अर्थतन्त्र

याक एण्ड यति होटलले ४२ करोड रोयल्टी नबुझाएपछि इजाजत रद्द

सरकारलाई ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द भएको छ । पटक पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे स्तर वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ । इजाजत रद्द भएसँगै उक्त होटलको बैंक खातासमेत रोक्का भएको छ । पर्यटन मन्त्रालयले त्यस होटलको नाममा २०४८ पुस २२ मा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो । सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण… पुरा पढौ

ग्राहकको मन जिते मात्र व्यवसायीले सफलता हासिल गर्छ – चोखाल

सानै उमेरदेखि राजनीतिसँगै व्यवसायमा लागेका अर्जुन चोखाल अहिले स्थापित व्यवसायीका रूपमा चिनिन्छन् ।दसवर्षे सशस्त्र द्वन्द्वमा जेलनेल पनि भोगे । पछि फेरि व्यवसायलाई निरन्तरता दिएका उनी अहिले होटलबाट राम्रो आम्दानी गरिरहेका छन् । अब बागलुङमा थप सुविधासम्पन्न होटल चलाउने योजनामा छन् । व्यवसाय र राजनीतिमा केन्द्रित रहेर चोखालसँग गरिएको कुराकानी व्यवसाय कसरी सुरु गर्नुभयो ?नेपाल जडीबुटी केन्द्र नामक संस्था स्थापना गरेर २०५२ सालबाट व्यवसायमा लागेँ । हरिप जडीबुटी सप्लायर्स थियो । जडीबुटी संकलन, पहिचान र त्यसको संवर्धन गर्दै जाँदा २०५६ सालमा फेरि ४… पुरा पढौ

छ महिनामा विप्रेषण आप्रवाह घट्यो ४ खर्ब ६८ अर्ब भित्रियो

चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई तीन अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति… पुरा पढौ

भूमिहीन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासी धेरै

जिल्लामा भूमिहीन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासी झन्डै दसगुणा बढी देखिएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समितिको प्रारम्भिक अध्ययनको तथ्यांकमा ठूलो संख्यामा अव्यवस्थित रूपमा बसोबास गर्ने देखिएका हुन् । प्रारम्भिक अध्ययनले जिल्लाभर १ सय १० जना मात्रै भूमिहीन दलित र ३ सय ९३ जना भूमिहीन सुकुम्बासी रहेकोमा ४ हजार ५ सय २० जना अव्यवस्थित बसोबासी भेटिएका हुन् । ‘यो प्रारम्भिक अध्ययन मात्रै हो,’ जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले भने, ‘तर वास्तविक सुकुम्बासी धेरै नभएको भने प्रस्ट भएको छ ।’ आयोगले संकलन गर्ने तथ्यांक… पुरा पढौ

२०२१ मा जापानमा ५० लाखभन्दा बढी व्यक्तिको सूचना जानकारी चुहावट वा हराएको तथ्यांक सार्वजनिक

जापानी सन २०२१ मा सूचीबद्ध कम्पनीहरू र तिनीहरूका सहायक कम्पनीहरूको सूचना तथा जानकारी चुहावट वा हराउने घटनाहरू अघिल्लो वर्षको तुलनामा ३४ बाट बढेर १३७ पुगेको छ भने व्यक्तिगत सूचना चुहावटको संख्या ५७ लाख ४९ हजार ७ सय ७३ पुगेको एक सर्वेक्षणले देखाएको छ ।टोकियो शोको अनुसन्धान सर्वेक्षणका अनुसार सूचना तथा जानकारी चुहावट र हराएको बारेमा खुलासा गर्ने कम्पनीहरूको संख्या ३२ देखि १२० सम्म बढेको छ। घटनाहरूको संख्या र संलग्न कम्पनीहरूको संख्या दुवै २०१२ मा सर्वेक्षण पहिलो पटक लागू भएदेखि यता… पुरा पढौ

कारबाहीमा परे ११ बिमा कम्पनी

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६ र ७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई १० हजारका दरले जरिवाना गरिएको छ । यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा… पुरा पढौ

जापानमा तस्करबाट बरामद गरेको २४४ किलो सुन सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखियो

जापानको नागोया भन्सार कार्यालयले तस्करीका घटनामा बरामद भएको करिब २४४ किलोग्राम सुनलाई खुल्ला बोलपत्र आह्वानमार्फत सर्वसाधारणले खरिद गर्न सकिने गरि लिलामीमा राखेको भन्सार अधिकारीहरूले बताएका छन ।भन्सारले फेब्रुअरी ३ मा बोलपत्रको लागि एक विज्ञापन गरि फेब्रुअरी २४ सम्मका लागि आह्वान गरिएको सो बोलपत्र जापानमा एकै पटक सार्वजनिक लिलामीको लागि राखिएको सुनको सबैभन्दा ठूलो परिमाण भएको अधिकारीहरूले बताएका छन ।भन्सारमार्फत लिलामका लागि राखिएको सो परिमाणको सुन अगस्ट २०१६ देखि डिसेम्बर २०१८ सम्म सुन बरामद गरिएको थियो ।नागोया भन्सारका एक प्रतिनिधिले भने,… पुरा पढौ

सुस्ताएका पर्यटकीय क्षेत्रलाई ब्युझाउन सहयोगी बन्दै टिकटक एप्स

पछिल्लो समय नेपालमा टिकटक एप प्रति मानिसहरुको रुची बढ्दै गएको छ । मनोरञ्जनका लागि तथा सूचना समाचारका लागि समेत यो माध्यम प्रभावकारी बन्दै गएको पाइन्छ । यस संगै टिकटकको माध्यमबाट सुस्ताएका पर्यटकीय क्षेत्र, ग्रामिण बस्ती तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रहरुको प्रचार प्रसार संगै पर्यटकको आगमन बृद्धि गर्न पनि फाईदा पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।प्रतिभा प्रदर्शन गर्न, कलाकारिता, राजनीति देखि व्यक्तिगत समस्याका बिषय पनि टिकटक एप्समा अहिले छरपस्ट देख्न पाइन्छ । अहिले टिकटक सबैको रुचीको बिषय समेत बन्दै गएको छ… पुरा पढौ

राष्ट्रिय झण्डा सहित पर्यटन क्षेत्रको प्रचार, हिउँमा रमाउदै पर्यटक 

सामाजिक संजालहरु टिकटक र फेसवुकमा नेपालको झण्डा र झोला सहित हिउँमा हिडेको तस्वीर अधिकाशं आन्तरिक पर्यटकले समाजिक संजालमा पोष्ट गरेपछि एकाएक चर्चामा आए। ति सबै समाजिक संजालको पोष्टमा गरिएको प्रतिक्रिया हो, आहा कति सुन्दर, यो ठाँउ कहाँ होला ? त्यो ठाँउ हो कालिलेक । बिहिवार देखी अविरल बर्ष संगैं हिमपात भएपछि गलकोटका अधिकासं पहाडहरु हिउँले सेताम्मे भएका थिए शुक्रबार भने निरन्तर बर्षा भएकोले हिउँ खेल्न जानेहरुले योजना बनाउन सुरु गरे । कतिपयले गलकोट सहित देशका बिभिन्न ठाँउमा हिउँ खेलेको फोटो… पुरा पढौ

बागलुङ बजारमा ११ करोड लगानीमा बसपार्क, तर प्रयोग विहिन

झन्डै २० वर्ष अघिदेखिको योजना अनुसार बागलुङ बसपार्क निर्माण भएको छ । तर काम सकिएको एक वर्ष पुग्न लाग्दा पनि बागलुङ बसपार्क प्रयोगविहीन भएको छ । बस, जिप र ट्यांक्सी पार्क गर्नुपर्ने स्थानमा पशुबस्तु र मानिसको जमघट हुने गर्छ । बसपार्क बनाए पनि जाने मुख्य सडक नै नभएपछि प्रयोगविहीन भएको हो । झन्डै ११ करोड लागतमा निर्माण भएको बसपार्क जाने सडकका लागि जग्गामा किचलो परेकाले कामै नभएको स्थानीयले बताए । बागलुङ नगरपालिका–४ मा रहेको बसपार्क बनाउन स्थानीयले निःशुल्क जग्गा दिएका थिए । जग्गा दिएका उपभोक्ताले कम्तीमा… पुरा पढौ