
नेपाल फेस्टिवल नागोयामा शुरु भएको छ। आइतबार सम्म चल्ने फेस्टिवल पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिएपछि फेष्टिवलमा दर्शकहरुको घुईचो लागेको थियो।
फेविटवलमा शनिबार सबैभन्दा बढि आर्कषण नेपालबाट आएका चर्चित कलाकारहरु बद्रि पंगेनी, सम्झना भण्डारी र राजु लामा लगाएत कलाकारहरु रहे। दर्शकहरु उनिहरुको गीत संगीतमा मस्त देखिन्थ्ये । फेष्टिवल उद्घाटन पूर्व पञ्चेबाजा सहित बिभिन्न जातजातिहरुको झाँकीले फेस्टिवल परिसर परिक्रमा गरेका थिए।
फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु राखिएका छन्। एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिवलमा जापनिजहरुले पनि मनोरञ्जन लिई रहेका देखिथ्यो ।
फेष्टिवलमा बारतली भएको नेपाली घरमा फोटो खिच्नेको भिड देखिथ्यो । फेक्टिवलको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा मिलेन्द्र रिजालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता फेष्टिबल आयोजक समिति संयोजक दिपक कार्कीले गरेका थिए ।















