जापानमा नेपाली दक्ष-जनशक्तिको परिचालनका बारेमा जानकारी लिनेदिने उद्देश्यले अन्तरक्रियात्मक वेबिनार हुने भएको छ ।जापान स्थित नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ जापान र जापान लिडिङ एज फाउन्डेसन (JLEF)को संयुक्त आयोजनामा “जापानी व्यवसायहरुको लागी नेपाली दक्ष-जनशक्तिको संभावना” को विषय हुने सो वेबिनारमा राम्रो जापानी भाषा जान्ने या नर्सिङ केयर, आतिथ्य व्यवसाय, कृषि लगायतका क्षेत्रमा कामदारको खोजीमा रहेकाहरूले सहभागिता जनाउन सकिने एनआरएनए जापानका प्रवक्ता सुभाष लामिछानेले जानकारी दिए ।प्रवक्ता लामिछानेका अनुसार अगस्ट २३ तारिख अर्थात् आगामी मंगलबार हुने सो वेबिनारमा नेपाली दक्ष-जनशक्तिको…
पुरा पढौ