अर्थतन्त्र

बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछ: अर्थमन्त्री शर्मा

काठमाडौं-अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।आगामी आर्थिक बर्ष ०७९-८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा अभियान्तासँग बुधबार दिउँसो अर्थ मन्त्रालयमा भएको छलफलमा बोल्दै अर्थमन्त्री शर्माले सबैको सुझाव संकलन गरेर बजेटमा सम्बोधनको प्रयास गरिने बताउनुभयो । ‘छलफलमा सहकारी क्षेत्रलाई राम्रो गर्ने बिषयमा धेरै सुझाव आएका छन् । यी सुझावलाई बजेटमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ’ उहाँले भन्नुभयो ।छलफलमा सहकारी क्षेत्रका दुई दर्जन भन्दा बढी सरोकारवाला क्षेत्रका प्रतिनिधि तथा… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि ,पेट्रोल प्रतिलिटर १६०, खाना पकाउने ग्यास प्रति सिलिण्डर १६०० 

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ ४ रुपैयाँले बढाएर प्रतिलिटर १५६ रुपैयाँ र बाह्यतर्फ ५० डलरले बढाएर प्रतिकिलोलिटर १५४५ डलर कायम गरेको छ । पुरा पढौ

सार्वजनिक सवारीसाधनको भाडा बढाउने सरकारको निर्णय 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बृद्धि गरेको छ । मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो । इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीको दबाबमा सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा १० देखि १४ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था… पुरा पढौ

जापानले अप्रिलदेखि खाद्यान्न, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गर्दै

जापानमा कच्चा पदार्थको बढ्दो मूल्यका कारण शुक्रबारदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा खाद्यान्न र दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरूमा मूल्यवृद्धिको मार उपभोक्ताहरूले सामना गर्नुपर्ने भएको छ।नागरिकको दैनिक अत्यावश्यक दूधजन्य वस्तु उत्पादन गर्ने मेगमिल्क स्नो ब्राण्ड कम्पनी, मेइजी कम्पनी र मोरिगाना मिल्क इंडस्ट्री कम्पनीले पनीरको मूल्य बढाउने छन भने द निस्शिन ओएलइलो ग्रूप लिमिटेड र जे-ओइल मिल्स इंडस्ट्रीले घरायसी खाना पकाउने तेलको मूल्य बढाउने भएका हुन ।आगामी मूल्यवृद्धिको मारमा दैनिक उपभोग्यका खाद्य वस्तुहरूमा कागोमे कम्पनीको टमाटो केचप र याओकिन कम्पनीको "उमाइबो," एक… पुरा पढौ

कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न जापानको आग्रह 

जापान सरकारले रूसी तरल प्राकृतिक ग्यास एलएनजीको लागि रुसी मुद्रामा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरेको छ । जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताए अनुसार रुसी ग्यासका लागि रुसी मुद्रा रुबलमा कारोबार नगर्न जापानी कम्पनीहरूलाई आग्रह गरिएको हो । ‘अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ।’ मात्सुनोलाई उद्धृत गर्दै रुसी समाचार संस्था स्पुत्निकले जनाएको छ । युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप पश्चिमा मुलुक… पुरा पढौ

कोरियाबाट फर्केर नेपालमा कृषि उधम गर्दै बागलुङका गमबहादुर कुँवर, बेचे वार्षिक ८० लाखको बाख्रा

बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीका गमबहादुर कुँवर केही वर्षअगाडि रोजगारीको सिलसिलामा कोरिया पुगे । उनले कोरियामा नेपालको जस्तो स्रोतसाधन प्रशस्त नभएको तर विकास भने निकै भएको पाए । पाँच वर्ष कोरियामा बिताएर कुँवर आफ्नै गाउँ फर्किएका कुँवरले बाख्रापालन गर्ने सोच गराइ र पारिवारिक रूपमा बाख्रापालन थालनी गरे । ४१ वर्षीय कुँवरले चार वर्षअगाडि १०/१२ वटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले पहाडी इलाकाकै सबैभन्दा ठूलो फर्मका रूपमा स्थापित भएको छ । संयुक्त परिवार रहेको कुँवरका सबै सदस्यले व्यवसायमा सघाउँदै आएका छन् ।… पुरा पढौ

जापानले टोकियोसहित ८ प्रान्तमा विद्युत् आपूर्तिको कमिलाई सन्तुलन कायम गराउन बचतका लागि चेतावनी जारी

जापान सरकारले गत हप्ता उत्तरपूर्वी क्षेत्रमा गएको ठूलो भूकम्प गएको कारण केही विद्युत केन्द्रहरू रोकिएका कारण कडा ऊर्जा आपूर्तिमा चेतावनी जारी गर्दै टोकियो र केही अन्य क्षेत्रका मानिसहरूलाई विद्युत् बचतका लागि आग्रह गरेको छ ।टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्स इंकले मंगलबार चिसो मौसम र गत बुधबारको भूकम्पबाट केही थर्मल पावर प्लान्टहरूमा नियमित संचालनमा आएको समस्याका कारण विद्युत् अभाव हुन सक्ने बताएपछि अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको सो चेतावनी जारी गरेको हो।जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री हागिउडाले आकस्मिक पत्रकार सम्मेलन… पुरा पढौ

विद्युत्को बक्यौता नबुझाउँदा बसपार्क अन्धकार !

विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो । विद्युत् कार्यालयको आठ लाख बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो । अहिलेसम्म पनि त्यहाँ विद्युत् जडान गर्न कुनै पहल भएको छैन भने पानीको लाइन काटिएको पनि दुई हप्ता हुन लाग्यो । आधुनिक बसपार्क बनाएपछि त्यहाँ ५२ वटा सटर भाडामा छन् । विद्युत् नहुँदा त्यहाँका होटल व्यवसाय ठप्प छन्… पुरा पढौ

जापानको सीपले जन्माएको ‘बर्गर हब’

छोरी निक्कीको भविष्यका लागि नवराज सिलवाल निकै चिन्तित थिए- हुर्किंदै जाँदा जापानकै रहनसहनमा घुलेर नेपाल फर्किन नमान्ने पो हो कि ? उनलाई यो चिन्ताले सधैँजसो पिरोलिरहन्थ्यो । १० वर्षकाे जापान बसाइका क्रममा उनले त्यस्ता घटना देखेका पनि थिए ।  एक दिन नवराजले श्रीमती कल्पनालाई नेपाल फर्किने योजना सुनाए । उनले पनि त्यो निर्णय सहजै स्वीकारिन् । उनीहरू २०१९ मा नेपाल फर्किए ।  जापानमा उनले दाम मात्रै कमाउँथे । त्यो दिनको निर्णयले उनलाई दाम, नाम र त्योभन्दा धेरै सन्तुष्टि दिएको छ । अहिले उनले काठमाडाैंकाे पुतलीसडक चोकमा… पुरा पढौ

अप्रिल १ देखि जापानको नारितामा काठमाडौंबाट साताको दुई उडान हुने

काठमाडौँबाट जापानको नारितामा अब साताको दुई उडान हुने भएको छ ।नेपाल एयरलाइन्सले आगामी १ अप्रिलबाट नारितामा साताको मङ्गलवार र शुक्रबार उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । पछिल्लो समय निगमले कोभिड(१९ को महामारीपछि गुमेका आफ्ना गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।सोही क्रममा अब जापानमा साताको दुई उडान हुने भएको हो । यसले जापान जाने–आउने नेपाली नागरिकका साथै पर्यटकको आवागमन समेत सहज बनाउने छ । https://twitter.com/nepalairlinesra/status/1502524042145849345?s=21 पुरा पढौ