काठमाडौं । अब नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय टिकट पनि अनलाइनबाट नै खरिद गर्न सकिने भएको छ । निगमले आजदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सेवा 'Internet Booking Engine' (IBE) मार्फत टिकट बुकिङ सुरु गरेको हो । देशभित्र वा बाहिर रहेका यात्रुहरूले निगमको वेबसाइटमा गएर आफ्नो टिकट बुक गर्न सक्नेछन् । निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवामार्फत संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा…
पुरा पढौ