जापानको नागोयामा दुई दिने नेपाल फेस्टिवल भब्यताका साथ सम्पन्न

-


     जनहित न्युज    
     भाद्र २० गते २०७९


जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको दुई दिने नेपाल फेष्टिवल सम्पन्न भएको छ।

सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आइतबार सम्पन्न नेपाल फेष्टिबल सोचे भन्दा पनि सफलता पूर्वक सम्पन्न भएको एनआरएनए नागोयाका उप -संयोजक भेषनाथ गौतमले बताए । फेस्टिवलमा पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिए पछि फेष्टिवलमा दर्शकहरुको घुईचो लागेको थियो।

फेस्टिवलमा १ करोड दश लाख येनको हाराहारीमा आर्थिक संकलन भएको र छिटैं हिसाब सार्वजनिक गरिने बताइएको छ। नागोयामा भएको नेपाल फेष्टिवलको हरेक कारोवार बैंकबाट गरिएको फेष्टिवलका आर्थिक संयोजक डिलाराम खरेलले बताए । हरेक गतिविधी आर्थिक पारदर्शीता अनिवार्य हुने उनी बताउँछन । चाडै नै फेष्टिवलको हिसाब किताव सार्वजनिक गर्छौं उनले भने।

जापानको नागोयामा अवस्थित तोकाई वाटिका इन्टरनेशनल स्कूलका अध्यक्ष डा सुदिप अधिकारीले फेष्टिवल जापानमा भएका नेपालीका फेष्टिवल मध्ये उत्कृष्ट रहेको बताउछन् । फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु राखिएका थिए। एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिवलमा जापानीजहरूले पनि मनोरञ्जन लिई रहेका देखिथ्यो । फेष्टिवलमा बारतली भएको नेपाली घरमा फोटो खिच्नेको भिड देखिथ्यो।

फेष्टिवलको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा मिलेन्द्र रिजालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता फेष्टिबल आयोजक समिति संयोजक दिपक कार्कीले गरेका थिए । फेष्टिवल सकिए पछि पनि राति अबेरसम्म फोहर मैला व्यवस्थापनमा फेष्टिवल आयोजक समितिका संयोजक दिपक कार्की एवं अन्य पदाधिकारी लागेका देखिन्थे । फेस्टिवल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई कार्कीले धन्यवाद ज्ञापन गरेका छन्।

राजधानी टोकियोबाट फेष्टिवल अवधि भर रिपोटिङ्गका लागि नागोयामा रहेका पत्रकार नारायण रिमालले समग्रमा फेष्टिवल सफल भएको बताएका छन्। उनका अनुसार नागोयाको नेपाल फेष्टिवल २०२२ साँचि कै सफल भएको मैले पाए ,केही व्यवस्थापकीय कमजोरी रहे पनि फेष्टिवल सफलता पूर्ण सफल रहेको उनको ठम्याई छ।

जापानमा नेपाल चिनाउने कार्यमा यो फेष्टिवल जापानीहरूको उल्लेख्य उपस्थिति रहनु र नागोया शहरको मेयर र गभर्नरको उपस्थित हुनुलाई आयोजकको कडा मेहनतको रूपमा मैले लिएको छु जुन अत्यन्तै सकारात्मक पक्ष हो रिमालले भने ।

त्यस्तै फेव्टिवल अवलोकन गर्न आएका नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेले पनि नागोयाको नेपाल फेष्टिवल सफल भएको बताउँछन् । फेष्टिवलमा नेपाली सहित उल्लेखनीय जापानीजको उपस्थिति रहेको उनको भनाई छ। नेपाल चिनाउने यो अभियानमा अझैं जापनिजलाई नेपाल जादा र बसाईको क्रममा लाग्ने खर्च एवं विविध जानकारी राख्दा अझै राम्रो हुने उनको सुझाव छ ।

त्यस्तै फेष्टिवलमा कुनै झैं झगडा नभई शान्तिपूर्ण समापन भएकोमा सारै खुसी लागेको फेष्टिवल स्वयम सेवक समितिका संयोजक तथा किक बक्सिङ्ग प्रशिक्षक देब घिमिरे बताउँछन । संस्थागत तथा व्यक्तिगत रूपमा स्वयम सेवकमा खटिएका सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।

फेष्टिवलमा नेपालबाट आएका चर्चित कलाकारहरु बद्रि पंगेनी, सम्झना भण्डारी र राजु लामा लगाएत स्थानीय कलाकारहरुले स्टेज तताएका थिए।दर्शकहरु उनीहरूको प्रस्तुतिमा मस्त देखिन्थे। फेष्टिवल उद्घाटन पूर्व पञ्चेबाजा सहित बिभिन्न जनजातिहरुको झाँकीले फेस्टिवल परिसर परिक्रमा गरेका थिए।

फेष्टिवलमा केहि सुधार गर्नुपर्ने पक्ष रहेको र तिनलाई सुधार गर्दै लैजाने बताउँदैं फेष्टिवल सम्पन्न गर्न अहोरात्र खटिएका आयोजक समितिका साथीहरु एवं सहयोग दाता, कलाकार एवं सम्पूर्ण दर्शकलाई एनआरएनए जापानका सचिव समेत रहेका फेष्टिवल मूल आयोजक समितिका सचिव श्याम शितलले धन्यवाद ज्ञापन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?