उप समिति,जनक सुवेदी संयोजक र टंक गैरे टोकियो, विनोद राई, रामु खड्का, विनुका खड्का, मना सुनार, सन्तोषी अधिकारी, विषेश्वर रेग्मी, अर्जुन ढकाल रहेको अतिथि सत्कार तथा समन्वय उप समिति र हर्कबहादुर थापा र सदस्य डा. भुपालमान श्रेष्ठ, तिलक मल्ल रहेको निर्वाचन समिति समेत गठन गरिएको छ ।
बैठकमा प्रवास समन्वय कमिटिका अध्यक्ष ओम शर्माले आफनो धारण राख्दै पार्टी सदस्यता बढाउन अभियानको रुपमा नै संचालन गर्न निर्देशन दिदै हिजोदेखि पार्टीमा क्रियाशिल रहेका साथीहरुलाई जोड्नका लागिसमेत अनुरोध गरे ।
शर्माले पार्टी पद्धतीलाई आत्मसात गर्न समेत अनुरोध गर्दै माक्सबादी पद्धतीमा हिड्न र आगामी महिना हुने एनआरएनएको निर्वाचनमा केन्द्रमा भएको गठबन्धनलाई सहयोग गरेर जाने मनसाय रहेको र यसको आधिकारीक निणर्य छिट्टै पठाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?