अर्थतन्त्र

निषेधाज्ञाको कारण प्रसिद्ध कालीका भगवती मन्दिर सुनसान

बागलुङ / विश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे दाेस्राे भेरिएन्ट समुदाय स्तरमा फैलिएकाे भन्दै त्यसलाई लक्षित सरकारले देशमा निषेधाज्ञा जारी गरेपछि नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिर सुनसान हुन पुगेको छ ।दैनिक रूपमा हजारौं धार्मिक पर्यटक भित्रीने धार्मिक आस्थाको केन्द्र यतिबेला निषेधाज्ञाकाे चपेटामा पर्दा मन्दिरको दैनिक रूपमा हुने हजारौंको आम्दानी समेत गुम्न पुगेको छ । गण्डकी प्रदेश दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर १ काे रमणीय जंगलको बिचमाअबस्थित प्रसिद्ध कालीका भगवती मन्दिर काेराेना भाइरस… पुरा पढौ

काठमाण्डौ नारिता काठमाण्डौ उडान गर्ने नेपाल वायु सेवा निगमको योजना

जापान÷ नेपाल सरकारले अन्तराष्ट्रिय उडानलाई केहि खुकुलो पार्ने संकेत देखाएपछि नेपाल वायुसेवा निगमद्धारा नियमित काठमाण्डौ नारिता काठमाण्डौ उडान गर्ने योजना बनाएको छ ।कोविड–१९ को कारण देखाउदै जापान सरकारले नेपाली यात्रुलाई जापानमा कडाइ गरेपछि र नेपालमा अन्तराष्ट्रिय उडानमा कडाइ गरिएपछि नेपाल वायुसेवा निगमद्धारा काठमाण्डौ नारिता काठमाण्डौ उडान रद्द गरेको थियो ।जापानमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेकोले चार किसिमका नेपालीहरूलाई जापान आवतजावतमा सहज तुल्याउन सो उडान गर्न लागेको इसुमेघ टुर एण्ड ट्राभल्सले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।हालका लागि जापान… पुरा पढौ

झापामा बजेटको ओइरो

बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट आफ्ना क्षेत्र बिशेषलाई केन्द्रित गरि ल्याएको खुलेको छ । मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि पनि आपु केन्द्रीत बजेट ल्याउने रस्साकस्सीमा ५ नेता सफल भएका छन् ।सरकारले चुनावलाई हेरेर लोक रिझाउने बजेट मात्र ल्याएन, प्रधानमन्त्री र उनी निकट नेताहरुको गृह जिल्लाले बजेटमा राम्रै स्थान पाएको छ । पहुँच भएकाहरुको भागमा बजेटको बढी परेको देखिएको छ ।अर्थमन्त्री विष्णु पौडेलले गृहजिल्ला हो रुपन्देही, अध्यादेशमार्फत ल्याइएको… पुरा पढौ

गण्डकीमा विनियोजन विधेयक: स्वास्थ्यमा जोड, क्रमागत योजनातिर बढी ध्यान

पोखरा / बजेट ल्याउन पाउने सुनिश्चितता नहुँदानहुँदै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लािग विनियोजन विधेयक प्रस्तुत गरेको छ ।अर्थमन्त्री किरण गुरुङबाट सोमबार संसदमा प्रस्तुत विनियोजन विधेयक २०७४ का सिद्धान्त र प्राथमिकतामा कोभिड–१९ को महामारीको अन्त्यको लागि खोपको सुनिश्चिततालाई पहिलो प्राथमिकता दिइएको छ । अर्थमन्त्रीबाट प्रस्तुत विधेयकमा क्रमागत योजनाहरु सम्पन्न गर्ने,राजश्वको आन्तरिक श्रोतलाई बलियो बनाउने लक्ष्य लिइएको विधेयकमा समृद्ध नेपाल : सुखी नेपालीको नाराको व्यवहारिक कार्यान्व्यनको प्रतिवद्धता पनि व्यक्त गरिएको छ । अर्थमन्त्री किरण गुरुङले सम्भावित कोभिडको तेस्रो लहरको सामना, स्रोतको… पुरा पढौ

यस्तो छ आर्थिक वर्ष २०७८/०७९ को बजेट (पूर्णपाठ)

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।   यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले जानकारी दिए ।  आगामी आर्थिक वर्षका… पुरा पढौ

दश महिनामा २१ अर्ब बढीको सुन आयात, गत वर्षभन्दा ५७ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ। भन्सार विभाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको बैशाख मशान्तसम्ममा कुल २१ अर्ब करोड ८३ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ। दश महिनामा कुल ३० लाख १८ हजार ग्राम सुन नेपाल भित्रिएको छ। यसबाट सरकारले २ अर्ब ५ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको छ।  गत वर्ष १३ अर्ब रुपैयाँ बराबरको मात्रै सुन आयात भएकोमा यस वर्ष सुनको आयात ह्वातै बढेको छ। यस अवधिमा सुनको आयात गत… पुरा पढौ

मल र बिउबिजन नपाउँदा मकवानपुरका किसानलाई मर्का

मकवानपुर : भर्खरै मकै गोडिसकेकी हेटौंडा उपमहानगरपालिका–१२ की भगवती न्यौपाने अब धानको बिउ राख्ने तयारीमा छिन्। असारमा धान रोप्नका लागि यतिबेला बिउ राख्ने बेला भयो। तर, उनी बिउ नपाएर हैरान भएकी छिन्। मकै गोड्नुअघि पनि सबै मल हाल्ने उनले यस वर्ष मल नपाएपछि त्यतिकै मकै गोडेकी थिइन्। अहिले धानको बिउ राख्न पनि अभाव भएपछि उनी मानो रोपेर मुरी फलाउने बेलामा समस्यामा परेको छिन्। ‘मल नभए पनि जसोतसो मकै गोडेर भ्याइयो। अब त खेतमा धानको ब्याड राख्ने बेला पनि भयो। धानको बिउ… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए । पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

दीपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बनेका छन् । साढे २ दशकदेखि खेलकुद क्षेत्रमा क्रियाशील गोदारलाई बुधबार अध्यक्षमा मनोनयन गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । क्योकुशिन कराँतेबाट खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै आएका छन् । गोदार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका… पुरा पढौ