टोकियोमा ट्राभल अनुदान अभियान सेप्टेम्बर १ बाट पुन: सुरु

-


     जनहित न्युज    
     भाद्र ४ गते २०७९


टोकियो महानगर सरकारले सेप्टेम्बर १ तारिखबाट आफ्ना बासिन्दाहरूको लागि ट्राभल अनुदान अभियान पुन: सुरु गर्ने भएको छ ।
नयाँ कोरोनाभाइरसको संख्यामा व्यापक वृद्धि हुन थालेपछि गत जुलाईको अन्त्यसंगै यसलाई अभियानलाई रोक लगाएको सरकारले सेप्टेम्बर १ देखि अक्टोबर १ सम्म जारी रहने गरि पुन संचालन गर्न लागेको बताएको छ ।
अभियान संचालनको अवधिमा टोकियो भित्रको यात्रा गर्नेहरूलाई मात्र यसले समेट्ने छ ।यात्रालाई बढ़ावा दिइ आर्थिक कारोबारमा वृद्धि ल्याउन प्रोत्साहन गर्ने उद्देश्यसहित संचालन गर्न लागिएको यस अभियानमा प्रति व्यक्ति पाँच रातको यात्रा ट्रिप अन्तरगत प्रति रात ६००० येन बढि खर्च गरिएमा प्रति व्यक्ति ५००० येनसम्म आर्थिक सहायता प्रदान गरिने बताईएको छ । भने एक दिने यात्राको क्रम अन्तरगटक एक रातमा बढिमा ३००० येन खर्च गरेमा प्रतिव्यक्ति २५०० येन प्रोत्साहन रकम प्रदान गरिने बताईएको छ । यसका लागि दर्ता भएको ट्राभल एजेन्ट वा होटल मार्फत बुक़ीङ गरिएको हुनुपर्ने पनि बताईएको छ ।
यस अभियानमा सहभागी हुन चाहनेले आफ्नो टोकियो भित्रको ठेगानासहितको पहिचान प्रमाण देखाउनुपर्दछ साथै उनीहरूले कोभिड-१९ खोपको तीन शटहरू प्राप्त गरेको वा पीसीआर वा एन्टिजेन परीक्षण मार्फत कोरोनाभाइरसको लागि नकारात्मक परीक्षण गरिएको अनिवार्य पेश गर्नुपर्ने हुनेछ ।
यसको थप जानकारीको लागि, Motto Tokyo वेबसाइटमा जानुहोस् वा 03-5484-5881/5882 मा बिहान १० बजेदेखि साँझ ७ बजेको बीचमा कल गरेर जानकारी लिन समेत सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?