
जापानको लोकप्रिय कन्भिनियन्स स्टोर फेमिलिमार्टले प्लास्टिकको मात्रालाई कमी गर्नका लागि अप्रिलबाट लागू हुने गरि सरकारले ल्याउन लागेको अध्यादेशको कार्यान्वयन अघि नै प्लास्टिकको काँटा, चम्चाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।
समुद्री प्रदूषणमा बढ्दो चिन्ताको बीचमा वातावरण जोगाउने प्रयासको रूपमा कटलरी र स्ट्रो जस्ता १२ प्रकारका डिस्पोजेबल प्लास्टिक वस्तुहरूको प्रयोगलाई कम गर्न व्यवसाय अपरेटरहरूलाई बाध्य पार्दै अप्रिलमा लागू हुने गरी यो निर्णय आएको हो।
बिहीबार टोकियोका १० वटा आउटलेटमा परीक्षणको रूपमा सुरूवात गरि करिब एक महिनासम्म ग्राहकहरूको प्रतिक्रिया बुझेपछि देशभरका १६,००० स्टोरहरूमार्फत प्लास्टिकको काँटा जस्तो चम्चाको प्रयोगमा प्रतिबन्ध लगाइने कन्भिनियन्स स्टोरका संचालकले बताएका छन ।
खुद्रा बिक्रेताले अधिक बायोडिग्रेडेबल प्लास्टिक कटलरीको सट्टामा बाँसबाट बनेका काँटा, चम्चा र चपस्टिकहरू उपयोग गर्न प्रयोग गर्नेछन् । यसबाट सबै घरेलु पसलहरूमा यो उपाय कार्यान्वयनपछि यसले वर्षमा करिब २६० टन प्लास्टिकको प्रयोग घटाउन सक्ने अनुमान गरिएको छ।
फेमिलिमार्टले प्लास्टिकको फोहोर घटाउने प्रयासमा रिटेल र अन्य व्यवसायिक क्षेत्रका धेरै कम्पनीहरूसँग सामेल हुने बताएको छ ।
नयाँ अध्यादेश अन्तर्गत सरकारले पर्याप्त कदम चाल्न असफल हुने कम्पनीहरूलाई सल्लाह वा चेतावनी जारी गर्नेछ र सल्लाह वा आदेश पालना नगरेकोमा जरिवाना लगाउन सक्छ।



