अर्थतन्त्र

अर्थतन्त्र सुदृढ बनाउने बजेटका २८ लोकप्रिय कार्यक्रम

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९-८० को बजेट १५ जेठमा संघीय संसद्को दुवै सदनमा पेश गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको थियो । परम्परागत रुपमा रहेको आयातमुखी अर्थतन्त्रलाई स्वदेशमै उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन विभिन्न २८ वटा लोकप्रिय कार्यक्रम ल्याएपछि अहिले प्रमुख प्रतिपक्षी नेकपा एमोले यसको बिरोधमा छ ।गठबन्धन सरकारमा माओवादीको तर्फबाट अर्थमन्त्री रहनुभएको जनादर्न शर्मा प्रभाकरलाई प्रायोजित रुपमा असफलत देखाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले एकपछि अर्को कपोलकल्पित र झुटका घटनाहरुको साहारा लिइरहेको छ ।अर्थमन्त्री शर्माले १५ जेठमा आगामी… पुरा पढौ

गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको विरोध गरे-जनार्दन शर्मा प्रभाकर अर्थमन्त्री

देशको बर्तमान आर्थिक अवस्थालाई हाम्रो क्षमता, स्रोत साधन, जनशक्ति र हामीसँग भएको पुँजीलाई प्रविधिसँग एकाकार गरेर जानुपर्ने आजको आवश्यकता हो । यसलाई परिचालन गरेर मात्र हामी हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्न सक्छौँ । यी नै उपकरणको अधिकतम प्रयोगबाट हाम्रो अर्थतन्त्रलाई सबल बनाउन सक्छौँ भन्ने ध्येयका साथ आर्थिक वर्ष ०७९-८० को बजेट आएको छ ।मुलुकको अर्थतन्त्रलाई ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ, बञ्चितिकरणबाट समावेशीतातर्फ’ प्रस्थान गर्ने गरी बजेट प्रस्तुत गरिएको छ । मुख्यगरी देशको अर्थतन्त्रका बारे चिन्तित भएको कुरा बाहिर आइरहेको छ… पुरा पढौ

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेपछि आफूहरुले पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९–९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल र… पुरा पढौ

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्छ-महामन्त्री गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए । उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताए । उनले भने,‘अहिले अर्थ मन्त्रालयले सिसिटिभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले… पुरा पढौ

जापानी येनको गिरावटसंगै आईफोन र आईप्याडको २५ प्रतिशतसम्म जापानमा मूल्य वृद्धि

जापानी येनको मूल्यमा तीव्र गिरावट आइ असामान्य अवस्था आएको जनाउदै एप्पल कम्पनीद्वारा उत्पादित आफ्ना आईफोन र आईप्याडहरूको जापानमा मूल्य बढाएको छ।जापानको कमजोर स्थानीय मुद्राले गर्दा एप्पलले असाही समूह होल्डिङ्सदेखि लसनसम्मको खुद्रा ब्रान्डहरूको बढ्दो सूचीमा सामेल गरि बढ्दो उत्पादन लागतको सामना गर्न इलेक्ट्रोनिक्सका अन्य निर्माताहरूबाट मूल्य वृद्धिको सामना गर्न एप्पलले यो कदम चालेको बताएको छ ।क्युपर्टिनो क्यालिफोर्नियामा आधारित टेक दिग्गजले आफ्नो देशमा रहेका मोबाइल ग्याजेटहरूको मूल्यमा २५ प्रतिशतसम्म मूल्य वृद्धि गर्दा आइफ़ोन-१३ को प्रारम्भिक मूल्य ¥ १ लाख १७ हजार ८… पुरा पढौ

बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु

गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको सुरु भएको हो । यसैबीच बागलुङ बजार क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेतीको सुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् । बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती बागलुङमा सुरु भइसकेको छ । एक वर्षअघि मात्रै बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका थिए । त्यस लगतै गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको… पुरा पढौ

जापानको पर्यटन व्यवसाय छाडेर अंगुर खेतीलाई उद्योगसम्म फैलाएका कुमार

उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौं’ भन्ने भावना त्यसबेला नै पलाएको थियो। निरन्तरको स्वअध्ययन, परीक्षण, मेहनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ। जापानको पर्यटन व्यवसाय छाडेर नेपाल फर्किएका व्यवसायी कार्की अनेक चुनौती मोल्दै स्वदेशकै माटोमा नयाँ उद्योगीका रूपमा उदाउन सफल भएका छन्।  नेपालमा कृषि पर्यटनको विकास र विस्तार गर्ने सोचअनुरूप व्यावसायिकरूपमा अंगुर खेती तथा प्राकृतिक (अर्ग्यानिक) वाइन उत्पादन उद्योग खोलेर निर्यात… पुरा पढौ

खाद्यान्नको मूल्य वृद्धिप्रति जापानी नागरिक आक्रोशित बन्दै गएका छन्: अध्ययन

जापानी घरपरिवारहरू खाद्यान्न र दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यप्रति आक्रोशित र असहनशील बन्दै गएको बैंक अफ जापान(BOJ)को तथ्यांकलाई विश्लेषण गरेको एक अनुसन्धान कम्पनीको सर्वेक्षणले देखाएको छ ।Mizuho Research & Technologies Ltd. ले BOJ द्वारा सार्वजनिक तथ्यांकमा आधारित रहेर घरायसी खर्च सर्वेक्षणको विश्लेषणले गर्दा गभर्नर हारुहिको कुरोदाले जुन महिनाको सुरुवातमा उपभोक्ताहरू बढ्दो मूल्यहरूप्रति "सहिष्णु" भइसकेका छन् भनी टिप्पणीको विपरीत रहेको देखाएको छ ।कुरोदाले सो अभिव्यक्ति व्यापक विरोध पछि फिर्ता लिन र माफी माग्न बाध्य भएका थिए ।सर्वेक्षण गर्ने कम्पनीले खाना र… पुरा पढौ

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा 

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको जानकारी दिए।  सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १६३ कायम भएको छ।  सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४… पुरा पढौ

बागलुङका सबै पालिकाले ल्याए आव ०७९/०८० को बजेट 

बागलुङ– बागलुङका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् । कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक… पुरा पढौ