जापानमा नेपाली दक्ष-जनशक्तिको परिचालनका बारेमा अन्तरक्रियात्मक वेबिनार हुने 

-


     जनहित न्युज    
     भाद्र ५ गते २०७९


जापानमा नेपाली दक्ष-जनशक्तिको परिचालनका बारेमा जानकारी लिनेदिने उद्देश्यले अन्तरक्रियात्मक वेबिनार हुने भएको छ ।
जापान स्थित नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ जापान र जापान लिडिङ एज फाउन्डेसन (JLEF)को संयुक्त आयोजनामा “जापानी व्यवसायहरुको लागी नेपाली दक्ष-जनशक्तिको संभावना” को विषय हुने सो वेबिनारमा राम्रो जापानी भाषा जान्ने या नर्सिङ केयर, आतिथ्य व्यवसाय, कृषि लगायतका क्षेत्रमा कामदारको खोजीमा रहेकाहरूले सहभागिता जनाउन सकिने एनआरएनए जापानका प्रवक्ता सुभाष लामिछानेले जानकारी दिए ।
प्रवक्ता लामिछानेका अनुसार अगस्ट २३ तारिख अर्थात् आगामी मंगलबार हुने सो वेबिनारमा नेपाली दक्ष-जनशक्तिको परिचालन कसरी गर्न सकिन्छ भन्ने सोचमा रहेका व्यावसायी र त्यससँग चासो राख्नेहरूले विस्तृत रूपमा जानकारी लेनदेन गरि अनुभव र प्रक्रियाको बारेमा समेत जानकारी हुने भएकोले सहभागिताको लागि आग्रह गरेका छन ।
कार्यक्रममा सहभागिताको लागि तोकिएको लिंक वा प्राप्त क्यूआर कोडबाट आफ़्नो विवरण भर्नुसकिने बताईएको छ । सो कार्यक्रम नेपाली राजदुतावास, एनआरएनए जापान र विभिन्न मिडियाका पेजहरुबाटफेसबूकमा LIVE प्रशारण हुने र इच्छुकहरूलाई जान्न बुझ्न मन लागेका कुरा या कार्यक्रम सम्बन्धी केही जिज्ञासाहरु भएमा सोहि फेसबूकको मेसेज बक्स या कमेन्ट बक्समा गएर पनि सोध्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?