अप्रिल १ देखि जापानको नारितामा काठमाडौंबाट साताको दुई उडान हुने

-


     जनहित न्युज    
     चैत्र १ गते २०७८


काठमाडौँबाट जापानको नारितामा अब साताको दुई उडान हुने भएको छ ।
नेपाल एयरलाइन्सले आगामी १ अप्रिलबाट नारितामा साताको मङ्गलवार र शुक्रबार उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । पछिल्लो समय निगमले कोभिड(१९ को महामारीपछि गुमेका आफ्ना गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।
सोही क्रममा अब जापानमा साताको दुई उडान हुने भएको हो । यसले जापान जाने–आउने नेपाली नागरिकका साथै पर्यटकको आवागमन समेत सहज बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?