
जापानी युवाहरूले अल्कोहल जन्य पदार्थ निकै कम सेवन गर्ने गरेकाे भन्दै सरकारले मदिरा अभियान सुरु गरेको छ। युवा पुस्ताहरूले मदिरा जन्य पदार्थको प्रयोग कम गरेपछि मदिरा अभियान सुरु गरेको हो ।
युवा पुस्ताले आफ्ना आमाबाबुको तुलनामा कम मदिरा पिउने गरेको यो कदमले पेय पदार्थहरूबाट कर संकलन घटेको भन्दै सरकारले नयाँ मदिरा पिउन प्रेरित गर्ने अभियान सुरु गरेको जनाएको छ।
सेक भाइवा!’ अभियानले यस्ता मदिराजन्य पेय पदार्थलाई खपत बढाउने र उद्योगलाई बढावा दिने योजना ल्याउने आशा लिइएको छ। जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन गरेको ‘सेक भिभा’ अभियानमा २० देखि ३९ उमेर समूहका युवाहरुलाई मदिरा सेवन गर्न प्रोत्साहति गर्न प्रस्ताव ल्याउन भनेको छ ।यस उमेर समूहका मानिसहरूले आफ्नो बिजनेस आइडिया समेत सेयर गर्न सक्नेछन्। कोभिड १९ ले आशिंक रुपमा वृद्ध जनसंख्यामा समेत मदिरा बिक्रीमा गिरावट आएको जनाएको छ।
जापानको मदिराको बजार संकुचन भइरहेको र घट्दो जन्मदर पनि यसको कारक रहेकोले यस अभियानबाट थप सहयोग पुग्न सक्ने अपेक्षा गरिएको छ।
कर एजेन्सीको तथ्याङ्कअनुसार सन् १९९५ मा एक व्यक्तिले एक वर्षमा कम्तीमा १०० लिटर मदिरा सेवन गर्थे। तर, सन् २०२०सम्म आइपुग्दा त्यो ५७ लिटर प्रतिवर्षमा झरेको छ । र, कोरोना भाइरस महामारी त्यो दर अझै घटेको बताइन्छ ।
मदिरामा लाग्ने करबाट हुने राजस्व पनि घटेको छ । जापान टाइम्स अखबारका अनुसार, सरकारले १९८० मा कुल राजस्वको ५ प्रतिशत यही मादक पदार्थको बिक्रीबाट उठाउने गरेको थियो । तर २०२० मा मात्र यो मात्रा १.७ प्रतिशतमा सीमित रहन पुगेको छ।
विश्व बैंकको अनुमान अनुसार जापानको जनसंख्याको लगभग एक तिहाइ (२९ प्रतिशत) ६५ वर्ष माथिका छन् जुन विश्वका अरु देशको तुलनामा उच्च हो।