आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ किताबको विमोचन र परिचर्चा कोपनहेगनमा भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले गरेको कार्यक्रममा डेनमार्कका लागि नेपाली कार्यवाहक राजदूत तीर्थराज अर्यालले किताबको विमोचन गरे । ‘विश्वको आर्थिक इतिहासलाई नेपाली आँखाबाट हेर्ने प्रयास स्वरूप यो बुक जन्मेको हो,’ लेखक पौडेलले भने, ‘परदेशको व्यस्तताका बावजूद समय मिलाएर लेखेको हुँ।’ सुमेर सभ्यताकै शुरुवातदेखि सिलिकन भ्याली सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमाञ्चक आर्थिक परिघटनाहरु किताबमा समावेश गर्ने कोसिस गरेको उनले बताए।…
पुरा पढौ