समाज

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिकाको फरक फरक दुई स्थानमा  चट्याङ लागेर दुई जनाको मृत्युु भएको हो ।  शनिवार बेलुका करिब ५ बजेको समयमा चट्याङ लाग्दा दंगीशरण गाउँपालिका वडा नम्बर ६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख समेत रहनुभएका मल्लका अनुसार समिरलाई कामको सिलसिलामा खेतमा गएका समयमा चट्याङ लागेको थियो ।  यस्तै सोही समयमा चट्याङ… पुरा पढौ

अपमानित भएपछि थर परिवर्तन गर्ने कुमाल जाति बढे

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा रहेका २ सय घर धुरी कुमाल जातिले आफ्नो थर प्रति अपहेलना भएको भन्दै थर परिवर्तन गर्ने क्रम बढेको छ । कुमाल जातिले आफ्नो थर कुमाल प्रति अपहेलित महसुस गरि विगत देखि न‌ै थर परिवर्तन गरि राना र थापा लेख्दै आएका छन् । सो क्रम अहिले पनि जारी रहेको स्थानीय युवा तथा शिक्षक झलक थापा कुमालले बताउनुभयो । ब्राह्मण समाजमा बसेकोले विभिन्न कार्यक्रम र सभा ,भोज भतेरमा सँगै बस्न खान नमान्ने,सदरमुकाम तिर कोठा नपाउने जस्ता समस्या भएपछि… पुरा पढौ

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र १२ जना घाइते, मृतक सबै एकै गाउँका

 गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्। दुर्घटनामा परी सहिद लखन गाउँपालिका-५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन-४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन्। उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर… पुरा पढौ

‘म सबै कामदारहरूलाई नरकमा हाल्छु’ भनेर आसाहीलाई ईमेलमार्फत धम्की दिने व्यक्ति पक्राउ

जापानको राष्ट्रिय दैनिक प्रकाशक द असाही शिम्बुन कम्पनीको टोकियो मुख्यालयमा धम्कीपूर्ण इमेल पठाएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग बताएको छ।शिजुओकाको एओई वार्ड शहरमा बस्ने ५० वर्षीय युसुके नाकामुरालाई व्यवसायमा जबरजस्ती अवरोध गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाई छ।प्रहरी अनुसार संदिग्ध व्यक्तिले टिभी स्टेशन र रुसी दूतावासलगायत दर्जनौं स्थानमा एउटै सामग्रीसहितको इमेल पठाएको हुनसक्ने अनुमान गरिएको छ । "तिनीहरूका लेखहरू मेरो विश्वाससँग मेल खाएनन्, मलाई लाग्यो मैले रूसी दूतावासलाई इमेल गरें, त्यहि इमेलहरू असाही शिम्बुनलाई पठाएको हुनसक्छ ।"… पुरा पढौ

पूर्वी नेपालमा बाढीको वितण्डा: पहिरोले पुरिएर बेपत्ता भएको खोजी तीव्र

मनसुन सुरु भएसँगै पूर्वी नेपालमा भारती वर्षा भइरहेको छ। वर्षासँगै कयौं जिल्लामा बाढी पहिरो गएको छ। हालसम्म बाढीका कारण संखुवासभामा एकजनाको मृत्य भएको छ भने २० जनाभन्दा बढी बेपत्ता भएका छन्। चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिइसकेका छन्। उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक… पुरा पढौ

किन जापानमा लाखौं घर खाली छन्?

यो वर्ष सन् २०२३ को जनवरीमा जापानको राजधानी टोक्योका बासिन्दाहरुका लागि सरकारले निकै आकर्षक प्रस्ताव अघि सार्‍यो । जस अनुसार यदि त्यहाँका मानिसहरु सहरी इलाका छाडेर बाहिरी क्षेत्रमा बस्न चाहने हो भने ती परिवारलाई प्रति सन्तान दश लाख येन अर्थात् करिब ७ हजार डलर दिइनेछ । यसका लागि परिवारको कम्तिमा एक सदस्यको जागिर हुनुपर्ने र ग्रामीण क्षेत्रमा आफ्नो व्यापार सुरु गर्ने बाचा गर्नुपर्ने सर्त रहेको छ । यदि त्यसरी रकम लिएर गाउँमा गएका परिवारहरू पाँच वर्षअघि नै सहर फर्किएमा उनीहरुले… पुरा पढौ

जापानले यौन सहमतिको उमेर १३ बाट बढाएर १६ वर्ष गर्दै कैद अबधि पनि १५ वर्ष गरायो

एक शताब्दीभन्दा बढी समयसम्म अपरिवर्तित रहेको यौन सहमतिको उमेर जापानको संसदले शुक्रबार १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याएको छ ।विश्वको सबैभन्दा कम उमेर उमेरमा यौन सहमति प्रदान गरिएको यौन अपराध सम्बन्धी संशोधित कानुनको परिमार्जनको एक हिस्साको रूपमा व्याख्या गदै सो उमेर बढ़ाइएको हो ।शुक्रबारदेखि नै लागू गरिएको परिवर्तनले १६ वर्ष मुनिका व्यक्तिसँग यौनसम्पर्कलाई बलात्कार मानिन्छ। तिनीहरूले "सहमतिरहित यौन अपराध" जबरजस्ती यौन सम्बन्धको लागि नयाँ शब्द, रक्सी वा ड्रग्स, डर, वा धम्कीको प्रभाव अन्तर्गत आक्रमण गरिएको सहित आठ अवस्थाहरूलाई निर्दिष्ट गर्दै… पुरा पढौ

‘वान एक्स बेट’मा कलाकार बल्छी धुर्वेसहित ८ जना पक्राउ

प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्। पक्राउ पर्नेमध्ये एक जना बल्छी धुर्वे नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप… पुरा पढौ

अनलाइन जुवा खेलेको आरोपमा ५ नेपाली पक्राउ, एउटैको ६४ करोडसम्मको कारोबार

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विशाल थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रुपमा सक्रिय भएको पाइएको हो । सट्टेबाजीको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ… पुरा पढौ

बिरामी छोराको उपचार गराउनुको सट्टा हत्या गरेको अभियोगमा १६ वर्ष कैद सजाय पाएका बाबुको पुनरावेदन अदालतद्वारा खारेज

गम्भीर कुपोषणबाट बिरामी आफ्नो एक वर्षीय छोरालाई उपचार गर्न अस्वीकार गर्दै एयर गनले धेरै पटक गोली हानेको आरोपमा एक जापानी बाबुलाई जिल्ला अदालतले सुनाएको १६ वर्षको जेल सजायलाई उच्च अदालतले सदर गरेको छ।फुकुओका प्रान्तको तागावामा बस्ने २७ वर्षीय मसानोरी जोकेईलाई आफ्नो छोरा युइगालाई चोट पुर्याएको र आफ्नो आमाबाबुको रूपमा आफ्नो जिम्मेवारी त्यागेर उनको मृत्युको कारण बनेकोमा दोषी ठहर गर्दै यस अघि फुकुओका जिल्ला अदालतले सुनाइएको फैसलालाई उच्च अदालतले बुधबार सदर गरेको हो ।२८ वर्षीय मसानोरी जोकेईले फेब्रुअरीमा फुकुओका जिल्ला अदालतले… पुरा पढौ