अर्थतन्त्र

होटल संघ नेपालको अध्यक्षमा संजय श्रेष्ठ

होटल व्यवसायी संजय श्रेष्ठको अध्यक्षतामा होटल संघ नेपाल हान नेपाल जिल्ला तदर्थ समिति बागलुङ गठन भएको छ । सोमबार बागलुङ बजारमा सम्पन्न होटल व्यवसायीहरुको भेलाले संजय श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय दतर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सविता आचार्य, सचिवमा एञ्जिल शाक्य र कोषाध्यक्षमा डोलराज पौडेल चयन भएका छन् । समितिका सदस्यहरुमा ललिता थापा, श्रीप्रसाद शर्मा, रुशन सापकोटा, हिमाल पौडेल र मनप्रसाद गुरुङ चयन भएका छन् । तदर्थ समितिले तीन महिनाभित्र साधारणसभा गरेर नयाँ समिति चयन गर्ने छ ।… पुरा पढौ

साझा चौतारी सहकारीको आयोजनामा श्रद्धाञ्जली सभा

साझा चौतारी युवा उद्यमशील सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गएको एक वर्षको अवधिमा निधन भएका सहकारीका शेयर सदस्य तथा शेयर सदस्यका आफन्तको निधन भएको बेला कोभिड लगातका कारण घरमा पुग्न नसकेको कारण सस्थाले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरि राहत हस्तान्त्रण गरेको छ । दिवंगत हुने शेयर सदस्यका परिवारलाई नगत १० हजार र परिवारका सदस्यको निधन भएकालाई ५ हजारका दरले ११ जनाको परिवारलाई सहयोग हस्तान्त्रण गरिएको सहकारीका अध्यक्ष मनोज थापाले नयाँ विश्वलाई बताए । साझा… पुरा पढौ

नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले जनयुद्ध दिवसको उपलक्ष्यमा आयोजना गर्यो चियापान कार्यक्रम

नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ । चियापान र शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरि दिवस मनाएको हो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द) बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ ले सामन्ती र औपनिवेशीक व्यवस्था अन्त्य गरी स्वाधीन जनवादी व्यवस्था स्थापनाको लागि जनयुद्ध सुरु गरेको बताए । सवै वर्गको अधिकार स्थापित गर्न जनयुद्धको… पुरा पढौ

याक एण्ड यति होटलले ४२ करोड रोयल्टी नबुझाएपछि इजाजत रद्द

सरकारलाई ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द भएको छ । पटक पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे स्तर वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ । इजाजत रद्द भएसँगै उक्त होटलको बैंक खातासमेत रोक्का भएको छ । पर्यटन मन्त्रालयले त्यस होटलको नाममा २०४८ पुस २२ मा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो । सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण… पुरा पढौ

ग्राहकको मन जिते मात्र व्यवसायीले सफलता हासिल गर्छ – चोखाल

सानै उमेरदेखि राजनीतिसँगै व्यवसायमा लागेका अर्जुन चोखाल अहिले स्थापित व्यवसायीका रूपमा चिनिन्छन् ।दसवर्षे सशस्त्र द्वन्द्वमा जेलनेल पनि भोगे । पछि फेरि व्यवसायलाई निरन्तरता दिएका उनी अहिले होटलबाट राम्रो आम्दानी गरिरहेका छन् । अब बागलुङमा थप सुविधासम्पन्न होटल चलाउने योजनामा छन् । व्यवसाय र राजनीतिमा केन्द्रित रहेर चोखालसँग गरिएको कुराकानी व्यवसाय कसरी सुरु गर्नुभयो ?नेपाल जडीबुटी केन्द्र नामक संस्था स्थापना गरेर २०५२ सालबाट व्यवसायमा लागेँ । हरिप जडीबुटी सप्लायर्स थियो । जडीबुटी संकलन, पहिचान र त्यसको संवर्धन गर्दै जाँदा २०५६ सालमा फेरि ४… पुरा पढौ

छ महिनामा विप्रेषण आप्रवाह घट्यो ४ खर्ब ६८ अर्ब भित्रियो

चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति… पुरा पढौ

भूमिहीन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासी धेरै

जिल्लामा भूमिहीन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासी झन्डै दसगुणा बढी देखिएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समितिको प्रारम्भिक अध्ययनको तथ्यांकमा ठूलो संख्यामा अव्यवस्थित रूपमा बसोबास गर्ने देखिएका हुन् । प्रारम्भिक अध्ययनले जिल्लाभर १ सय १० जना मात्रै भूमिहीन दलित र ३ सय ९३ जना भूमिहीन सुकुम्बासी रहेकोमा ४ हजार ५ सय २० जना अव्यवस्थित बसोबासी भेटिएका हुन् । ‘यो प्रारम्भिक अध्ययन मात्रै हो,’ जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले भने, ‘तर वास्तविक सुकुम्बासी धेरै नभएको भने प्रस्ट भएको छ ।’ आयोगले संकलन गर्ने तथ्यांक… पुरा पढौ

२०२१ मा जापानमा ५० लाखभन्दा बढी व्यक्तिको सूचना जानकारी चुहावट वा हराएको तथ्यांक सार्वजनिक

जापानी सन २०२१ मा सूचीबद्ध कम्पनीहरू र तिनीहरूका सहायक कम्पनीहरूको सूचना तथा जानकारी चुहावट वा हराउने घटनाहरू अघिल्लो वर्षको तुलनामा ३४ बाट बढेर १३७ पुगेको छ भने व्यक्तिगत सूचना चुहावटको संख्या ५७ लाख ४९ हजार ७ सय ७३ पुगेको एक सर्वेक्षणले देखाएको छ ।टोकियो शोको अनुसन्धान सर्वेक्षणका अनुसार सूचना तथा जानकारी चुहावट र हराएको बारेमा खुलासा गर्ने कम्पनीहरूको संख्या ३२ देखि १२० सम्म बढेको छ। घटनाहरूको संख्या र संलग्न कम्पनीहरूको संख्या दुवै २०१२ मा सर्वेक्षण पहिलो पटक लागू भएदेखि यता… पुरा पढौ

कारबाहीमा परे ११ बिमा कम्पनी

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६ र ७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई १० हजारका दरले जरिवाना गरिएको छ । यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा… पुरा पढौ

जापानमा तस्करबाट बरामद गरेको २४४ किलो सुन सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखियो

जापानको नागोया भन्सार कार्यालयले तस्करीका घटनामा बरामद भएको करिब २४४ किलोग्राम सुनलाई खुल्ला बोलपत्र आह्वानमार्फत सर्वसाधारणले खरिद गर्न सकिने गरि लिलामीमा राखेको भन्सार अधिकारीहरूले बताएका छन ।भन्सारले फेब्रुअरी ३ मा बोलपत्रको लागि एक विज्ञापन गरि फेब्रुअरी २४ सम्मका लागि आह्वान गरिएको सो बोलपत्र जापानमा एकै पटक सार्वजनिक लिलामीको लागि राखिएको सुनको सबैभन्दा ठूलो परिमाण भएको अधिकारीहरूले बताएका छन ।भन्सारमार्फत लिलामका लागि राखिएको सो परिमाणको सुन अगस्ट २०१६ देखि डिसेम्बर २०१८ सम्म सुन बरामद गरिएको थियो ।नागोया भन्सारका एक प्रतिनिधिले भने,… पुरा पढौ