समाज

बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा गएराति करिब ११ः२५ बजे जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् । उनीहरू सबै एकै गाउँका हुन्… पुरा पढौ

फुजी हिमाल आरोहण गर्ने क्रममा मृत्यु भएका सकी टि शेर्पाको सोमबार जापानमा अन्त्येष्टि गरिने

जापानको फुजी हिमाल आरोहण गर्ने चारमध्ये आठौं स्टेशन नजिकै खसेपछि एकजना नेपालीको मृत्यु भएको छ ।  नेपालको सोलुखुम्बु जिल्लाको नाम्चे घर भै विगत लामो समयदेखि जापानको कानागावा प्रान्तको फुजिसावा सहरमा बस्ने ४० वर्षीय नेपाली नागरिक सकी टि शेर्पा पहिचान भएको जापानी सञ्चार माध्यमले जनाएका छन ।  मार्च ३१ तरिक बिहान ३ बजेतिर शेर्पा सहितको टिममा एक अमेरिकी र दुई जापानी गरी ४ जना फुजी हिमाल गएका थिए।  हिमाल आरोहणमा गएको र सोही दिन फर्किने क्रममा दुर्घटना भै निधन भएको  थियो । दुर्घटनामा… पुरा पढौ

सात दशकका ‘तरकारी काका’

ढोरपाटन । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त  छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके ।  उमेरले सात दशक लाग्न थालेका उनीमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन । उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो । साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील… पुरा पढौ

जापानको इताबासीमा ‘इम्ब्रियोनिक’ नाटक मञ्चन हुने

पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक 'इम्ब्रियोनिक' जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतवार बेलुकी जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।   गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएकाे पाैडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ । जीवन बाँच्ने तरिकालाई नाटकले देखाउने नाटकका निर्देशक र… पुरा पढौ

जापानमा हराई रहेकी आरती खनालको खोजी तिव्र, यस्तो छ पछिल्लो अपडेट

जापानको ओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवारले अपिल गरेसंगै खोजी कार्य तिब्र पारिएको छ। सोही अनुसार जापानीज प्रहरी लगाएत जापानमा रहेको नेपाली राजदूताबास एवं नेपाली संघ संस्थाले आ-आफ्नो कृपाशिलता बढाएका छन्। जापनीज प्रहरीले हराई रहेकी आरतीको वायोडाटा, फोटो सहितको विवरण सार्वजनिक गरेको छ। केही हप्तादेखि हराईरहेकी नेपाली चेली जसको सम्पूर्ण बिबरण जापान प्रहरीले सार्वजनिक गरेको छ । सबैको फेसबुकको भित्ता - भित्तामा तथा सामाजिक सञ्जालमा पुर्याउ ,कसैले कतै देख्न सक्छन एनआरएनए आईसिसि सदस्य दिपक कार्कीले… पुरा पढौ

जापानी हाइस्कूलकी छात्रामाथि अश्लील कार्य गरेको आरोपमा एक नेपाली पक्राउ

टोकियोको सिनागावा वार्डको सडकमा हाईस्कुलकी छात्रालाई बोलाएर अश्लील कार्य गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । महानगरीय प्रहरी विभागका अनुसार नेपाली नागरिक अमृत सापकोटाले गत महिना सिनागावा वडाको सडकमा हाईस्कुलकी छात्राको स्तन छुने जस्ता अश्लील कार्य गरेको आशंका गरिएको छ । साथीको घरमा मदिरा पिएपछि सापकोटाले घर जाने क्रममा हाईस्कूलकी छात्रालाई बोलाएर नजिकैको पार्किङमा लगेर अश्लील कार्य गरेका थिए । अनुसन्धानको क्रममा जवाफ दिँदै सापकोटाले आरोपको आंशिक खण्डन गर्दै भने, ‘मैले छोएको हो भन्नेमा कुनै शंका छैन, तर सहमतिमा… पुरा पढौ

बालक कालमा चैते दशैको खुसी

चैते दशैको अष्टमी मासुभात खान पाइने दिन । अझ दिउँसो सेल रोटी ( घुमाउने रोटी ) पकाउने दिन भएकाले खुसीको सिमाना नै छैन । चामलको पिठोमा घ्यू र खुदो हालेर पकाएको घुमाउने रोटी झन् कति मीठो । सधै यस्तै रहिरहोस् जस्तो हुन्थ्यो तर दिन चाँडै बितेको जस्तो लाग्दथ्यो । हाम्रो गलकोटमा नवमीका दिन कोटमा मेला लाग्थ्यो अर्थात कोटमा पञ्चबली दिइन्थ्यो । गलकोट राज्यका तर्फबाट मूख्य पञ्चबली हुन्थ्यो । पञ्चबलीमा बोका राँगा परेवा कुखुरा र हाँस हुन्थे । राज्यको तर्फबाट पञ्चबलीको… पुरा पढौ

पैसा बचाउन पिज्जा चोरेर खाने ३० वर्षीय युवालाई प्रहरीले पक्राउ गर्यो

इशिकावा प्रान्तको कानाजावामा प्रहरीले गत वर्ष डेलिभरी बाइकबाट पिज्जा चोरेको आरोपमा एक ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।कपाल स्टाइलिस्टको रूपमा काम गर्ने ती व्यक्तिले आफ्नो पैसा बचत गर्नको लागि पिज्जा चोरेको आरोप स्वीकार गरेको प्रहरीलाई उद्रित गर्दै जापानी संचार माध्यमले जनाएका छन । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त व्यक्तिलाई गत जुलाईमा अपार्टमेन्टको पार्किङस्थलमा डेलिभरी बाइकबाट दुईवटा पिज्जा भएको इन्सुलेटेड क्यारियर झोला चोरेको आरोप लगाइएको छ।चोरी गरिएका पिज्जा दुवै ठूला साइजका थिए, जसमा टमाटर र चिकेन ग्रिल गरिएको थियो । जसको… पुरा पढौ

जापानीहरूले देखाए सातोउ, सुजुकी र ताकाहाशी थर राख्न सबैभन्दा बढि रुचि

जापानमा सातोउ उपनाम भएका २ मिलियन मानिसहरू छन् र धेरै अन्य थरहरूको संख्या एक मिलियन भन्दा बढी रहेको छ । जापानमा सातोउ भनिने २० मिलियन मानिसहरू छन् यो जापानको सबैभन्दा सामान्य थर हो। इतोउ र खातोउ लगायतका अन्य लोकप्रिय थरहरू जस्तै यो एक समयको शक्तिशाली फुजिवारा कुलसँग जोडिएको छ । यी नामहरूमा रहेको तो एउटै कान्जी (藤) हो। फुजिवारामा फुजीको रूपमा प्रख्यात छ । यो प्रख्यात कान्जी फुजिवारा वंशजहरूसँग सम्बन्धित ठाउँको नाम वा पदहरू देखाउने अन्य क्यारेक्टरहरूसँग जोडिएको छ।आज सातोउ… पुरा पढौ

जापानमा बच्चा जन्माउनेलाई अब पुरुषलाई समेत बिदासहित बाल भत्ता विस्तार, आवास खर्चमा अनुदानमा सहयोग गरिने

जापानमा घट्दो जन्मदारलाई सम्बोधन गरि जनसख्यामा वृद्धि ल्याउनका लागि पुरुष कामदारहरूलाई बाल हेरचाह गर्न ८५ प्रतिशत बिदा लिने पुरुषको अनुपात बढाउने महत्वाकांक्षी लक्ष्य प्रधानमन्त्री फुमियो किशिदाले राखेका छन ।  मार्च १७ मा भएको पत्रकार सम्मेलनमा किशिदाले जन्मदर बढाउन लागि व्यापक अवधारणा र प्रमुख लक्ष्यहरू प्रस्तुत गर्दै "हामीले समाजको समग्र चेतना र संरचना परिवर्तन गर्नुपर्छ।" भन्ने मान्यताका साथ सन् २०३० सम्ममा ८५ प्रतिशत बाल हेरचाह गर्न पुरुष कर्मचारीले यस्तो बिदा लिने वातावरण मिलाउने बताए । आर्थिक वर्ष २०२१ मा १४ प्रतिशत… पुरा पढौ