समाज

जापानमा जनसंख्या क्रमिक रूपमा घट्दो, बच्चा जन्माउनुलाई महिलाहरूले दबाबको रूपमा लिने गरेको खुलासा

जापानमा बढ्दो संख्यामा महिलाहरूले आफ्नो जीवनभर अविवाहित रहने र विवाह गरेपनि बच्चा नजन्माउने छनौट गर्ने र बच्चा जन्माउनुलाई महिलाको लागि दबाबको रूपमा महशुस गर्ने गरिरहेका छन्। जीवनशैली र पारिवारिक संरचनामा बढ्दो विविधताको बावजुद धेरै महिलाहरूले अझै पनि विवाह र बच्चा जन्माउने परम्परागत सामाजिक अपेक्षाहरू पूरा गर्न दबाब महसुस गर्ने गरेका छन ।  ४० वर्षमा दबाब कम हुन्छ ४६ वर्षीया मूर्तिकार नाओ सावाले आफू सानै छँदा उनकी आमाले उनलाई दिनहुँ दुर्व्यवहार गर्ने बताइन्। "मलाई थाहा छैन (बच्चाहरूलाई कसरी माया गर्ने)। सबैभन्दा… पुरा पढौ

जापानमा सन् २०३० सम्म गर्मीबाट हुने मृत्यु आधा घटाउने लक्ष्य

जापान सरकारले मङ्गलबारबाट पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ । मन्त्रिपरिषदद्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानून परिमार्जन गरिएको छ । योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आह्वान गर्ने योजनामा समावेश छ । त्यसैगरी अत्यधिक… पुरा पढौ

अज्ञात समुहले दिउसो साढे १२ बजे एनएमबी बैंकको शाखामा लुटपाट

महोत्तरीमा अज्ञात समुहले बैंक लुटेका छन्। हातहतियार सहित पुगेको समुहले मोहत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा लुटपाट गरेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ५/६ जनाको समुहले बैंकमा रहेको ३८ लाख रुपैयाँ लुटेर फरार रहेको खुलेको छ। मंगलवार साढे १२ बजेतिर नकावधारी समुह बैंक छिरेको थियो। 'बैंकले दिएको जानकारी अनुसार ३८ लाख रुपैयाँ लिएर फरार भएको भनिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,' मधेश प्रहरी प्रदेशका एसएसपी महेन्द्रकुमार श्रेष्ठले भने। बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटेपछि उनीहरु मोटरसाइककलमा बसेर भागेका थिए।… पुरा पढौ

पाँचपटक म्याद थप्दा पनि कालोपत्र भएन मध्यपहाडी लोकमार्गको अक्षते–घोडाबाँधे सडक

साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन। विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन नसकेको हो।  निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम नगर्दा  स्थानीय सास्ती ब्यहोर्न वाध्य छन्।  यस खण्डअन्तर्गत पर्ने २५ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर मात्रै कालोपत्र भएको छ। वर्षौँदेखि सडक कालोपत्र नहुँदा सडक वरपरका स्थानीय र यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्दै… पुरा पढौ

के सबै सहकारी इमेज र शिव शिखर जस्तै हुन ?

पछिल्लो समय विश्वभर वित्तीय संकट देखिएको छ, महाशक्ति सम्पन्न राष्ट्र भनिने अमेरिकामा त बैंक टाट पल्टेका खबरहरु आइरहेका छन् भने नेपाल जस्तो देशमा त्यसको प्रभाव नपर्ने कुरै भएन । ​वित्तीय क्षेत्रमा देखिएको संकटसंगै नेपालको सन्दर्भमा बैक तथा वित्तीय संस्था र सहकारीमा पनि यसको प्रत्यक्ष असर परेको छ । बैंक तथा वित्तीय संस्थाको नियमन अनुगमन गर्ने निकाय नेपाल राष्ट्र बैंक भएका कारण मान्छेहरुलाई विश्वास भएको देखिन्छ, यद्यपी बैंक तथा वित्तीय संस्थाका कतिपय गतिविधिले शंका गर्ने अवस्था पनि देखिएको छ । ​​समुदायका… पुरा पढौ

जापानको ओसाकाको समुद्री किनारामा फेला परेको शव बेपत्ता आरती खनालको रहेको पुष्टि

में ८ मा समुद्री किनारा नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी नेपालको चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको छ ।सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परिक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासंग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साघुरो बनाउदै डीएनए परीक्षणका लागि अस्पतालमा… पुरा पढौ

जापान पठाउने भन्दै साढे २ करोड ठगी गर्ने अजयकुमार पक्राउ

कोटामा जापान जान पाउने प्रलोभनमा ३६ जना ठगिएको घटना सार्वजनिक भएको छ।उनीहरूबाट दुई करोड ५३ लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी पक्राउ परेका छन् । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २… पुरा पढौ

सहकारीको रकम हिनाबिनाको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ‘म नआउन्जेल कार्यवाहक चलाउनू’ भन्ने पत्र टेबुलमा छोड़ेर फरार

आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन्। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए। ‘शुक्रबार म एउटा कार्यक्रममा गएको थिएँ। आज बिहान कार्यालय जाँदा त मेरो टेबलमा कार्यवाहक दिइएको पत्र थियो,’ कायतले भने,‘उहाँले कहाँ गएको भन्नुभएको छैन। म नआउन्जेल कार्यवाहक चलाउनू मात्र लेख्नुभएको छ।’ नेपालीले सेयर सदस्य र बचतकर्ताहरुको दुई तीन अर्ब रकम अपचलन गरी भागेका छन् । शुक्रबारदेखि… पुरा पढौ

प्रवासमा बढ्दैछन् असमझदारी, किन टुट्दैछन् वैवाहिक सम्बन्धहरू !

सृष्टिको सुरुवातमा महिला र पुरुषको परिकल्पना गर्नुको अर्थ महिलाले घर सम्हाल्ने र पुरुषले जहान परिवार पाल्ने मनसायले भएको हुन सक्छ। तर एक्काइसौ शताब्दिमा आईपुग्दा पुजिवाद,औधोगिकरण, महिलाबाद, उपभोक्ताबाद जस्ता अनेक बादका कारण’अर्को जेनेरेसन ‘ तयार पार्ने जिम्मेबारी सँगसंगै महिलामा अरु पनि जिम्मेबारी थपिए ।  विवाहलाई सस्थागत गर्ने नाममा विवाह भएको दिन देखि महिला त्यो पुरुषको ‘स्वामित्व बस्तु’ मा परिणत भयो। यस्तो हुँदा सम्बन्धमा समभाव हुने त कुरै भएन। जसले गर्दा धेरै जसो सम्बन्धहरुमा एक खालको ‘प्रतिस्पर्धा’ देखिन थाल्यो। नेपालमा यस्तो प्रतिस्पर्धा… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

वरपर जंगल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुंगीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ ।  बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । १ हजार ३२६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक… पुरा पढौ