नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले जनयुद्ध दिवसको उपलक्ष्यमा आयोजना गर्यो चियापान कार्यक्रम

-


     जनहित न्युज    
     फागुन १ गते २०७८


नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ । चियापान र शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरि दिवस मनाएको हो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द) बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ ले सामन्ती र औपनिवेशीक व्यवस्था अन्त्य गरी स्वाधीन जनवादी व्यवस्था स्थापनाको लागि जनयुद्ध सुरु गरेको बताए ।

सवै वर्गको अधिकार स्थापित गर्न जनयुद्धको भएकोले जनयुद्धबाट प्राप्त उपलव्धीको संस्थागत गर्न आवश्यक रहेको बताए ।

जनयुद्धको बलमा नेपालमा परिर्वतन संम्भव भएको हो गैरे भने ।

यदि माओवादी आन्दोलन र जनआन्दोलन एकीकृत नभएको भए नेपालको तीन वर्ष पुरानो सामन्ती व्यवस्थाको अन्त्य हुने पनि थिएन र नेपालमा गणतन्त्र आउने पनि थिएन गैरे बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गण्डकी

प्रदेशका उपाध्यक्ष अर्जुन चोखाल, बागलुङ उद्योग वाणिज्य संघका उपमहासचिव थानेश्वर सुवेदी,नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष संजय श्रेष्ठले लगाएतका बक्तले जनयुद्धको जगमा नेपालमा ठुलो राजनीतिक परिवर्तन पछि नेपाली राजनीतिलाई नयाँ कोषमा रुपान्त्रण गरेको बताएका थिए ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला समिति बागलृुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला समिति बागलुङको कार्य समिति सदस्य राजु खड्काको संचालनमा सम्पन्न भएको थियो ।

नेपालको राजनैतिक,सामाजिक,साँस्कृतिक र आर्थिक परिर्वतनको लागि महत्वपूर्ण योगदान र बलिदान दिएको राजनैतिक परिघटना सुरु भएको फागुण एक गतेलाई दिवसको रुपमा मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?