सागर रिजालको नेतृत्वमा नेकपा(एकिकृत समाजवादी) पार्टीसँग सम्बद्द प्रवासी नेपाली एकता मञ्च जापानको घोषणा

-


     जनहित न्युज    
     असाेज १६ गते २०७८


सागर रिजालको अध्यक्षतामा नेकपा(एकिकृत समाजवादी) पार्टीसँग सम्बद्द प्रवासी नेपाली एकता मञ्च जापानको ३५ सदस्यीय कमिटी घोषणा गरिएको छ ।

कम्युनिस्ट राजनीतिमा डेढ दशक लामो समयदेखि क्रियाशील रिजालको नेतृत्वमा गठित उपाध्यक्षमा भोजराज भण्डारी, चिन्तामणी आचार्य, द्रोण सिलवाल, भिम न्यौपाने र प्रकाश महरा रहेका छन । उपाध्यक्ष सात जना रहने सो कमिटीमा दुइ जना पछि थप गरिने बताईएको छ ।
कमिटीको महासचिवमा तिलक दाहाल तथा उप महासचिव टक्कर कुवँर सचिवमा सचिन नेम्वाङ्ग, हरि लामिछाने र कोषाघ्यक्ष श्रीकृष्ण अर्याल र सचिवालय सदस्यमा माधव आचार्यलाई चयन गरिएको सो कमिटीद्वारा जारी सूचनामा जनाईएको छ ।
नव गठित मंचमा चयन गरिएका सदस्यहरूमा लक्ष्मी पाण्डे, इन्दिरा कोईराला, रतन बोहोरा, राज सापकोटा,मुकुन्द भण्डारी, भुवन घिमिरे र सुरेन्द्र थापालाई चयन गरिएको छ ।
त्यसैगरि सदस्यमा चयन हुनेहरुमा रत्ना कुवँर, हिमांसु सिं ठकुरी, बिश्वास न्यौपाने, जनकराज मण्डल, प्रदिप अर्याल, शिक्षा सत्याल, निर्प कुवँर, प्रल्हाद अधिकारी, नरेन्द्र भण्डारी र सन्दिप खत्री रहेका छन ।
यसैगरि सदस्यहरुमा मान ब. महरा, ऊद्धव अर्याल, कृष्ण प्रसाद धमला, मुक्ति चापागाईं,नकुल तिमल्सिना र मदन कोईराला रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।
कमिटीको सल्लाहकारमा कृष्ण खड्का, दिनेशराज ज्ञवाली र सागरमणि भण्डारीलाई चयन गरिएको छ।
भर्चुवल रूपमा शुक्रवार सम्पन्न भेलामा प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य तथा प्रवास कमिटी इन्चार्ज श्रीप्रसाद शाहले वर्तमान राजनैतिक परिस्थितिको बारेमा र प्रवासमा पार्टी संगठनको भूमिका , दायित्व र लक्ष्यको बारेमा चर्चा गर्दै नव निर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
सोही अवसरमा शाहले ईमान्दार र कर्तब्यनिष्ठ भै काम गर्न निर्देशन दिदै नव गठित क़मिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष राजन कुमार बस्नेतले प्रवासका कमिटीहरुबिच हातेमालो र सहकार्यमा जोड दिदैं प्रवासमा रहेका नेपालीहरूमा समर्पित भै काम गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रवासी नेपाली मञ्च जापानका पूर्व अध्यक्ष कृष्ण खड्काले संगठनको ढाँचा,नेतृत्व तथा ज़िम्मेवारी सम्बन्धमा आफ्नो सुझाव राखेका थिए।
कार्यक्रममा उपस्थितहरुले विधि पद्धति र संस्थागत रूपमा संगठनमार्फत समाजसेवामा समर्पित रहन चाहेकोले यो मञ्च रोजेको बताएका थिए ।
प्रवासी नेपाली मञ्च जापानका पूर्व अध्यक्ष खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सागर रिजालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?