अर्थतन्त्र

अप्रिल १ देखि जापानको नारितामा काठमाडौंबाट साताको दुई उडान हुने

काठमाडौँबाट जापानको नारितामा अब साताको दुई उडान हुने भएको छ ।नेपाल एयरलाइन्सले आगामी १ अप्रिलबाट नारितामा साताको मङ्गलवार र शुक्रबार उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । पछिल्लो समय निगमले कोभिड(१९ को महामारीपछि गुमेका आफ्ना गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।सोही क्रममा अब जापानमा साताको दुई उडान हुने भएको हो । यसले जापान जाने–आउने नेपाली नागरिकका साथै पर्यटकको आवागमन समेत सहज बनाउने छ । https://twitter.com/nepalairlinesra/status/1502524042145849345?s=21 पुरा पढौ

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको मन्त्रीका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए।  मलेसियाबाट प्राप्त हुने रोजगारी गुम्न नदिन तत्काल श्रमस्वीकृति दिन थाल्नेनिर्णय गरेको मन्त्री श्रेष्ठले बताएका छन्।  वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ। कोरोना महामारीका कारण सन्… पुरा पढौ

कन्भिनियन्स स्टोर फेमिलिमार्टले प्लास्टिकको चम्चा काँटामा प्रतिबन्ध लगायो

जापानको लोकप्रिय कन्भिनियन्स स्टोर फेमिलिमार्टले प्लास्टिकको मात्रालाई कमी गर्नका लागि अप्रिलबाट लागू हुने गरि सरकारले ल्याउन लागेको अध्यादेशको कार्यान्वयन अघि नै प्लास्टिकको काँटा, चम्चाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । समुद्री प्रदूषणमा बढ्दो चिन्ताको बीचमा वातावरण जोगाउने प्रयासको रूपमा कटलरी र स्ट्रो जस्ता १२ प्रकारका डिस्पोजेबल प्लास्टिक वस्तुहरूको प्रयोगलाई कम गर्न व्यवसाय अपरेटरहरूलाई बाध्य पार्दै अप्रिलमा लागू हुने गरी यो निर्णय आएको हो।बिहीबार टोकियोका १० वटा आउटलेटमा परीक्षणको रूपमा सुरूवात गरि करिब एक महिनासम्म ग्राहकहरूको प्रतिक्रिया बुझेपछि देशभरका १६,००० स्टोरहरूमार्फत… पुरा पढौ

जापानले नेपाललाई दुई अर्ब सात करोड अनुदान दिने 

विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आज हस्ताक्षर गरे । आयोजना कार्यान्वयनका लागि अर्को अनुदान सम्झौतामा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे । उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको… पुरा पढौ

विप्रेषणको सीमा घट्यो, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने 

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधवारदेखि नै लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो । बैंकले बुधबार सूचना जारी गर्दै अनुमतिप्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबारबापत दिनमा बढीमा एक लाख रुपैयाँसम्म रकम स्थानान्तरणको सीमालाई ७५ प्रतिशतले घटाएको हो। तर विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको… पुरा पढौ

कोपनहेगनमा ‘विश्व आर्थिक क्रान्ति’ किताबको परिचर्चा

आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ किताबको विमोचन र परिचर्चा कोपनहेगनमा भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले गरेको कार्यक्रममा डेनमार्कका लागि नेपाली कार्यवाहक राजदूत तीर्थराज अर्यालले किताबको विमोचन गरे । ‘विश्वको आर्थिक इतिहासलाई नेपाली आँखाबाट हेर्ने प्रयास स्वरूप यो बुक जन्मेको हो,’ लेखक पौडेलले भने, ‘परदेशको व्यस्तताका बावजूद समय मिलाएर लेखेको हुँ।’ सुमेर सभ्यताकै शुरुवातदेखि सिलिकन भ्याली सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमाञ्चक आर्थिक परिघटनाहरु किताबमा समावेश गर्ने कोसिस गरेको उनले बताए।… पुरा पढौ

संसदबाट अनुमोदन भयो अमेरिकी सहायता सम्झौता एमसीसी, अनुमोदनका क्रममा को नेताले के भने ?

प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले एमसिसीसँगै यसको १२ बुँदे व्याख्यात्मक घोषणा पारित पनि पारित गरेको छ। सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमाेदन गरेको हाे । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।… पुरा पढौ

यस्तो छ  ११ बुँदे ‘व्याख्यात्मक घोषणा’ (पूर्णपाठसहित) 

सत्तारुढ दलले एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने भएका छन् । सत्तारुढ दलले तयार पारेको व्याख्यात्मक घोषणामा कम्प्याक्ट इण्डोप्यासिफिक रणनीति नभएको भनिएको छ । ​आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो । यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो । यससँगै संसदबाट एमसीसी आजै पारित गर्ने तयारी भएको छ । एमसीसीबारे सत्ता गठबन्धनको व्याख्या - सैन्य सुरक्षा गठबन्धन नमान्नेदेखि बौद्धिक सम्पति नेपालकै हुने ‘कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल… पुरा पढौ

उद्योग वाणिज्य संघले गर्यो प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरको विदाइ

बागलुङ उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरलाई विदाई गरेको छ । प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले बागलुङ जिल्लाको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेकाले उद्योगी व्यवसायीले आफनो व्यवसाय सहज ढंगले संचालन गर्न पाएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । बागलुङको शान्ति सुरक्षाको वातावरण निर्माण गर्न उद्यागी व्यवसायी लगाएत सबै सरोकारवालाले सहयोग गरेकोमा आफू खुशी भएको जल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले भने… पुरा पढौ

तमानखोला गाउँपालिकाको सोलेडाँडाको सहिदोद्यान अधुरै

यहाँको पर्यटकीयस्थल सोलेडाँडामा दुई वर्षअघि निर्माण थालिएको सहिदोद्यान अझै अधुरै छ । तमानखोला गाउँपालिका–४ मा बन्ने सो उद्यानको काम गत वर्ष नै सक्ने लक्ष्य थियो । बजेट भएर पनि कामले गति लिन नसकेको वडाध्यक्ष उदीमबहादुर छन्त्यालले बताए । पहिलो वर्ष गाउँपालिकाको रु पाँच लाख बजेटबाट उद्यानका लागि जग्गा छनोट, घेराबार र विश्रामस्थल बनाइएको थियो । गत आवमा छुट्टिएको रु सात लाख बजेटबाट खासै काम हुने सकेन । शालिक निर्माण, उपभोक्ता समिति गठन आदिमा भएको ढिलाइले एक वर्ष उद्यानको काम रोकिएको… पुरा पढौ