अर्थतन्त्र

निगमको काठमाडौ–रियाद व्यवसायिक उडान सुरु, यस बाहेक कहाँ-कहाँ हुन्छ निगमको उडान ?

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले शुक्रबारदेखि साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ । निगमको वाइडबडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको हो । उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत सहभागी छन् । निगमका अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताए । “विविध अवरोधलाई पन्छाउँदै अन्ततः हामी साउदी अरेबियाको रियादमा आज पहिलो शुभारम्भ उडान गर्दैछौं । राष्ट्रिय ध्वाजाबाहकको यो… पुरा पढौ

२० वर्ष यताकै कमजोर बन्यो जापानी येन

डलरको तुलनामा जापनी येन २० वर्षयताकै कमजोर भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहानको सत्रमा एक्सचेन्जहरूमा प्रति डलर एक सय २७ येनमा कारोबार भइरहेको छ। जापानी नीति निर्माताहरूले डलरको तुलनामा जापानी मुद्रा (येन) मा भइरहेको अवमूल्यनलाई लिएर चिन्ता जनाइरहेका छन्। प्रति डलर एक सय ३० येनभन्दा कम विनिमय दर हुने अवस्था आएमा कतिपयले जापानी सरकारले मुद्रा खरिद गरेरै हस्तक्षेप गर्नुपर्ने यसअघि नै बताएका थिए।यस्तो हस्तक्षेप गनुपर्ने मुद्रासम्बन्धी जानकार इसुकी स्याखाकिबाराले बताउँदै आएका छन्। येन डलरको तुलनामा दुई दशकयताकै न्यून भइरहँदा यसले… पुरा पढौ

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले अन्तरिम आदेश जारी गर्दै छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । इजलासले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्न समिति गठन गरिएको भन्दै सरकारको निर्णय खारेजीको मागसहित गभर्नर अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन… पुरा पढौ

६६ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ 

काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजनालाई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको महाबौद्ध, न्युरोड र कलंकीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका २२ वर्षीय अनुप मिश्र, काभ्रेका २४ वर्षीय दिपेश थापा र काठमाडौं बाफलका २७ वर्षीय राहुल चचान छन् । उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको महाशाखाले जनाएको छ । प्रहरीकाअनुसार पक्राउ परेकामध्ये अनुप मिश्रले सन् २०२१ मेदेखि हालसम्म बाइनान्स खाता प्रयोग… पुरा पढौ

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन 

बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्। श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन्। अब… पुरा पढौ

बहुआयामिक आयोजनाको पक्षमा ऊर्जामन्त्रीको बोल्ड निर्णय, अब के हुन्छ ?

देशकै गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजनाले अब मुर्तता पाउने भएको छ। दलालका कारण राजनीतिक किचलोमा परेको यो आयोजनालाई नेपालले नै बढाउने अठोटसहित नयाँ निर्णय भएपछि यसले गति लिने विश्वास बढेको हो। कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको यो आयोजना नेपालले नै बनाउने गरी मन्त्रिपरिषदबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्णय गराएकी हुन्। ऊर्जा क्षेत्रमा यो बोल्ड निर्णयको चर्चा भइरहेको छ। कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१४ मा… पुरा पढौ

तथ्यहरु भन्छन्– जोखिममा परेको छैन मुलुकको अर्थतन्त्र, एमालेले राजनीति गर्न खोज्यो  

काठमाडौं । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ। यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरेको छ। अर्थतन्त्र समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सम्बद्ध तीन पूर्व अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर सरकारमाथि निशाना साँधे। यस बीचमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित हुनुभयो। अघिल्लो सरकारले शैक्षिक योग्यतासम्बन्धी विवादका बीचमा लगानी बोर्डका प्रमुख कार्यकारी रहेकै अवस्थामा अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो। प्रमुख… पुरा पढौ

रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्राउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् । दुई दर्जनभन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतबार भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए। “हामीलाई यतिबेला बिदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईंहरूले… पुरा पढौ

कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन: अर्थमन्त्री

अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रष्ट पार्नुभएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो ।‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उहाँले भन्नुभयो, ‘कतिपयलाई भने नेपालको… पुरा पढौ

नेपालमा गाँजा खुला हुने !

लागुऔषध नियन्त्रणको जिम्मेवारी बोकेको गृह मन्त्रालयले नै नेपालमा गाँजा खुला गर्न प्रक्रिया अगाडि बढाएको छ। गाँजा खेतीको अनुमति दिन मन्त्रालयले प्रस्ताव बनाएर अर्थ मन्त्रालय पठाइसकेको छ। नेपालमा २०३३ सालमा लागु औषध नियन्त्रण सम्बन्धी ऐन नै बनाएर गाँजा उत्पादन र सेवनमा प्रतिबन्ध लगाइएको थियो। पछिल्लो समय भने केही सांसद र गाँजा खुल्ला गर्ने पक्षका अभियन्ताहरूले व्यावसायिक उत्पादन खुल्ला गर्न माग गर्दै आएका छन्। मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायले  गाँजाजन्य पर्दाथ सम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौता र राष्ट्रिय… पुरा पढौ