नेपालकै पहिलो स्तन क्यान्सर सर्जन डा. कार्कीको सहभागितामा महिलाको स्तन क्यान्सर सम्बन्धी अन्तरक्रिया गरिने

-


     जनहित न्युज    
     असाेज १६ गते २०७८


गैर आवासीय नेपाली संघ थाइल्याण्डले नेपाली समुदायमा सकारात्मक र सेवामूलक कार्य गर्ने आफ्नो योजना अनुसार नेपाली महिलामा मुख्य समस्याको रुपमा देखा परेको स्तन क्यान्सरको बारेमा सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।
अक्टोबर ९ तारिकका दिन जुममार्फत भर्चुवल रुपमा गरिने सो अन्तरक्रियामा नेपालकै पहिलो महिला स्तन क्यान्सर सर्जन डा. बानिरा कार्कीको मुख्य सहजिकरण र अन्तरक्रियामा सहभागिता रहने संघका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतका अनुसार विश्वभरमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीका लागि सचेलतामूलक यस कार्यक्रममा सहभागी भई आफ्नो र परिवारको स्वास्थ्यमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको बताए । थाइल्याण्डको समयानुसार बेलुका ६ः३० बजेबाट सुरुवात हुने सो अन्तरक्रियात्म कार्यक्रममा आफ्ना समस्या र जिज्ञासाहरु स्पष्टरुपमा राख्नका लागि समेत सबैमा आग्रह गरेका छन् ।
यस विषयमा विशेषज्ञ रहेकी डाक्टर कार्कीलाई यस्ता अन्तरक्रियात्मक कार्यक्रमा सहज पहुचँ र निशुल्क रुपमा पाउनु सबैका लागि खुशीकाु कुरा रहेकाले सो कार्यक्रममा सहभागीताको लागि एनआरएनए थाइल्याण्डले जुम आडी र पासवर्ड सबैका लागि सार्वजनिक गरेको छ । त्यसका लागि जुम आइ डी ८८१ ८२५३ ८७३५ र पासवर्ड ०२८३८६ रहेको सूचनामार्फत जानकारी गराइएको छ ।
गैर आवासीय नेपाली सघ थाइल्याण्डले असाहाय तथा समस्यामा परेका मासिक १ हजार जना थाई नागरिकलाई निशुल्क खाद्यान्न सहयोग गर्ने अभियान नियमित रूपमा संचालन रहेको समेत छ ।
एनआरएनए थाइल्याण्ड र त्यहाँको स्थानीय प्रशासनसँगको समन्वय र सहकार्यमा नेपाली समुदायलाई सहयोग पुग्ने खालका कार्यक्रमलाइ निरन्तरता दिदै थप मानवीय सहयोगका काममा आफूहरु लागिरहने अध्यक्ष बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?