जापानमा सामान डेलिभेरी गर्ने श्रमिको अभाव, वैपल्पिक उपायहरुको खोजी हुन थाल्यो

-


     जनहित न्युज    
     असाेज १६ गते २०७८


कोभिड-१९ को महामारीको प्रभावका कारण जापानमा होमडेलिभेरीको माग अप्रत्याशित रूपमा बढ़ेसंगै दैनिक अत्यावश्यक सामग्री ओसारपसार गर्ने कार्यमा भने श्रमशक्तिको अभाव हुन थालेको छ ।
सामान ओसारपसार गर्ने ट्रकमा काम गर्ने कामदारले धेरै लामो घण्टा काम गरेपनि काम अनुसारको पारिश्रमिक कमि हुनुले यस कार्यप्रति अलोकप्रियता बढ्दै जानु, जन्मदरमा कमी आइ श्रम बजारमा श्रमशक्ति न्यून हुनुले पनि कामदारको अभाव हुन गएको अर्थशास्त्रीहरूको भनाइ रहेको छ ।
सन २००० मा जापानमा १ मिलियन ट्रक ड्राइभर रहेकोमा आगामी सन २०३० सम्ममा यो संख्या आधा हुन सक्ने अनुमान गरिएको छ । डेलिभेरी कम्पनीहरुलाई आवश्यक पर्ने कर्मचारीहरु पाउनको लागि अहिले कै अवस्थामा गाह्रो भैरहेको उनीहरुको भनाइ छ ।

उद्योगसंग सम्बन्ध राख्ने अर्थशास्त्री र विश्लेषकका अनुसार सन २०३० सम्ममा लजिस्टिक श्रमशक्तिको माग र आपूर्तिको तुलनामा ३५ प्रतिशत असन्तुलन कायम हुन आइ एक तिहाई कार्गो कम्पनीहरू आफ़नो सेवाबाट विस्थापित हुनुपर्ने स्थिति देखापर्ने अनुमान गरिएको छ ।
जापानमा ठूला लगिस्टिक कम्पनीहरूले ओसारपसार गर्ने श्रमिकको संकट हालपनि व्याहोरदै आइरहेका छन । जापान कै प्रतिष्ठित र ठूलो कम्पनीका रूपमा रहेको अजिनामोटों कम्पनीका महाप्रबन्धक होरियो जुनले डेलिभेरी गर्ने साझेदार कम्पनीहरूलाई जनशक्तिको अभाव कै कारण आफ़नो सम्झौता गर्न अस्वीकार गरेको बताउछन । साझेदार कम्पनी र फर्मलाई आकर्षक सर्त र सुविधासहित डेलिभेरीको सम्झौता गर्न आग्रह गर्दापनि आवश्यक श्रमिकको अभाव देखाऊदै सम्झौता नगर्न खोज्ने गरेको होरियोको अनुभव छ ।
शौचालय पेपर र फेस मास्क्सको अभाव हुने भन्ने गतवर्ष केही अनलाइन र सामाजिक संजालमा आएका अफवाह र गलत सूचनाका आधारमा मानिसहरूले एक्कासी ठूलो मात्रामा वस्तुको माग गर्दा लजिस्टिक कम्पनीहरुले आपूर्ति व्यवस्थापन गर्न नसक्दाको संकटले मानिसको दैनिक जीवनमा कति असर पार्दछ भन्ने ताजा उदाहरण रहेको छ ।यो आपूर्ति गर्न श्रमिकको अभावको कारण नै नसकिएको तर वस्तुको अभाव नरहेको कम्पनीहरूले बताउछन ।
केही कम्पनीहरुले यो संकट निराकरणको सुनिश्चितताका लागि केही छोटो अवधिका साधारण योजनाहरु अघि सारेपनि ती त्यती प्रभावकारी देखिएका छैनन । अजिनोमोटो कम्पनीले यस्ता समस्याको नयूनिकरणको लागि खाद्यन आपूर्तिकर्तासँग मिलेर कार्य गरिरहेको छ ।
जापानमा कार्गो वाहनको क्षमताको उपयोग औसत ४० प्रतिशत अमेरिका युरोपमा ६० प्रतिशत गर्ने गरिन्छ । विज्ञका अनुसार जापानी कम्पनीहरु मुख्य गरेर वस्तुहरुको ओसारपसार पानीजहाज़ र अन्य माध्यमबाट सँगसंगै गर्ने गर्दछन ।
अजिनामोटो कम्पनीले विशेष गरेर आफ़्ना साझेदारहरुसँग लोड फ्याक्टर अन्तर्गत विशिष्टीकृत प्याकेजिङ र सहकार्यात्मक वितरण प्रणालीको नेटवर्कमा रहेर श्रमशक्तिको अभावलाई न्यून गराउन चाहन्छ। कम्पनीहरूले क्यारियरहरुको अभाव कम गर्न आफनै साधनको उपयोगमा जोड दिन थालेका छन ।

निकट भविष्यमा सप्लाई चेइन टेक्नोलोजी पनि आउन लागेको बताईनछ । गत फेब्रुअरीमा वित्त, यातायात र उद्योग मन्त्रालयले बिना चालकको प्रविधियुक्त ट्रक संचालनको लागि परीक्षण समेत गरेका छन । राकुटेन, पानासोनिक, र जापानपोस्ट जस्ता फ़र्मले ड्रोन र रोबोर्टको उपयोगबाट कसरी ट्रक संचालन गर्न सकिन्छ त्यसको खोजी गरिरहेका छन ।
अर्को भौतिक इण्टरनेटको उपयोगमार्फ़त यातायात नेटवर्कमा जसरी जोड़न सकिनेछ भन्ने बारेमा पनि अध्ययन भैरहेको बताईएको छ । युरोपमा परीक्षण भैरहेको यो प्रणालीलाई सन २०३० सम्म जापानमा पनि प्रभावकारी बनाईने योजना अनुरूप काम भैरहेको छ ।
विज्ञहरुका अनुसार ओसारपसारको मागमा निरन्तर बृद्धिले लजिस्टिक उद्योगमा अझै बृद्धि हुने सम्भावना रहेको देखाउँछ। सरकारले यसको समाधानका लागि प्रभावकारी नेतृत्व प्रदान गर्दै जापानको लागि यो एक नयाँ अवसर र चुनौतीका रुपमा देखा परेको जानकारहरुको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?